राष्ट्रिय मानव अधिकार तथा सामाजीक न्याय मञ्च(मानव अधिकार एलाइन्स) कर्णाली प्रदेशको प्रथम अधिवेशन भोलि ( मंगलबार) कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा हुँने भएको छ ।
नयाँ संरचना पश्चात सम्पन्न एलाइन्सको पहिलो राष्ट्रिय अधिवेशन गएको वर्ष पोखरामा सम्पन्न भएसँगै ७ वटै प्रदेशमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो सोही अनुसार केहि दिन अघि बागमती प्रदेशको अधिवेशन सम्पन्न भएको थियो । बागमती प्रदेशको अधिबेशन सकिए लगत्तै भोली मंगलबार कर्णाली प्रदेशको प्रथम अधिवेशन हुँने भएको छ ।
नेकपा एमालेको प्रमुख भात्रि संगठनको रुपमा मानिएको मानव अधिकार एलाइन्सको कर्णाली प्रदेशको एतिहासिक प्रथम अधिवेश भोलि(मंगलबार) कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको होटल अशोकामा हुँने भएको प्रदेश ईन्चार्ज टिकाराम आचार्यले बताउनु भयो ।
“सबैका लागि सबै मानव अधिकार”सामाजीक र आर्थिक रुपान्त्रणका लागि मानव अधिकारको सुनिश्चतता,सुसँस्कृत,समुन्नत र समृद्ध नेपाल निर्माणमा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका सम्पन्न हुँन गैरहेको उक्त अधिबेशनमा कर्णाली प्रदेशका बिभिन्न जिल्लामा मानव अधिकार सम्बन्धी काम गर्ने संघ सस्थाका करिब ४० जना भन्दा धेरै प्रतिनिधिहरु सुर्खेतमा आइ पुगेको इन्चार्ज आचार्यले बताउनु भयो ।
उक्त अधिबेशनका लागि नेकपा एमाले सामाजीक सेवा बिभागका प्रमुख तथा पुर्व सञ्चार मन्त्री पार्वत गुरुङ एलाइन्सका अध्यक्ष मिनबहादुर शाही,महाँसचिब बिदुर सुबेदी,गैर सरकारी महाँसंघका अध्यक्ष राम सुबेदी र एलाइन्सका सल्लाहकार नेत्र तिमल्सीना आजै सुर्खेतमा पुगि सक्नु भएको छ ।
भोली हुँन गैरहेको उक्त अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको इन्चार्ज आचार्यले बताउनु भयो ।