सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज बुधबार फूलबारी लिला मनाइँदै छ।
फूलबारी लिलामा राम र लक्ष्मणलाई पुष्पबाटिकामा घुमाउने गरिन्छ। आज साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम र लक्ष्मणलाई अव्लोकन गराइन्छ।
यसमा राम र लक्ष्मण र जानकी स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दासले बताए।
त्रेता युगमा गुरु विश्वामित्र सहित धनुष यज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती रहेको जानकार नित्यानन्द मण्डलले बताए।
जहाँ राम र जानकी एक–अर्काप्रति आकिर्षत भएको र जानकीले आफूलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको अर्को जानकार डाक्टर राजेन्द्र विमलले बताए।
सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन मंगलबार राम र लक्ष्मणलाई जानकी मन्दिर परिससरमा नगर दर्शन गराइएको थियो। भोलि बिहीबार तिल्कोत्सव रहेको सहायक महन्त रोशनले बताए।
त्रेता युगामा भएको मर्यादा पुरुषोतम् भगवान राम र आदर्श नारी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामसँग विवाहपञ्चमी पर्व मनाइन्छ। यस वर्ष मंसिर २६ गतेबाट सुरु भएको विवाहपञ्चमी पुस २ गतेसम्म चल्नेछ।
भोलि बिहीबार धनुष यज्ञ, मंसिर २९ गते तिल्कोत्सव, मंसिर ३० गते राम र जानकीको मटकोर र पुस १ गते विवाहपञ्चमी मुख्य दिन रहेको छ।
विवाह पञ्चममीमा जन्तीको रुपमा आएका साधुशन्तको पुस २ गते विदाई गरी ९रामकलेवा० गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव सपमापन हुने सहायक महन्त दासले बताए।