सुर्खेतमा दलित महिला संघ द्धारा नयाँ सहजिकरण परियाजना सुरु गर्दै
दलित महिला संघले जिल्लाका दलित महिलाको सशक्तिकरणका लागी नयाँ परियाेजना सञ्चालन गर्ने भएको छ । परियाेजना अन्त्रगत सुर्खेत जिल्लका विरेन्द्रनगर र भेरिगंगा नगरपालिका गरि दुई वटा स्थानीय तहमा सञ्चालन भएको छ ।
शुक्रवार अन्तरक्रिया गर्दै दलित महिला संघका खगिसरा वलिले दलित, महिला, एकल महिला, किशोरहरु स्थानिय तहका दलित जनप्रतिनिधिहरु र हिंसा पिडित महिलाहरुका लागी कानुनि सहयोग गरिने बताउँदै सुर्खेत जिल्लामा किशोरीहरुको मानव अधिकार प्रवर्दधन परियाेजना कार्य अगाडी बढाएको बताउनु भयो ।
उनले प्रत्येक वडाहरुमा पनि महिलाहरुलाई हरेक काममा आत्मनिर्भर बनाउनको लागि उधमशिल सिपविकास कायक्रम सञ्चालन गरेको बताउनु भयो ।
संस्थाले तिन वर्षमा ५५० महिला समुहमा आबद भएको ३० जना महिलालाई विउ पुँजि अनुदान गरि स्वरोजगार भएको बताउँदै विरेन्द्रनगरमा ५ वटा र भेरिगंगा वटा महिला समुह गठनसँगै विधालय स्तरमा नेटवर्क गठन लगायत विभिन्न दलित महिला गठन भएको वलिले जानकारी दिनुभयो ।
दलित महिला संघ सुखेतकी अध्यक्ष मन्जु सुनारले दलितका विभिन्न समस्याहरूलाई नियाल्दै अति विपन्न महिलाहरुलाई सघंको तर्फबाट सहयोग गर्न सकिने बताउनु भयो । दलित महिलाहरुको हिंसा र समाजमा गरिने विभेद अझै पनि कायम नै रहेकोले आर्थिक तथा कानुनी स्तरमा सशक्तिकरण कामाध्यमबाट अगाडी ल्याउन सवैको कर्तव्य रहेको सुनारले बताउनु भयो ।
उक्त्त सँस्थाले हिंसामा परेका महिलाहरुलाई सहजिकरण गर्न न्यायमा पहुँच वृद्धि गराउनको लागि हेल्थडेक्सको स्थापना गरेको छ भने पिडितहरुको अवस्था हेरी ३ हजार देखी ७ हजार सम्म आर्थिक सहयोग समेत गरेकाे संयोजक मिना विश्वकर्माको भनाइ रहेको छ ।