मध्यपहाड नेपालीको मुख्य बसोवासको क्षेत्र हो । देशभित्रका एक प्रतिशतभन्दा बढी भाषिक जनसंख्या भएका नौं ठूला जातिमध्ये थारू र मधेसी (मधेसमा) बाहेकका सातवटा जाति लिम्बू, खम्बू, तामाङ, नेवार, गुरुङ, मगर र खसहरुको मूख्य वासस्थान रुपमा पनि यहि क्षेत्र हो । यी सातवटा जातिको बीचमा अन्तरघुलन गर्न र नेपालमा ऐतिहासिक ढंगले ठूलो जनसंख्या बसोवास गर्ने यो क्षेत्रका जनताको जीवनस्तर र आर्थिक परिवर्तनमा भएको बिलम्बका बारेमा एकल वा समुहगत छलफल गर्न नेकपा (एमाले)ले मंसिर १४ गते बैतडीको झुलाघाटबाट ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ शुरु ग¥यो । २००६ सालमा गठन भएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेको हीरक वर्षको अवसर पारेर पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नाममा नामाकरण गरिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पश्चिम विन्दुबाट शुरु गरिएको संकल्प यात्रा १८ दिन पछि पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा १ हजार ८७९ किलोमिटरको यात्रा पछि आइतबार टुंगिएको छ ।
२०७३ साल फागुन २१ गते देखि महेन्द्र राजमार्गमा मेची–महाकाली यात्रा गरेको एमालेले सात वर्षपछि पुष्पलाल लोकमार्ग मार्फत मध्यपहाडका २६ वटा जिल्लामा पार्टी नेतृत्व भौतिक रुपमै पुगेर यस क्षेत्रका नागरिकसँग साक्षात्कार गर्दै यात्रा सम्पन्न गरेको हो । ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको यो यात्रा नेपालको आञ्चलिक राजनीतिकमा एक नविनतम प्रयोग मात्रै होइन् विकासका साझेदारहरुको ध्यान केन्द्रीत गर्ने बहूआयामिक रणनीति पनि हो । संघ र सात वटै प्रदेशमा प्रमूख प्रतिपक्ष बनेको एमालेले सबैलाई एक पटक सोच्न बाध्यपार्ने गरी आयोजना गरेको यात्राले लिएका लक्ष्य, उद्देश्य र मध्यपहाडमा छोडेका सन्देशका बारेमा अहिले थुप्रै प्रकारका चर्चा परिचर्चा भैरहेका छन् । यात्राका क्रममा एमाले नेतृत्वले पहाडी क्षेत्रको विकास निर्माणमा आएको सुस्तता, त्यहाँबाट शहरी क्षेत्रमा बढ्दो बसाईंसराई, आर्थिक मन्दीको चरम मारमा परेर पछिल्लो समय ठप्प भएको आर्थिक चलाएमान, बेरोजगारका कारण काला पहाड धाउनु पर्ने विवशताका विषयमा स्थानीय राजनीतिक कार्यकर्ता, नागरिक अगुवा, विभिन्न पेशा व्यावसायमा संलग्न व्यक्तिहरुसँगको प्रत्यक्ष भेटघाट र संवाद गरेको छ । यसबाट पार्टीको भावी रणनीति र आधिकारिक धारण निर्माण गर्न ओइटिङ्ग गभरमेण्टका रुपमा हेरिएको एमालेको यो यात्रा राष्ट्रिय विकासको मूलप्रवाहमा समाहिकरण नभएको मध्यपहाडका नागरिकमा दलहरुप्रतिको आकार्षणलाई पुनरावृती गर्ने देखि थुप्रै प्रकारका सन्देश छोडेको छ । त्यसमध्ये मध्येपहाड क्षेत्रका नागरिकले अनुभूति गरेका यात्राका केहि सन्देशहरुलाई उल्लेख गर्ने प्रयास यस लेखमार्फत गरिएको छ ।
