जति पनि दुर्गक क्षेत्रहरुमा सडकको पहुँच जता सुकै छ तर सुबिधा भने कतै पनि देखीदैन । नेपाल सरकार देखी लिएर प्रदेश सरकार र स्थानीय सरकारले जति पनि सडकमा बजेटको ब्यबस्था गरी गाउँ गाउँमा सडक पुर्याएका छन् तर पनि नागरिकलाई अहिले सम्म सुबिधा दिन सकेका छैनन् ।
संघिय संरचना पश्चात स्थानीय सरकारले सबै गाउँहरुलाई केन्द्रीत गरी गाउँ गाउँमा सडक खनेका छन् सडक पनि पुगेको छ तर पनि स्थानीय नागरीकलाई लंकामा सुन छ कान मेरो बुच्चै भने जस्तै भएको छ ।
सडक यातायात विकासको मुख्य पूर्वाधारका साथै समृद्धि ल्याउने आधार हो तर मुलुकका धेरैजसो जिल्ला सदरमुकाम सम्म सडक सञ्जाल पुग्दैमा सुगमता र समृद्धि नआउने रहेछ । सडकको दुरवस्थाले कुनै पनि ठाउँको समृद्धिमा ठुलै धक्का र्पुयाउँदो रहेछ । त्यसको एउटा उदाहरण हो, हुम्ला ।
जिल्लाका अधिकांस गाउँ गाउँमा सडक पुगेको छ राष्ट्रि«य सडक सञ्जालमा नजोडिए पनि हरेक गाउँबाट पालिका सदरमुकाम सम्म सडक जोडी सकेको अबस्था छ सबै गाउँ गाउँमा सडक छ तर सवारी छैनन् सवारी साधन पनि छैनन् । कर्णाली करीडोरकै पनि ३० किलोमिटर यात्रा गर्न सडक राम्रो भए एक घन्टा खर्चिए पुग्छ तर अहिले भने सडकको दुरवस्थाले यात्रुहरुले ४ घन्टा खर्चिनुपर्छ । ज्यानको जोखिम मोल्दै यात्रा गर्नुपर्दा यात्रुहरु र पर्यटकले दुःख पाइरहेका छन् तै पनि अघिल्लो दिबाटै गाडी कुरी रहयो भने मात्र पछिल्लो दिन ४ घण्टामा पुग्न पाइन्छ ।
सडक सुधार र विस्तार यहाँका जनप्रतिनिधिको पहल र प्राथमिकतामा नपर्दा विकासका सम्भावना रहेको हुम्लाले समृद्ध हुने अवसर गुमाउँदैछ । झन्डै ४ वर्ष अगाडि सदरमुकाम सिमकोटमा सडक सञ्जालले नजोडे हेलीकप्टर मार्फत र चिनको स्वसासित क्षेत्र तिब्बत हुँदै गाडीहरु सञ्चालनमा ल्याएको थियो तर पनि यहाँका बासिन्दा जिल्ला दुर्गम हुँनुको पिडा यो भन्दा के हुँन सक्छ भनिरहेका छन् यो खण्ड भएर यात्रा गर्ने यात्रुहरु र पर्यटकले सडकको दुरवस्थालाई लिएर गुनासो गर्ने गरेको सुनिन्छ ।
वार्षिक ३० हजार पर्यटक यो सडक हुँदै कैलाश मानसरवरको पदयात्रा गर्छन् । उनिहरु कर्णाली राजमार्गको करिब १६ किलोमिटको ट्र«याक नखुल्दा नेपालगञ्जबाट हवाई यात्रा मार्फत जिल्ला सदरमुकाम सिमकोटमा आउने गर्दछन् । त्यहाँबाट पनि कैलाश मानसरवर सम्म सडक पुगेको छ तर त्यहाँ पनि सुबिधा छैन,कच्ची सडक,सिजनल सडक(वर्षाको समयमा मात्र चल्ने) भएकाले र एक जिपको लागि उपयुक्त करिब १४ जना शिक्षक नभए सम्म जिप नै नहिड्ने सडक भएकाले पनि उनिहरु त्यहाँबाट हेलीकप्टर मार्फत जाने गर्दछन् त्यसैले पनि सडक छ तर सुबिधा छैन । त्यति मात्र होईन बिचबाटोमा खाने बस्ने र सुत्नेको समेत उपयुक्त ब्यबस्था छैन ।
