मानव अधिकार एलायन्सको केन्द्रीय कमिटिको बैठक भर्खरै सम्पन्न भएको छ । एलायन्सका अध्यक्ष मनिबहादुर शाहीको अध्यक्षतामा आज बसेको बैठकले फागुन १ गते हुँन गैरहेको मानवअधिकार रक्षकहरू तथा सामाजिक अभियन्ताहरूको चौथो राष्ट्रिय सम्मेलनलाई के कसरी सफल पार्न सकिन्छ भन्ने विषयमा छलफल गरीएको एलायन्सका महासचिब बिदुर सुबेदीले बताए ।
उहाँका अनुसार काठमाडौको राष्ट्रिय सभागृहमा हुँन गैरहेको राष्टिय सम्मेलनको पहिलो दिनमा मानवअधिकार रक्षकहरूको सुरक्षा र संरक्षण, व्यवसाय र मानवअधिकारको र सोही दिनकोमा हुँन गैरहेको कार्यतालिकाको बारेमा समेत छलफल गरिएको बताउनु भयो ।
उक्त राष्टिय सम्मलनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुँने भएको छ भने विषेश आतिथ्यको रुपमा नेपाली कांग्रेसका नेता एवं प्रतिनिध सभा सदस्य माननीय डा. शेखर कोइराला,राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष माननीय तपबहादुर मगर र पूर्व सभामुख ओनसरी घर्तीको पनि बेशेष सम्बोधन रहने भएको एलायन्सका अध्यक्ष मिनबहादुर शाहीले बताउनु भयो ।
दोस्रो दिनको शत्र भने अल्फा हाउस नयाँ बानेस्वरमा हुँने भएको छ । दोस्रो शत्रमा विषगत समानान्तर सत्रहरू गर्ने कार्यक्रम रहेको महासचिब सुबेदीको भनाइ छ उहाँका अनुसार दोस्रो सत्रमा बालअधिकार र शासन प्रणाली, लोकतन्त्र, मानवअधिकार र सिभिक स्पेस, वातावरण अधिकार, जलवायू न्याय र खाद्य अधिकार, मानअधिकारको अवस्था र मानवअधिकार रक्षकहरूको भूमिका र प्रदेशगत तहमा मानवअधिकारको अवस्था विषयमा छलफल गरीने भएको छ ।
आज बसेको भर्चुअल बैठकले माघ १५ गते सम्म सहभागीहरुको अनलाई दर्ता गरी सक्ने निर्णय गरिएता पनि विबिध कारणले गुगल फारम भर्न ढिलाई भएकाले जतीसक्दो२६ गते सम्म फारम भरिसक्ने निर्णय भएको महासचिब सुबेदीले बताउनु भयो । भने एलायन्सका सबै केन्द्रीय कमिटिका सदस्यहरु माघ २९ गते अनिवार्य पुग्ने र फागुन १ र २ गते हुँन गैरहेको राष्टिय सम्मेलन,४ गते हुँन गैरहेको अन्तराष्टिय सम्मेलनमा अनिवार्य सहभागी हुँने निर्णय भएको बताउनु भयो ।