नागरिकमा आशा छर्नु
देशका तीनै तहमा प्रमुख प्रतिपक्ष द लबनेको एमालेले सञ्चालन गरेको ‘संकल्प यात्रा’को सबै भन्दा महत्वपूर्ण पक्ष भनेको मध्य पहाडका नागरिकमा आशा छर्नु हो । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मका २६ जिल्लाका प्रमुख केन्द्रहरुमा पुगेर ३ दजर्न बढि अमसभा र सय भन्दा बढि भेटघाटले त्यस क्षेत्रका नागरिकमा ठूलो आशाको सन्देश प्रवाह गर्न यो यात्रा सफल भएको छ ।
२०७२ सालको संविधानले कागजी रुपमा तीन तहको संघीय लोकतान्त्रीक गणतन्त्रत्मक शासन व्यवस्था दियो तर व्यवहारिक रुपमा मध्यपहाडलगायत ग्रामीण क्षेत्रका नागरिकले यसको अनुभूती अँझै गर्न पाएनन् । कागजमा गाउँ आएका काठमाडौंका सिंहदरबारले ल्याएको हुकुमी शासन, आर्थिक अनियमितता, विकासमा अग्रीम कमिशन, व्यथिती, योजनामा दलालीले तुलनात्मक रुपमा मध्यपहाडका बासिन्दालाई बढी निराश हुनुप¥यो । राज्यले यस क्षेत्रमा ठूलो राष्ट्रिय गौरवका आयोजनाहरु सूचारु गर्न नसक्नु वा गरेका आयोजनाको काम बिलम्ब हुनु, ठूला उद्योग स्थापना नहुँदा हातमुख एक पार्न र शरिरमा एकसरो कपडा फेर्न काला पहाडको भरपर्नु जस्ता समस्याबाट थला पर्दै गएको मध्यपहाडका नागरिकको जीवनमा असन्तुष्टी र निराशाको मात्रा दिन दुगुना रात चौगुनाका हिसाबले वृद्धी भएको थियो । तर एमालेले सञ्चालन गरेको ‘संकल्प यात्रा’का क्रममा ७२ वर्षीय पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सिङ्गो हेडक्वाटरको अभूतपूर्व सक्रियता र समृद्ध देश निर्माणको निर्विकल्पीक अठोटले यसक्षेत्रका नावालक देखि ज्येष्ठ नागरिकसम्ममा एक पटक फेरी समृद्ध नेपालको आकांक्षा हाम्रै पालामा संभव छ, भन्ने सन्देश प्रवाह गरेको छ ।
विकासका मुद्धामा दलिय एकता
गएको वर्ष (२०७९) सम्पन्न स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा स्पष्ट दुई धुर्वमा विभाजित भएका राजनीतिक दलहरु बीचको तिक्तता गाउँतहमा समेत यथावतै छ । हरेक विषयमा सत्ता गठबन्दन र प्रतिपक्षको केन्द्रीय छायाँमा ३६ बनेका मध्येपहाडमा भएका राजनीति दलहरुलाई एमाले यात्राले स्थानीय विकासका मुद्धामा ६३ बनाएको छ । सत्तापक्ष र प्रतिपक्षकै रुपले खिचातानीमा अल्झीएका यस क्षेत्रका राजनीतिक दलहरुलाई स्थानीय विकासका एजेण्डामा एकता कायम गराउन यो ‘संकल्प यात्रा’ सफल भएको छ ।
