बाजुराको हिमाली गाउँपालिकाको १३ औ गाउँ सभा तथा हिउदे अधिवेशन आज सम्पन्न भएको छ । विहवार देखि गाउँपालिकाको केन्द्र धुलाचौरमा सञ्चालन भएको आर्थिक वर्ष २०८०÷०८१ को हिउँदे गाउँ सभा आज सम्पन्न भएको हो । गाउँ सभामा पालिकाको अर्धवार्षिक प्रगति विवरण प्रस्तुत भएको गाउँपालिकाका प्रवक्ता भीमानन्द पाण्डेयले बताउनुभयो । स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने नाराका साथ सञ्चालन भएको गाउँ सभामा विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिले हाल सम्म भए गरेका कामको प्रगति प्रतिबेदन प्रस्तुत गरेका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।
उहाँले गाउँ सभामा सार्वजनिक स्थलमा हुने यौनजन्य दुर्ववहार निवारण आचारसंहिता २०८० र आर्थिक संशोधन कार्य विधि प्रस्तुत भएका समेत बताउनुभयो । स्वास्थ, शिक्षा, कृषि, भौतिक पुर्वाधार सम्बन्धि पनि छलफल भएको छ । सभामा वडा तथा गाउँपालिकाबाट प्रवाहा हुने सम्पुर्ण सेवा सन्तोषजनक भए नभएको बारेमा पनि समिक्षा भएको उहाँले बताउनुभयो । सबै पालिका भित्रका सरकारी कार्यालयमा प्रतिफल आउने गरि कर्मचारीलाई काम गर्न समेत आग्रह गरीएको छ ।
गाउँपालिकासंग समन्वय गरि गैरसरकारी संस्थाको काम नजिकैबाट निहाल्न समेत सबै वडाका जनप्रतिनिधिलाई आग्रह गरीएको छ । हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा सञ्चालन भएको गाउँ सभामा उपाध्यक्ष राजकला सार्की, प्रवक्ता भीमानन्द पाण्डेय, निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारी, सवै वडाका वडाअध्यक्ष, कार्यपालिकाका सदश्य र विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।