दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य बिमाले निकै राहत गर्ने भनिएता पनि हुम्ला लगायतका दुर्गम क्षेत्रमा यसको कुनै प्रभाव नपरेको देखिएको छ ।
जतिबेला स्वास्थ्य बिमा कार्यक्रम हुम्लामा लागु भयो त्यतीबेला भरिएका फारमहरु अहिले सम्म पनि नविकरण नगरिएको हुम्ला अदानचुली २ कि लालपरु सुनारको भनाइ छ उहाँका अनुसार मैले जतिखेर स्वास्थ्य बिमा कार्यक्रम लागु त्यतिखेरै फारम भरेकि थिए परिचय पत्र पनि पाए अहिले फारम भरेको धेरै वर्ष भयो तर नविकरण गर्न कोहि पनि आएनन् र के कसरी नविकरण गर्ने हो थाहा पनि भएन ।
उनले भनिन् “स्वास्थ्य बिमा भरेको एक वर्ष पछि ट्रमा सेन्टर काठमाडौमा उपचार गर्न गए, त्यहाँ स्वास्थ्य विमाको परिचय पत्र देखाए तर वबिकरण नभएको भन्दै सुबिधा लिन पाएन” । यि त प्रतिनिधि पात्र मात्रै हुँन् यि लगायत हरेक गाँउमा प्रति घरधुरी ३५ सयका दरले पैसा तिरेर फारम भरेका छन् तर कोही कसैले पनि सेवा लिन पाएका छैनन् ।
यता अदानचुली गाउँपालिका वडा नम्बर ३ कि दर्ता सहयोगि प्रतिभा फडेराले भने आफु लगायत आफ्नो वडाबाट २।३ जनाले सेवा लिएको बताइन् उनले भनिन् “सुरुमा ४ दिन तालिम दियो एक एक मोबाइल पनि उपलब्ध गरायो त्यस पछि स्वास्थ्य विमा कार्यक्रम नै जिल्लामा सुनसान हुँदा खेरी हामीले पनि नयाँ भर्ने र नविकरणको काम गर्न सकेनौ” ।
स्वास्थ्य बिमा कार्यालय हुम्लाका संयोजक गाबिन्दराज वझाले भने पछिल्लो समय यहाँ स्वास्थ्य विमा सहजकर्ताले काम नगर्दा परिवर्तन गर्नु परेकाले पनि यस क्षेत्रमा काम हुँन नसकेको स्वीकार गर्नु भयो । उहाँका अनुसार यसलाई निरन्त्रता दिनको लागि दर्ता सहयोगिहरुको आवश्यकता पर्दछ यस गाउँपालिकाका दर्ता सहयोगिले काम गर्न सकेनन् त्यसकारण हामीले दर्ता सहयोगि छनौट गरेर पठाउन पटक पटक पत्र पठाउँदा पनि छनौट गरी नपठाउँदा समस्या भएको प्रतिकृया दिनु भयो ।
केहि दिन अघि मात्र प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका तत्कालीन स्वास्थ्य संयोजक हंस महतारले पनि स्वास्थ्य विमा कार्यालय जिल्लाले पनि पत्र पठाएको स्वीकार गर्दै आफुले सबै वडा अध्यक्षलाई जानकारी गराई सकेको र सोही अनुसार वडा नम्बर ३ र ४ ले दर्ता सहयोगी पठाई काम सुरु भैसकेको र अरु वडाले पनि अब केहि दिनमा पठाउने तयारी भएको बताउनु भयो ।
स्वास्थ्य विमाले नागरिकको लागि अपरिहार्य छ तर गाउँमा स्वास्थ्य बिमा गराउँ भने दर्ता सहयोगि छैन दर्ता गरीएका बिमा पनि नविकरण नगर्दा सेवा लिनबाट बन्चीत भएका छन् यसको लागि तत्काल दर्ता सहयोगि छनौट गरी सेवा सुचारु गर्न जरुरी रहेको स्थानीय नागरीकहरुको भनाइ छ ।