डडेल्धुरामा पुगेपछि नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवासँग एमाले अध्यक्ष ओलीको टेलिफोन संवादबाट शुरु भएको दलिय सद्भाव दैलेखमा गएर सर्वदलिय एवम् सर्वपक्षिय भेटघाटमा परिणत भयो । दैलेखको जिल्ला समन्वय समिति र सात राजनीतिक दल (नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र नेकपा)ले जिल्लाको विकासका बारेमा गरेको सर्वपक्षिय छलफल पश्चात विभिन्न ८ बुँदे माग राख्दै एमाले अध्यक्ष ओलीलाई लिखित ध्यानाकर्षण पत्र समेत बुझाए । कार्तिक १७ गते राती जाजरकोटको बारेको गाउँपालिका ३ को रामीडाँड केन्द्र विन्दु भएर गएको विनाशकारी भुकम्पले थिलथिलो बनेको जाजरको र रुकुमको राहत तथा पुनःनिर्माणका विषयमा पुर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य समेत रहनु भएका माओवादी केन्द्रका उप–महासचिव जनार्दन शर्मा (प्रभाकर), नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य राजिवविक्रम शाहलगायत दुवै जिल्लाका राजनीतिक दलका नेताहरु, सुरक्षा निकायका प्रमुखहरु सहभागि भएर एकतावद्ध रुपमा आप्mना माग पेश गरे । यसैगरी यात्राले ७२२ किलोमीटर पार गरेपछि रुकुमकोटमा पनि सर्वदलीय अन्तक्रिया कार्यक्रमको आयोजना गरेर स्थानीय राजनीतिक दलहरुले जिल्लाको समग्र विकासका बारेमा एमाले र अध्यक्ष ओलीको ध्यानाकर्षण गराए । जुन अस्थिर नेपाली राजनीतिका लागि निकै सुखद पक्ष हो । ओइटिङ गभरमेण्टका रुपमा हेरिने प्रतिपक्ष दलका नेता तथा पुर्वप्रधानमन्त्रीसहितको एमाले हेडक्वाटर यात्राका क्रममा जिल्ला आएको बेला आप्mना स्थानीय विकासका एजेण्डामा एकताबद्ध भएर छलफल गरिनु, एमाले अध्यक्ष ओलीलाई सर्वदलीय एवम् सर्वपक्षिय रुपमा ध्यानाकर्षण पत्र नैं पेश गरिनु एमाले ‘संकल्प यात्रा’को अर्को महत्वपूर्ण उपलब्धी हो र मान्नु पनि पर्छ ।
अर्थतन्त्र चलायमान
देशको ओहलो लाग्दो अर्थतन्त्रको ठूलो मारमा मध्यपहाड परेको छ । विकासका योजनामा काम गरेर कमाएको रकमले चलायमान हुने मध्यपहाडको अर्थतन्त्र विगत दुई वर्षयता प्रायः ठप्प छ । आर्थिक वर्षको अन्तिममा हुने असारे विकासले केहि सिमति पहुँचवाला दलका नेताहरुका आफन्तका लागि मात्रै फाइदा पु¥याउन थालेपछि यस क्षेत्रको अर्थतन्त्र ठाडो नउठ्ने गरी सिथिल बन्दै गएको थियो । स्थानीय नागरिकहरुसँग नुन, तेल, खाद्यन्न जस्ता अत्यावश्यकीय वस्तुहरुको खरिद गर्नपनि निकै धौं धौं परको अवस्थामा होटेल र पसलहरुको व्यापार व्यावसायको चलायमान नगण्य मात्रामा थियो । तर भर्खरै सम्पन्न भएको एमालेको तीन साता लामो ‘संकल्प यात्रा’ले यस मध्यपहाडको सुतेको अर्थतन्त्रलाई उठाएको मात्रै छैन् छोटो अवधीका लागि गतिशिल गराउन सफल भयो । यात्राका लागि एमाले अध्यक्ष ओलीसँगै सिङ्गो हेडक्वाटर, सयौं केन्द्रीय सदस्य र हजारौ कार्यकर्ताको आवतजावतले मध्य पहाडको यातायात देखि होटेल र पसल व्यावसायमा हरियो बक्ति बल्यो ।
