नेपाल पत्रकार महासंघ हुम्लाले विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई आर्थिक सहयोग गरेको छ ।
शनिबार पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतको अध्यक्षतामा बसेको बैठकले यस अघि जिल्लामा भएका व्यक्तिगत रुपमा भई परि आएका घटना र संस्थागत रुपमा उल्लेखनिय काम गरेका संघसंस्थाहरुलाई पत्रकार महासंघ जिल्ला शाखाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
देशैभर पत्रकार महासंघ आर्थिक स्तरमा न्युन आय स्रोतको भनेर चिनिदै आएको भए पनि जिल्लामा हुने घटना तथा परिघटनालाई मध्ये नजर गर्दै सामान्य रुपमा भए पनि उक्त आर्थिक सहयोग गरेको पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंहले बताउनु भएको छ ।
सचिव सिंहका अनुसार शनिबार बसेको बैठकले अदानचुली गाउँपालिका घर भई सञ्चारका क्षेत्रमा काम गर्दै आएका सञ्चारकर्मी कालि बहादुर थापाको अप्रेशन गरेकोले उहाँलाई १५ हजार रुपियाँ सहयोग गरिएको छ । त्यस्तै चंखेली गाउँपालिका स्थाई ठेगाना भएका अर्का सञ्चारकर्मीको यस अघि हुम्ला फुटबल एकेडेमीद्धारा सञ्चालित हुम्ला गोल्डकप प्रतियोगितामा पत्रकार महासंघ हुम्लालले पनि भाग लिएकाले सो खेल खेल्ने क्रममा नरजन तामाङको देव्रे खुट्टामा चोट लगोको भन्दै १३ हजार रुपियाँ सहयोग गरिएको छ ।
यस अघि जिल्लामा रानिवन युवाक्लवको आयोजनामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सम्पन्न गरेकोले उक्त क्लवलाई १० हजार र मंसिर ४ गतेदेखि सञ्चालन गरेको हुम्ला फुटबल एकेडेमी मार्फत सञ्चालित हुम्ला गोल्डकप सुसम्पन्न गराएको भन्दै फुटबल एकेडेमीलाई पनि १० हजार रुपियाँ सहयोग गर्ने निर्णय गरिएको सचिव सिंहको भनाई रहेको छ ।
त्यस्तै मंसिर २६ गते सिमकोट गाउँपालिका वडा नम्वर ५ का बसन्त रोकायाको घर आगलागि हुँदा करोडौँ धनमालको क्षेति भएकोले अगलागी पीडित रोकायालाई पनि महासंघले १५ हजार रुपियाँ सहयोग गरेको छ ।
थोरै भए पनि नेपाल पत्रकार महासंघ हुम्ला शाखाले आर्थिक सहयोग गरेको जिल्ला अध्यक्ष राजन रावतले बताउनु भएको छ । उहाँका अनुसार नेपाल पत्रकार महासंघ हुम्लाको जग्गा खेल निर्माणका क्रममा भासिदै गएकोले उक्त स्थानम ग्याविन सहितको गाह्रो निर्माणको आवश्यकता भएकाले पूर्वधार विकास कार्यालय हुम्लालाई सहयोग माग्ने निर्णय गरिएको छ ।