सर्केगाड । हुम्लाको सरिसल्ला बेलिब्रिज उद्धघाटन गरिएको छ । शुक्रबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायत मन्त्री प्रकाश ज्वालाले रिबन काट्दै बेलिब्रिज उद्धघाटन गर्नु भएको हो ।
पुल उद्घाटनकालागि प्रदेश राजधानी सुर्खेतबाट हेलिकप्टरमा उद्धघाटन गर्न मन्त्री सहितको टोलि सरिसल्ला पुगेको थियो । मन्त्रीसगै उद्धघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा संघीय सांसद छिरिङ डम्डुल लामा कार्चेन, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जिवन बहादुर शाही, प्रदेश मुख्यसचिव, सचिव, सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकाया , चंखेली गाउँपालिका उपाध्यक्ष प्रेमकला शाही, ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापा वडा अध्यक्ष, सडक विभागका कर्मचारी र हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख सडक विभागका कर्मचारीको सहभागिता थियो ।
उद्धघाटन पश्चात टोली बाजुराको कोल्टीमा रहेको हिल्सा सिमकोट सडकखण्ड अन्तर्गतको खुलालु सलिसल्ला सडक आयोजनाको केन्द्रीय कार्यालय उद्धघाटनका लागि पुगेका थिए । त्यस्तै हेलिकप्टरबाटै समग्र रुपमा कर्णाली करिडोरको निरिक्षण समेत गरिएको छ ।
यसअघि नै सरिसल्लामा बेलिब्रिज तयार भइसकेको थियो भने गाडि पनि चल्न थालिसकेका थिए । आजदेखि सर्केगाड गाउँपालिका औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । सो बेलिब्रिज सर्केगाड र चंखेली गाउँपालिकाकोक सिमानामा रहेको कर्णाली माथी रहेको छ । बेलिब्रिजको काम सम्पन्न भएसँगै दुई पालिका यातायातमा जोडिएका हुन ।
उक्त पुलको लम्बाई ४८ मिटर रहेको छ । सर्केगाडसम्मै गाडि पुग्दा स्थानिय नागरिक पैदलमार्गबाट मोटरमार्गमा जोडिएका छन् । यसले आउजाउ र व्यापार व्यवसायलाई बढाउँदै गएकोछ । पुल निर्माण सम्पन्न भई उद्घाटन भएपछी स्थानीयको जनजीवन सहज हुने अपेक्षा समेत गरिएको छ ।