यात्राको पहिलो दिन अर्थात मंसिर १४ गते बैतडी जिल्लाको सदरमुकाम गोठालापानी र साहीलेक गरेरमा झण्डै २ सय ५० को क्षमता भएका होटेलहरुमा एक हजार ५ सय बढि एमाले नेता तथा कार्यकर्ताको भिंडलाई वास बसाल्न र खाना खुवाउन निकै हम्यहम्य भयो । ग्राहक नभएपछि माकुराले जालो लागेका होटेलका काउण्टरमा बेड राखेर व्यवस्था गर्दापनि नपुगेपछि कन्फ्रेन्स हल र निजि घरमा व्यवस्थापन गर्न होटेलहरु बाध्य भए । झण्डै दुई वर्षयता थलिएका होटेलले एक वासमै थेगिनसक्नु बिजनेस पाएको शाहीलेक स्थित सुर्य होटेलका सञ्चालक प्रकाश भट्टले बताउनु भयो । शुरुदेखिनैं २ सय बढि सवारी साधन र एक हजार ५ सय बढि एमाले नेता तथा कार्यकर्ता सम्मीलित यात्राको वास बस्ने स्थानमा मात्रै ७० देखि ९० लाखसम्मको कारोबार भएको अनुमान मध्यपहाडि क्षेत्रमा पर्ने जिल्लाका स्थानीय उद्योग बाणीज्य संघले गरेका छन् । यात्राको चौथो दिन बिहानको खाना देखि पाँचौदिन बिहानको खानासम्म विभिन्न स्थानको अवलोकन र संवादमा अल्झीएको एमाले टोलीका कारण कर्णाली प्रदेशको दैलेख जिल्लामा मात्रै एक करोड ५० लाख बढिको कारोबार भएको दैलेख उद्योग बणीज्य संघका सल्लाहकार समेत रहेका पुर्वअध्यक्ष शान्तिप्रसाद शर्माले बताउनुभयो । दैलेखको राकम कर्णाली, सदरमुका दुल्लु, गुराँसे लगायतका क्षेत्रमा गरिएको खाना, नास्ता आवास, यात्रामा प्रयोग भएका सवारी साधनहरुको इन्धन र अन्य सबै व्यवस्थापन गरेर एक करोड ५० लाख भन्दा बढि कारोबार भएको उहाँको भनाई छ । मंसिर १७ गते दैलेख जिल्लाको राकम कर्णालीमा भएको वृहत आमसभा हेर्न आएका स्थानीयले आठविस नगरपालिका–५ का सुल्तला व्यापारी सुरेन्द्र कार्कीको एक दिनमै ६ लाखको सुन्तलाको मात्रै कारोबार गरेकाले पनि शर्माको उक्त भनाइलाई पुष्टी गर्छ । यात्राका क्रममा केन्द्रीय टोलीको स्वातगको तयारी, स्वागत र बिदाई गरेर झण्डै दुई साता लामो चहलपहलले झुलाघाट देखि चिवाभञ्ज्याङसम्मका मुख्य केन्द्रहरुको अर्थतन्त्रलाई सिमति अवधीका लागि भएपनि चलायमान गराउन योे ‘संकल्प यात्रा’ सफल भएको ठहर तेह्रथुमको वसन्तपुरका हिक्मतबहादुर खड्काको छ । यात्राले समुद्री सहतदेखि २ हजार २८८ मिटरको उचाइमा रहेको वसन्तपुरको थला परेको अर्थतन्त्रलाई एक सापामै ह्वात्तै बढेको बताएका खड्काका अनुसरा मध्यपहाडका सबै केन्द्रको बजारको अर्थतन्त्र निकै राम्रोसँग चलाएमान भएको सन्देश प्रवाह गरेको छ ।
