नेकपा एमालेकाे भात्रृ संगठन मानव अधिकार एलाइन्स कर्णाली प्रदेशकाे प्रथम सभा शनिवार सुर्खेतमा सम्पन्न भएकाे छ ।
मानव अधिकार एलाइन्स कर्णाली प्रदेशका अध्यक्ष नविन कुमार शाहीको अध्यक्षतामा तथा नेकपा एमाले कर्णाली प्रदेश कमिटिका सचिव ध्रुव कुमार शाहीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले २१ बुँदे घोषणा पत्र जारी गरेको प्रदेश इन्चार्ज टिकाराम आचार्यले बताउनु भयो ।
“मर्यादा, स्वतन्त्रता र सबैका लागि न्याय” भन्ने मुल नाराका साथ ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र “प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुका मानव अधिकारको सुनिश्चिता ः आजको आवस्यकता” भन्ने नाराका साथ ग्रास रुट्स डिभलपमेन्ट फाउन्डेसनको संयोजन तथा राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान) र युवाका साथ साथको सह–संयोजन, राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्य तथा सयौं मानव अधिकारको क्षेत्रमा कार्य गर्ने संघ संस्थाको आयोजनामा डिसेम्वर ८ देखी १४ सम्म विभिन्न समुदाय, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा आयोजित विभिन्न गोष्ठी, छलफल, ¥याली, अन्तरक्रिया, भेला आदिमा उठान भएका मुख्य– मुख्य विषयलाई संश्लेषणगरी मुख्य–मुख्य सुझाव तथा सिफारिसहरूलाई एकीकृत रूपमा संलग्न गरी २३ बुदें घोषणापत्र जारी गरेको बताउनु भयो ।
सभामा उक्त सभामा प्रदेश इन्चार्ज टीकाराम आचार्य ,केन्द्रीय सदस्य पवित्रा शाही,सपना सुनार लगायत गैसस माहासंघ का केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदी,माहासचिव अर्जुन भट्टराई ,सचिव गाेविा्द शाही ,काेषाध्यक्ष नानीमाया थापा,प्रदेश कार्य समितिका पदाधिकारी ,सदस्य, जिल्ला अध्यक्ष पदाधिकारी र सदस्यहरूकाे समुपस्थितिमा सम्पन्न भएकाे बताए ।
सभामा प्रदेश सचिव खिम रेग्मीद्वारा सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरि सभाबाट पास भएकाे र आगामी कार्ययोजना पनि प्रस्तुतीकरण गरिएकाे बताए ।
यस्तो छ घोषणापत्र