यो सडकमा पाइलै पिच्छे खाल्टाखुल्टी छन् । सडक जीर्ण र धुलाम्य छ । बर्खामा पहिरोले निरन्तर यो सडकखण्डमा क्षति र्पुयाइरहेको छ । सडकमा धेरै खाल्टाखुल्टी भएकाले आवागमनमा असुविधा हुने गरेको छ । नेपाली सेनाले निमार्ण गर्दै आएको कर्णाली करिडोर पनि पहिरोका कारण बाटो खाल्डाखुल्डी र जोखिमयुक्त हुँदा यात्रहरुले अनावश्यक सास्ती पाइरहेका छन् ।
यहाँका हरेक सडकमा गाडी उफ्रिने र दुर्घटना निम्तिने जोखिम छ’, बर्खामा नियमित क्षेतिले सडक जीर्ण हुने तर सुधार नहुने अवस्थाले पनि जोखिम निम्तिएको हो । सडक नियमित मर्मत नहुँदा यात्रहरूले कहर खेप्न बाध्य बनेका हुन् । ‘साँघुरा र जोखिमयुक्त सडक भएकाले ठुला गाडी आउन कठिन छ । एक घन्टाको बाटो काट्न पनि चार घन्टा खर्च गर्नुपर्ने अवस्था छ । व्यवसायीले पर्यटकका लागि महँगा र स्तरीय गाडी सञ्चालन गरे पनि सडकको अवस्थाले छिट्टै जीर्ण बन्ने गरेको व्यवसायीको गुनासो छ ।
निर्माणको सुरुवात चरणदेखि भ्रष्टाचार भएको सडक अहिले स्तरोन्नति र विस्तार कार्यमा समेत नेता र ठेकेदार मोटाउने अवस्थाले काम नै सुस्त गतिमा भएको स्थानीयको गुनासो छ । बाटो निर्माण र स्तरोन्नति जस्ता काममा स्थानीय राजनीतिक दल र ठेकेदार बीच कमिसनका कारण गुणस्तरहीन भएकाले हरेक साल सडकमा बजेट खर्च भए पनि सुधार नभएको स्थानीयको भनाइ छ ।
हुम्ला मुगु जस्ता दुर्गमका सडक सञ्जाल पुगे पनि समय समयमा मर्मत तथा स्तरोन्नति भएन । बर्खामा त सिंगो जिल्ला सडक सञ्जालबाट वञ्चित हुने गर्छ । बाटोको नियमित स्तरोन्नतिमा ध्यान नपुग्दा जिल्ला सुगम भए पनि दुर्गम बन्दै गएको छ । सडक सञ्जालबाट जिल्लाले लाभ लिन सकेको छैन ।
गत असारमा हुम्लामा पहिरो गएको स्थानमा करोडौको लागत खर्चिदा पनि अहिले सम्म सडक सञ्चालनमा आउन सकेको अबस्था छैन । बिभिन्न ठाउँहरुमा टेन्डर आवाहान गरे पनि अहिले सम्म काम सञ्चालन हुँन सकि रहेको छैन । अरू दुई वर्ष यो सडक स्तरोन्नतिमै समय लाग्ने हुँदा यात्रुले अहिले झैं यात्रामा कहर खेप्नुपर्र्ने छ ।
किन सास्ती खेपीरहेका छन् दुर्गमका नागरीकले ।