दलप्रति नागरिक समर्थन यथावत
२०७९ वैशाख ३० को स्थानीय तह, मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिणाम पश्चात देशमा दलहरुप्रति नागरिकको साथ घट्दै गएका चर्चा र टिप्पणीहरु हुदैं गरेको बेला एमालेको ‘संकल्प यात्रा’ले दलहरु (विषेश गरेर पुराना) प्रति नागरिकको साथ अँझै कायमै रहेको सन्देश प्रवाह गरेको छ । यात्राको शुभारम्भ गर्न मंसिर १३ गते पार्टीका नेताहरुसहित सुदूरपश्चिम पुग्नु भएका एमाले अध्यक्ष ओली र अन्य केन्द्रीय नेताहरुको स्वागत र भेटका लागि हतारिएका स्थानीय नागरिकको लावालस्करले पनि यस कुरालाई प्रमाणीत गरेको छ । झुलाघाटबाट स्थल मार्गहुँदै चिवाभञ्ज्याङ पुगेको एमाले नेताहरुलाई स्वागत गर्न राजनीतिक आस्था नभनी स्थानीय पहिरन र पहिचानसहितका झाँकी, लोकसंस्कृतिले सजिएका नागरिक हातमा फूलका माला लिएर बिहान देखि राती अबेरसम्म घण्टौं कुरेको लर्कोले पनि नेपालका पुराना राजनीतिक दलहरुप्रति नागरिकमा बितृष्णा फैलिएको छ भन्ने पछिल्लो शहरिया भाष्यलाई उदाङ्गो पारिदिएको छ ।
सूचना र प्रविधिको अधिकतम प्रयोगले पुराना दलहरुप्रति शहरिया जनमत भाँडिएका संकेतहरु देखिएका चर्चा गरिएपनि मध्यपहाडि क्षेत्रको जनविश्वाश पुराना र ठूला दलहरुप्रति कायमै रहेको सन्देश एमाले ‘संकल्प यात्रा’ले दिएको अर्को महत्वपूर्ण सन्देश हो । आफूले लिएको नीतिलाई दुर्गम वस्तीसम्म कार्यक्रमिक हिसाबले पु¥याउन नसकेपनि देशका ठूला र पुराना राजनीतिक दलहरुप्रतिको आशा र भरोसा मध्यपहाडि क्षेत्रका नागरिकमा नगुमेको भनाई अछामको चौरपाटी नगरपालिका ५ स्थित त्रिपुरा सुन्दरी माध्यमिक विद्यालयका शिक्षक चेतबहादुर खड्काको छ । पछिल्लो समय ठूला राजनीतिक दलहरुले नागरिकसमक्ष पुग्न चुनाव देखि चुनावै कुर्नु पर्ने भएका कारण बढेको असन्तुष्टीलाई तीन साता लामो एमालेको ‘संकल्प यात्रा’ले पूर्णबिराम लगाउँदै दलहरुप्रतिको पुरानो भरोसा कायम रहेको सन्देश छोडेको छ ।
मध्यपहाडमा बढ्दो ‘ओली क्रेज’
मध्यपहाडी यात्राका क्रममा वालक देखि वृद्धासम्म, राउटे देखि गुम्बाका बौद्धभिक्षु हुदैं मन्दिरका पुजारीसम्मको केन्द्रविन्दुमा एमाले अध्यक्ष केपी शर्मा ओली नैं रहन सफल हुनुभयो । यात्रा शुभारम्भ हुने अघिल्लो दिन अर्थात मंसिर १३ गते बैतडीको पाटनमा आयोजित सभादेखि निंगलासैनी मन्दिरका पुजारी हुँदै दैलेखको गुराँसेमा लोपउन्मुख राउटे वा लुम्बीनीको ....... बौद्धभिक्षुहरुको आकर्षक व्यक्तिका रुपमापनि एमाले अध्यक्ष ओली नैं रहनुभयो । यात्राका