हुँन त अघिल्लो वर्ष नेपाल सरकारले देशभरी नै सार्वजनीक विदा दिएको थियो तर त्यसको ठिक विपरीत सर्बोच्च अदालतले बिदा नदिने फैसला गरे पछि देसभरका अधिकांस स्थानीय सरकार बिबादमा परेका छन् । जहाँ माओबादी नेतृत्वको स्थानीइ सरकार छ त्यहाँका सरकार प्रमुखको निर्देशनमा कार्यबाहक अध्यक्ष वा निमत्ति प्रमुख प्रशासकिय अधिकृतले स्थानीय बिदा दिए ,बिदा दिएको केही समय नबित्दै कतै अध्यक्षले,कतै उपाध्यक्षले त कतै वडा अध्यक्षहरुले बिदा नभएको विज्ञप्ती निकाले ।
यता हुम्लाका ७ वटा स्थानीय तह मध्ये सिमकोट गाउँपालिकाका कार्यबाहक अध्यक्ष रावतले माग २८ गते सार्वजनिक विदा भएको सुचना प्रकासीत गरेको २४ घण्टा नवित्दै उपाध्यक्ष सुसिला रोकाया भामको संयोजकत्तवमा कार्यपालिकाका ९ जनाको हस्ताक्षर सहित विदा नभएको प्रेस विज्ञप्ती प्रकासीत भयो यता चंखेली गाउँपालिकामा पनि सोही अवस्था सृजना भयो ।
अधिकांस गाउँपालिकाका अध्यक्ष जिल्ला बाहिर बस्ने हुम्लाको परम्परा जस्तै छ यतीबेला माओबादी केन्द्रको बिदान सम्मेलन भएकाले पनि होला सबै गाउँपालिकाका अध्यक्ष काठमाडौ केन्द्रीत छन् सोही अबसरमा कार्यबाहक अध्यक्षमा रहेका कार्यबाहकले बिदाको सुचना प्रकासीत गरे पनि कतै उपाध्यक्ष त कतै अध्यक्षले उक्त सुचनाको बिरुद्धमा प्रष विज्ञप्ती प्रकासीत गरेका छन् ।
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष स्वतन्त्र उम्मेदवारबाट विजयी भए पनि अहिले नेपाली काँग्रेसमा प्रबेश गरी सकेका छन् उनि पनि गाउँपालिका बाहिरनै भएको मौका पारी कार्यबहक अध्यक्ष जयबहादुर सिराको निर्देशनमा निमित्त प्रमुख प्रशासकिय अधिकृत धर्मजित थापाले फागुन १ गते सार्वजनिक बिदा दिने सुचना प्रकासीत गरे ।
तर उक्त सुचना प्रकासित गरेको घण्टा समय नबित्दै गाउँपालिकाका अध्यक्ष इारीलाल शाहीले लुकेर गोलीहान्नेहरू होसियार,बाहिरबाट आफुलाई महान नसम्झदा हुन्छ भन्दै फागुन १ गते कुनै सार्वजनिक विदा नभएको प्रेष विज्ञप्ती प्रकासीत गर्नु भयो ।
यता अदानचुली गाउँपालिकामा भने नेपाली काँग्रेसका जिल्ला सभापति मोहनविक्रम सिंह गाउँपालिकाको अध्यक्ष हुँनु हुँन्छ भने माओबादी केन्द्र प्रदेश कमिटिका सदस्य कर्ण रोकाया सुधार उपाध्यक्ष छन् यहाँ पहिले देखी नै आन्तरीक मामलामा विबाद छ कोही कसैले कुनै सुचना प्रकासीत गरेका छैनन् तर पनि उपाध्यक्षले भने सर्बोच्च अदालतले गरेको फैसला मान्नु पर्ने र सार्बजनिक विदा दिनको लागि दबाब भने दिनु पर्ने बताए यता पनि अध्यक्ष जिल्ला बाहिर नै छन् ।
उता ताँजाकोट गाउँपालिकामा पनि माओबादी केन्द्रका कर्णाली प्रदेश कमिटिका उपसचिब लालकेश जैसी गाउँपालिकाका अध्यक्ष छन् यहाँ पनि अध्यक्ष काठमाडौमा छन् उनको निर्देशनमा प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र स्याङकुले फागुन १ गते सार्बजनीक बिदा दिएको सुचना प्रकसीत गरे, उक्त गाउँपालिकामा नेपाली काँग्रेशका सुरेन्द्र बहादुर थापा उपाध्यक्ष छन् तर उनि गाउँ कार्यपालिकामा एक्लै भएकाले हो या अन्य दबाबको कारणले हो अहिले सम्म कुनै प्रतिकृया दिएका छैनन् जहा माओबादीको एकलौटे सरकार छ ।
हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाडमा पनि गठबन्धकै सरकार छ जहाँ नेपाली काँग्रेशका ठानबहादुर रोकाया अध्यक्ष छन् भने उपाध्यक्षमा माओबादीका मुक्ती कार्की उपाध्यक्ष छन् उपाध्यक्षकी श्रीमती जुम्कीत लामा कार्की प्रदेश सांसद पनि छन् यहाँ पनि कुनै सुचना प्रकासीत भएको छैन ।
माथिल्लो क्षेत्रमा रहेको खार्पुनाथमा पनि नेपाली काँग्रसकै कर्ण रावल अध्यक्ष छन् भने उपाध्यक्षमा ज्ञानबहादुर सिंह एकिकृत समाजबादीका हुँन यिनिहरु दुबै जना जनयुद्ध नमान्ने भएकाले पनि हुँन सक्छ कुनै सुचना प्रकासीत गरेका छैनन् यता नाम्खा गाउँपालिकाका अध्यक्ष नेकपा माओबादी केन्द्रका प्रेमबहादुर लामा छन् भने उपाध्यक्षमा नेपाली काँग्रेशका तक्दिर लामा छन् यस गाउँपालिकामा पनि कुनै बिदाको सुचना प्रकासीत गरेका छैनन् ।