नेकपा एमालेले झुलाघाट देखि चुवाभञ्ज्याङ्ग संकल्प अभियान अन्र्तगत दैलेखको आठबीस नगरपालिकाको राकम कर्णालीमा वृहत आमसभाको तयारी गरेको छ ।
नेकपा एमालेका पार्टी अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले सम्वोधन गर्ने उक्त आमसभामा एमालेले वृहत देउडा खेलसमेत खेलाउने तयारी गरेको हो । एमाले आठबीस नगर कमिटिका अध्यक्ष अमरबहादुर माझीका अनुसार आमसभामा केपि शर्मा ओली प्रमूख आकर्षण रहनेछन भने देउडा खेल दोश्रो आकर्षणको रुपमा रहनेछ ।
दैलेख पश्चिम क्षेत्रमा देउडा खेल भनेपछि हुरुक्कै हुने जनमानस बढी भएका कारण सकेसम्म बढि भन्दा बढि जनमास राकम कर्णालीमा उतार्न देउडा खेल खेलाउन लागिएको हो । आमसभामा कालिकोटका चर्चित खेलाउडा पुष्पराज आचार्य र बिपना सिंहले दमदार प्रस्तुति दिने भएका छन् ।
आमसभामा देउडा खेलका अलावा स्थानीय झाँकी अन्र्तगत मारुनी नाच, पञ्चेवाजा, हुड्के, श्रम नाच देखाईने अध्यक्ष माझीले बताए । ‘हामीले १७ गते मध्यपहाडी राजमार्गको अछाम दैलेख जोडने कर्णाली पुलमा पार्टी अध्यक्षलगायत अभियान टोलीलाई स्वागत गर्ने तयारी गरेका छौं ।
त्यसका लागि व्यानर राख्ने, स्वागतद्वार बनाउने कार्य भइरहेको छ । नेकपा एमालेका स्थायी कमिटि सदस्य यामलाल कंडेल ज्यूको नेतृत्वमा आमसभा तयारी तीव्र रुपमा भइरहेको छ ।’ अध्यक्ष माझीले भने, ‘हामीले आमसभा बाख्रेकोट बजार भन्दा तल रहेको नयाँ शहर आयोजनाको प्लानिङ्ग क्षेत्र रोजेका छौं ।
एमाले जिल्ला कमिटि सदस्य दिपेन्द्रराज खनालको नेतृत्वमा मञ्च व्यवस्थापनको कार्य भइरहेको छ ।’ उनले आमसभामा कम्तिमा पनि दश हजार जनता सहभागि हुने बताए । ‘हामीले उक्त आमसभामा कम्तिमा पनि दश हजार जनता सहभागि हुने अपेक्षा राखेका छौं । उक्त आमसभामा दैलेखका अलावा अछामबाट पनि एमाले सर्मथकहरु सहभागि हुनेछन् ।’ उनले भने, ‘त्यसैको तयारी तीव्र रुपमा गर्दै आएका छौं ।’