प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा एक जना महिलाका लागि तीन जनाले रक्तदान गरेका छन । गर्भपतन पश्चात स्वास्थ्य केन्द्रमा उपचारका लागि आएकि हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ की जानकला कटुवालका लागि आवश्यक पर्ने रगतका लागि तीन जनाले रक्तदान गरेका छन ।
बी पोजेटिभ रगत अभावमा जीवन मरणको दोसाधँमा रहिकी कटुवालका लागि तीन जना रक्तदाताबाट रगत सहयोग भएको स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाहीले बताउनुभयो । रगतको मात्रा न्युन भएकि कटुवालका लागि रगत आवश्यक पर्ने जानकारी पछि रगत संकलन भएको उहाँले बताउनुभयो । तीन जनाले रक्तदान गरे पनि अझै अपुग भए पछि दुई जना जतिको रगत आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो ।
४१ वर्षीया कटुवालले छैटौं सन्तान जन्माउन नचाहेर गर्भपतन गराउँदा रगत अभाव भएको थियो । हुम्लामै मेडिकलबाट औषधी सेवन गरेर गर्भपतन गराएकी कटुवालको साल अट्कीएर श्रीमान वर्ख कटुवालले स्वास्थ्य केन्द्र कोल्टी पुर्याउनु भएको थियो । अवस्था जटिल हुदा स्वास्थ्यकर्मीले सुविधा सम्पन्न ठाउँमा लिन आग्रह गर्दा पनि आर्थिक अभावका कारण लिन नसकेर कोल्टीमै थप उपचार भएको सिनिएर अनमी दिव्य जोशीले बताउनुभएको छ ।
गर्भपतन गराइसके पछि कोल्टी पुगेकी कटुवालको ४ पोइन्ट मात्र रगत रहेको र गर्भपतन पश्चात ३ पोइन्ट रगत हुँदा थप समस्या भएको उहाँले बताउनुभयो । बी पोजेटिभ रगत आवश्यक परेको र तत्काल आवश्यक नभए पनि कति बेला के हुने हो भन्न नसकीने अवस्थामा रगत जर्गेना गर्ने गरीएको बताउनुभयो । कटुवालको यति बेलाको गर्भपतन गरेर ६ वटा भए पनि ४ मात्र जिवीत छन ।
कान्छो बच्चा १४ वर्षको भैसकेको भनेर अस्थायी साधानको प्रयोग नगर्दा बच्चा बसेर गर्भपतन गराउँन पुगेको श्रीमान वर्ख कटुवालले बताउनुभयो । १० ÷११ हप्ताको गर्भपतन गराएको भन्ने उहाँहरुको भनाइ रहे पनि डक्टरले १६÷१७ हप्ताको गर्भपतन गराएको हुन सक्ने आसंका गरेका छन ।
अनमी जोशीले गर्भवती तथा सुत्केरी महिलाका लागि ११ पोइन्ट भन्दा माथि रगत हुनु पर्ने बताउनुभयो । तर स्वास्थ्य केन्द्र पुर्याउँदा सम्म उहाँको शरीरमा रगतको मात्रा निकै न्युन थियो, र पहिले जति रगत बगे पनि अहिले सफा गरीसके पछि रगत बग्न रोकिएको छ । उहाँलाई अहिले रगत दिने गरे पछि अवस्था सामान्य भएको र खान, बस्न, हिड्डुल गर्न सहज भएको छ । गर्भपतन गराएर रगत बगिसके पछिको अवस्थालाई सफा अर्थात स्याहार गर्नलाई कम्तीमा ७ पोइन्ट भन्दा माथि रगत हुनुपर्ने भए पनि अधिकासं विरामीको त्य भन्दा कम हुने गरेकाले रगतको अभाव हुने देखिएको छ ।
जसका कारण रगत अभावका कारण बेला बेला रक्तदाता खोज्नु पर्ने वाध्यता कोल्टीको छ । स्वास्थ्य केन्द्रमा बेला बेला यस्ता समस्या आईरहने गरे पनि ब्लड वंैक नहुदा समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन । ब्लड वंैकको ब्यवस्था हुन सके रगत खोजेर विरामी बचाउन सकिने अवस्थाको अन्त्य गर्न सकिने स्वास्थ्यकर्मीको भनाई छ । अहिले ब्लड वंैक नहुदा रगत अभावका विरामीलाई आवश्यक्ता अनुसारको रगत जोड जम्मा गर्ने गरीएको सिनिएर अनमी दिव्य जोशीले बताउनुभयो ।