क्रममा तोते बोली बोल्ने नावालक देखि सेतो कपाल फुलेका, दाँत झरेर स्पष्ट बोली निकाल्न नसक्ने ज्येष्ठ नागरिकको मानष्पटलमा ‘ओली ब्राण्ड’लाई राम्ररी स्थापित गर्न यो ‘संकल्प यात्रा’ निकै सफल भएको छ । देशको केन्द्रीय नेतृत्वकै आवागमनले भूगोल र जातीगत आधारमा नेपालकै महत्वपूर्ण क्षेत्र भएपनि राष्ट्रिय राजनीति र विकासको प्राथमिकतामा नपरेको यस क्षेत्रको समृद्धी, यहाँको दिघकालीन विकास, बढ्दो बसाईसराईलाई रोकथाम गर्न रोजगारी सृजनाका संभावनालाई अन्तराष्ट्रिय स्तरको बहसको विषय बनाउने एमालेको ‘संकल्प यात्रा’को सर्वोच्च कमाण्डर ओलीप्रति यहाँका नागरिकको सम्मानको ग्राफ ह्वात्तै बढेको देखिन्छ ।
संविधान जारी गर्दा भारतले लगाएको अघोषित नाकाबन्दी होस् वा नेपाली भू–भाग समेटेर कर्तलध्वनीका साथ प्रतिनिधिसभाबाट चुच्चे नक्सा जारी गर्दा गरेको नेतृत्वबाट मध्यपहाडका नागरिकले कण्ठ पारेको ‘ओली’ शब्दलाई विश्वको ध्यानकेन्द्रीत पार्ने गरेर शुरु भएको ‘संकल्प यात्रा’ले कहिल्यै नमेटिने गरेर छाप छोडेर गएको छ । प्रतिकूल स्वास्थ्यका वावजुत ७२ वर्षको पाको उमेरमा समेत थकान, पिंडा, क्रोध र निराशामुक्त ओलीले त्यसको नेतृत्व गरेर सिंगो पार्टीपंक्तिलाई नैं स्थलगत रुपमा उतारेपछि सञ्चार माध्यम र सामाजिक सञ्जालबाट देखेका, सुनेका र पढेका मध्यपहाडका नागरिकबिच एमालेको ‘संकल्प यात्रा’ले अध्यक्ष ओलीको ब्राण्डलाई राम्रैसँग स्थापित गरिदिएको छ ।
अन्तमा,
लोकतान्त्रीक गणतन्त्रमा पनि जनप्रतिनिधिको निर्वाचन खर्चको हिसाब मिलान गर्ने धाउन्यमा विकास किन्ने प्रवृतीले राजनीतिक दलहरुमा संस्थागत रुप धारण गर्न थालेको नेपालको रैथाने अभ्यास चलिरहेको बेला ‘संकल्प यात्रा’ नेतालाई जनता समक्ष जवाफदेहि बनाउने नयाँ माध्यम बनेको छ । आफू राजकीय शासनमा पुग्न जनतालाई भ¥याङका रुपमा प्रयोग गर्ने, भेटघाट र संवादको थलो आफूमै केन्द्रीत गर्ने नेपाली राजनीतिको पुरातनवादी शैलीलाई चुनौती दिदैं नागरिकले भोगेका पिंडाको अध्ययन गर्न नेता र कार्यकर्ता परिचालन गर्ने एमाले ‘संकल्प यात्रा’ले थुप्रै प्रभाव र सन्देश छोडेको छ । यात्राले छोडेका मध्यकालीन र दिर्घकालीन सन्देशको आँकलन स्वयम् एमालेले भोलीका दिनमा मध्यपहाड क्षेत्रप्रति गर्ने व्यवहारले नैं निक्र्यौल गर्ने छ । यद्यपी यात्राले पारेका तत्काल सन्देयो क्षेत्रमा छोडेका अप्कालिन सन्देशहरुले नागरकलाई भने उत्साहित अवश्य गरेको छ ।
(महतारा एमाले कर्णाली प्रदेश कमिटि सदस्य र प्रेस चौतारी नेपालका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष हुनुहुन्छ ।)