बाजुरामा उत्पादन गरिएका डोका हुम्लामा बिक्रि हुदै आएका छन । जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेमा हातले बुनेर बनाइएका डोका हुम्लामा बिक्रि हुदै आएका हुन । दुुरिका हिसाबले निकै टाडा रहेको बाजुराको ढम्कनेमा परम्परागत रुपमा उत्पादन हँुदै आएका डोका हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला धमाधम बिक्रि भइरहेका छन ।
जंगलमा पाइने निकालोको चोयाबाट हातले बुनेर पररम्परागत डोकाहरुको सिमकोट सम्म आइपुग्दा १ हजार ८ सय देखी २ हजार ५ सय सम्म पर्न जाने गरेको डोको बिक्रि गर्दै आएका सिमकोट गाउँपालिका वडा नम्बर ७ चौगानफयाका रमेश शाहीले बताए ।
उनले भने “गाउँमा निगालोका डोका ढम्कनेमा ६ सय देखी ८ सय सम्म पर्ने गरेको भएपनि हुम्ला सम्म ढुवानी गरी ल्याउँदा सो मुल्य पर्ने गरेको छ” । जंगलमा पाइने निगालाको चोयाबाट बनाउने ति डोका १ देखी ४ किलो ग्राम सम्म हुने गरेका छन ।
डोको बुन्ने सिप भएकालाई बुन्न सजिलो हुने गरेको भएपनि जंगलमा गएर निगालो संकलन गर्न समय लाग्ने र दुःख हुने गरेको शाहीले गुनासो गरे । सिमकोट बजार स्थित एअरपोर्ट चोकमा डोको बिक्रि गर्दै गरेका शाहीले भने “आजभोलीको समयमा निगालो ल्याउन पनि डिभिजन बन कार्यालय मार्तडी बाजुरामा गएर पुर्जी काट्ने र त्यसपछि मात्र निगालो निकासी गर्न पाउने कारणले समस्या सँगै दुःख थपिएको छ” ।
आफुले बिगत केही समयदेखी निगालोका डोका, डाला, छुन्का, सुपा, खार्या, छाप्री, पाथो, थुन्को लगायतका सामाग्री खदिर गरेर आफ्नो मुल्यमा बिक्रि गर्दै दिन गुजारा गर्दै आएको बताए । बाजुराको बडिमालिका– ७ स्थित ढम्कनेबाट बुढिनन्दा नगरपालिका, हिमाली गाउँपालिका, हुम्लाको ताँजकोट, अदानचुली गाउँपालिका हुदै सर्केगाड गाउँपालिकाको गिउसीसम्म गाडीमा र गिउसीदेखी खार्पुनाथ,सिमकोट र नाम्खा गाउँपालिकाका गाउँसम्म डुलाउदै बिक्रि गर्ने गरेको छु ।
गाउँमा अन्य आम्दानीको स्रोत फेला नपारेका ३४ बर्षका शाही अहिले सोही पेशामा रमाउन थालेका छन । अहिले दिनभरी पिठिउँमा डोकाको भारी लिएर गाउँ चार्ने आफ्नो दैनिकि जस्तो बन्दै गएको छ । गाउँमा जाँदा दिनमा ४ देखी ७ डोका सम्म त्रिक्रि गरेर १० देखी १५ हजार सम्मको आम्दानी हुने गरेको छ । तर खरिद र गाडिको ढुवानी जोड्दा फाइदा थोरै आउने गरेको छ ।
ढम्कनेदेखी हुम्ला सम्म सयौ किलो मिटरको दुरी सम्म ल्याइपुग्दा दुःख धेरै भएपनि फाइदा कमै हुने गरेको छ । शाहीले आफैले डोको बुनेर आफैले बेच्ने हो भने मनग्य फाइदा हुने बताए । तर आफ्नो गाउँको जंगलमा निगालो नहुने र आफुलाई डोको बुन्ने सिप समेत नभएकाले अर्काले बुनेको डोको भएपनि बिक्रि गर्ने गरेको बताए ।
आजभोली बजारमा बाजारमा पलाष्टिक तथा अन्य बिभिन्न कंक्रिटका डोको डालो आकारका समाग्री आएकालेपनि यसको ब्यापार घट्दो क्रममा रहेको छ । तेहीमाथि ति बस्तुको मुल्यपनि निगालोको डोको भन्दा सस्तो पर्ने भएका कारणले ब्यापारमा ह्रास आउन थालेको छ । यतिबेला बजार तथा सडक संञ्जालले छोएको ठाउँमा बिक्रि हुन छोडेको छ ।
केही नागरिकले परम्परागत रुपमा हातले बुनिएका डोकाहरु सजावटका रुपमा लिने गरेका छन भने कतिपयले आबाश्यकले लिने गरेका छन ।
गाउँमा भने डोका डालाको माग उतिकै रहेको छ । यतिबेला कृषकले खेतबारी बारी (गडा) मा मलजल, गोडमेल सँगै ढुङ्गो डालो गर्ने भएका गाउँमा माग बढ्न थालेको शाहीले बताए । स्थानीय नागरिकलाई पानी ल्याउन,मल बोक्न देखी ढुंगा माटो बोक्नको लागि यो अति उपयोगि बस्तु हो ।