हरेक गाउँ गाउँमा सडकको पहुँच छ तर त्यहाँ नत समयमा सवारीसाधन नै पाइन्छ न यात्रु नै । किन भने यात्रु भएको समयमा सवारी साधन हुँदैन यता सवारी साधन भएको बेला यात्रु हुँदैनन् । नियमित सवारी साधन चल्दैनन् त्यस कारण कि हरेक यात्रुले गाडि वा जिप रिजर्भ गर्नु पर्छ नत्र भने जिप मालिकले जब सम्म १४ जना यात्रु पुग्दैनन् तब सम्म रोकिनुको बिकल्प छैन । कि १४ जना यात्रुको पैसा साहुलाई बुझायो भने उक्त जिप जतीबेला पनि हिड्न सक्छ ।
यता जिपहरु नियमित चल्ने भएको भए पनि नागरिकहरुले नियमित प्रयोग गर्न नपाउने बिडम्बना छ आफुले खोजेको समयमा जिप पाइदैन पाए पनि रिजर्भ नै गर्दु पर्ने बाध्यता कायम छ त्यसैमा चरम महँगी छ त्यस कारण पनि यहाँ सेवा भए पनि सुबिधा नभएको स्थानीयको भनाइ छ ।
त्यती मात्र होईन करिब २० किलोमिट र हुम्लाको अदानचुली गाउँपालिका देखी ताँजकोट गाउँपालिकामा जानको लागि सडक छ तर कोहि पनि नागरिक रिर्जभ नगरी जान पाईदैन, उता अदानचुली,सर्केगाड,चंखेली र ताँजकोट गाउँपालिकाको केन्द्र सम्मै सडक पुग्छ त्यहाँ कर्णाली करिडोरले समेत छोएको छ तर पनि एक गाउँपालिकाबाट एक गाउँपालिकामा जाने सुबिधा भनेको रिर्जभ हो ।
यता दुर्गमताको पिडा त यस्ता गाउँमा पुगे पछि मात्र थाहा हुँन्छ जहाँ गाडि नपाएर दिनभर कुर्नु पर्ने बाध्यता छ त्यसैमा महगी पनि त्यतिकै छ कसैका मोटरसाइकलमा जाने हो भने २० किलोमिटरलाई करिब ३ हजार तिर्न पर्छ एक गाउँपालिकाबाट अर्को गाउँपालिका सम्म करिब २० देखी ३० किलोमिटरको दुरीमा छन् । जहाँ एक लिटर डिजेल पेट्रोललाई ३ यस रुपैयाले बिक्र बितरण गरिन्छ ।
यस्ता दुर्गम क्षेत्रमा नेताहरु आउँदा पैसा जती पनि छ उनिहरुले रिजर्भका रिजर्भ गरेर सवारी हिडाल्छन् एक दिनलाई करिब ५० हजार देखी १ लाख सम्मको रिजर्भ गर्दछन् तर स्थानीय नागरीकलाई भने एक गाउँबाट अर्कोगाउँजान करिब ३ हजार देखी १० हजार सम्म रिजर्भ नगरे बस चढ्न नपाईने अबस्था कहिले आउला भन्दै नागरिब सुबिधाबाट बन्चीत छन् ।
नागरिकलाई सुबिधा दिने हो भने सरकारले जसरी खाद्ययन्नमा सपसिडि दिएको छ त्यसरी नै डिजेल पेट्र«ेलमा पनि अनुदान दिए पछि मात्र स्थानीइ नागरीकले राहतको सुबिधा पाउने देखीन्छ हैन भने दिनभर ज्याला मजदुरी गरी कमाएको पाँचसय हजार रुपैया केहि रहरले र केही बाध्यताले पैसा फाल्न बाध्य छन् । कोहि नागरीक बिरामी भए पनि गाउँपालिकाको एम्बुलेन्समा करिब ८।१० हजार पैसा नतिरि नजिकैको कोल्टी सम्म पुग्ने अबस्था छैन । यसमा सरकारले ध्यान दिन जरुरी छ ।
तस्बीरहरु





