बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका वडा नम्वर ६ स्थित लाटो बस्ती स्थाई घर भएका ५० वर्षीय कर्ण प्रसाद जैसी वि. स। २०६३ सालबाट मुर्ति र सालिकहरु बनाउने काम गर्दै आउनु भएको रहेछ । यति बेला उनि हुम्लाको सदरमुकाम सिमकोटमा बसेर विभिन्न भगवानका मुर्ति देखी ऐतिहासिक महत्व बोकेका व्यक्तीत्वका सालिकहरु अर्डर अनुसार बनाउने गरि रहनु भएको छ ।
उहाँले विगत लामो समयदेखि अडर अनुसारका जस्तो सुकै पनि मुर्ति बनाएर आर्थिक आम्दानी गर्दै आएकोर यसैबाट जिवन गुजार्नुका साथै घरपरिवार पालपोषण गरिहेको बताए । यतिबेला उनि हुम्लाको सदरमुकाम सिमकोट स्थित काठेचुलीमा केही दिनदेखि बस्दै आउनु भएका जैसीले शिव, गौतम बुद्ध र नागको एक एकवटा मुर्ति बनाउनु भएको छ ।
उक्त शिवको मुर्ति चिनारीका रुपमा जिल्ला प्रशासन कार्यालय हुम्लालाई, गौतम बुद्ध लामा सांस्कृतिक मन्चलाई र नाकको मुर्ति कुनै इच्छाएको व्यक्ति अर्थात कुनै देवताको मन्दिमा हस्तान्त्रण जैसीले बताउनु भएको छ । जैसिले भने “मेरो खानु जिउनिनै यहि हो मैले बनाएका यस्ता मुर्ति करीव ५ हजारदेखि माथि ७ लाख रुपियाँसम्मका बनाई विक्रि गर्ने गरेको छु”। आफ्नै लगानिमा हातले निर्माण गरिएका मुर्ति विभिन्न खेर गएका सामग्रिहरु मार्फत बनाउने गर्ने गरि रहेका छन् ।
सात जनाको परिवार संख्या रहेका जैसीले हाल सोही सिप तथा ब्यषसायले आर्थिक आम्दानी गर्दै घर खर्च चलाउने र बालबच्चा पढाउने काम गरी रहेको बताउनुभयो । जैसीले आफुले बिहान बेलुका देखी दिनभर आगोमा काम गर्दाको दुख सुनाउँदै भने“मैले यहि काम गरेबापत प्रतिमहिना ३० हजार रुपियाँ सम्म आम्दानि गर्ने गरेको छु” ।
त्यस किसिमका मुर्ति बनाउनका लागि सिमेन्ट, सरिया, बालुवा, ग्याविन तार, व्यान्डिज तार, हातमा गलव्स र सबै किसिमका रङहरु आवश्यकता पर्ने बताउँनु भयो ।