हुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो ।
हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ ।जिल्लाको माथिल्लाे क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका अधिकास ठाउँहरुमा दुइ फिट भन्दा धेरै हिउँ जमेको छ भने तल्लो क्षेत्रका अधिकास स्थानमा करिब आधा फिट हिउँ जमेको छ ।
हिउँपरेपछि विशेष गरी किसानहरु खुुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।
हिउँदे सिजनमा विशेष गरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ ।
अदानचुली गाउँपािलका वडा नम्बर २ का माने बुढाले हिउँले हिउँदे बालीमा सहज हुने भएको बताए ।
हिमपात भएसँगै हुम्लामा जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय हुम्लाका अनुसार यहाँको तापक्रम माइनस २ डिग्री रहेको छ ।
हिउँ नपर्दा भने तापक्रम झन चिसो थियो । तीन दिन अघि हुम्लाको तापक्रम माइनस १० डिग्रीसमेत पुगेको थियो ।
बिहानै देखी आएको निरन्तरको हिमपातले पशुचाैपायाहरु गाेठिभत्रै घाँस हालेर राखिएका छन् भने सोलार बाट सञ्चालीत सम्पुर्ण सेवाहरु अबरुद्ध भएका छन् ।
हुम्लामा रहेका सामुदायिक रेडियोहरु बन्द रहेका छन् भने सरकारी तथा गैरसरकारी कार्यालयहरु पनि अत्याधिका िचसोका कारण प्राय बन्द देखीएका छन् ।
तस्बीरहरु