हुम्लाको अदानचुली गाउँपालिकाले आज हिउँदे गाउँसभा आज सम्पन्न भएको छ । नयाँ कार्यकारी अधिकृतको जिम्मेवारी पाए पछि हिजो पहिलो पटक बसेको गाउँ कार्यपालिकाको बैठकले आज शुक्रबारको दिन हिउँदे गाउँ सभा गर्ने निर्णय गरेसँगै आज दिउसो सभागृह हलमा सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहको अध्यक्षतामा तथा सम्पुर्ण गाउँसभाका सदस्यहरु उपस्थितीमा सम्पन्न भएको सदस्य सचिब समेत रहेका प्रमुख प्रशासकिय अधिकृत हंस महताराले बताउनु भएको छ ।
१४ औ गाउँसभामा सार्वजनिक खरिद ऐन २०८०, क्रमचारी आचार संहित २०८०, शिक्षा नियमावली २०८० सहित १८ वटा ऐनहरु र २३ वटा कार्यबिधिहरु गरेको छ ।
गाउँसभामा पास भएका १८ वटा ऐनहरु
१.कृषि व्याबसाय प्रबद्धन ऐन २०८०,
२.बिपत जोखिम न्यूनीकरण तथा व्यास्थापन ऐन २०८०,
३.फोहोर मैला व्यावस्थापन ऐन २०८०,
४.निर्माण व्यावसाय ऐन २०७५ संशोधन २०८०,
५.अपाङ्गता सम्बन्धि ऐन २०८०,
६.स्थानिय वातावरण तथा प्रकृत्तिक स्रोत संरक्षण ऐन २०८०,
७. न्यायिक समितिले उजुरीको कारबाइ किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा बनेको ऐन २०७६ संशोधन २०८०,
८.संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन २०७६ संशोधन २०८०,
९.जलस्रोत उपयोग ऐन २०८०,
१०.खानेपानि तथा सरसफाई विधेयक ऐन २०८०,
११.कृषि तथा पशुपंन्क्षि ऐन २०८०,
१२.वन व्यवस्थापन विधेयक २०८०,
१३. भुमि विधयक ऐन २०८०,
१४.स्थानीय शिक्षा ऐन २०७५ लाई संशोधन २०८०
१५.पुर्वाधार विकास व्यवस्थापन सम्बन्धी विधेयक २०७६ को संशोधन २०८०,
१६.स्थानिय तहको आर्थिक ऐन २०७५ संशोधन २०८०,
१७.व्यावसाय दत्ता तथा संचालन ऐन २०८०
१८.न्यायिक समिति (कार्यविधि सम्बन्धी) २०७६ संशोधन ऐन २०८०,
गाउँसभाबाट पास भएका २३ वटा कार्यबिधिहरु
१.व्यावसाय कर सम्बन्धि कार्यबिधि २०८०,
२.बालबिबाह मुत्त गाउँपालिका अबियान संचालन निर्देशिका २०८०,
३.स्थानिय तहको उपभोक्ता समिति गठ्न, परिचान तथा व्यावस्थान सम्बन्धी कार्याबिधि २०८०,
४.एम्बुलेस सेवा संचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०८०,
५.विपद् व्यवस्थापन कोष संचालन कार्यविधि २०८०,
६.सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धि कार्यविधि २०८०,
७.स्थानिय तहमा करारमा जनशक्ति व्यावस्थापन गर्ने सम्बन्धि कार्यविधि २०८०,
८.आपतकालिन कार्य संन्चालन सम्बन्धि कार्यविधि २०८०,
९.बिपन्न नागरिकलाई आर्थिक सहायता सम्बन्धि कार्यविधि २०८०
१०.छात्रबिधि सम्बन्धि कार्यविधि २०८०,
११.खेलकूद विकास समिति सन्चालन कार्यविधि २०८०,
१२.समिति तथा बैठक संचालन कार्यविधि २०८०,
१३.मृगौला प्रत्यारोपरण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८०,
१४.विपन्न नागरिक स्वास्थ्य विमा तथा स्वास्थ्य उपचार सहयोग कार्यविधि २०८०,
१५.गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) संचालन कार्यविधि २०८०,
१६.मेलमिलाप केन्द्र संचालन कार्यविधि २०८०,
१७.बातावरणिय प्रभाब परिक्षण कार्यबिधि २०८०,
१८.विषयगत समिति कार्यसन्चालन सम्बन्धी कार्यविधि २०८०
१९.ढुङ्गा गिट्टि तथा बालुवा उत्खलन विकी तथा व्याबस्थापन सम्बन्धी कार्यविधी २०८०,
२०.लक्षित बर्गको कार्यकम संन्चालन सम्बन्धी कार्यविधि २०८०,
२१.स्थानिय तहको सरकारवाट गरिने बजार अनुगमन निर्देशिका २०८०,
२२.एफ एम रेडियो (व्यवस्थापन तथा संचालन कार्यविधि २०७६) संशोधन २०८०,
२३.व्यावसाय दत्ता तथा संचालन कार्यविधि २०८०
गाउँपालिकाका अध्यक्ष प्रति आक्रोस देखीए वडा सदस्यहरु
निकै लामो समय पछि गाउँमा आएका गाउँपालिकाका अध्यक्ष प्रति अधिकांस वडा सदस्य तथा प्रासदहरुले आक्रोस पोखेका छन् ।
गाउँ सभाका सदस्य सिंह बोहोराले गाउँमा जनप्रतिनिधि र क्रमचारीहरु नबसे कानुन ल्याए मात्र केही नहुँने भन्दै ऐन कानुनहरु ल्याएर मात्र हुँदैन, कार्यन्वयन तिर लग्नु पर्ने बताउनु भयो भने अहिले सम्म गाउँपालिकामा के कती क्रमचारी बिभिन्न तरिकाले भर्ना गरिएका छन् तिनिहरु सार्वजनिक गर्नु पर्ने माग राखेका छन् । तर गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले भने अन्य कुराहरु गाउँपालिकामै छलफल गरौला तर यतिबेला लिजा र फारा लगायत गाउँपालिकाको मुल्याङकन नै यसै आधारमा हुँने भएकाले पनि ऐन र कार्यबिधि बनाइ कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भयो ।
यता वडा नम्बर ३ का वडा सदस्य सिंह रोकायाले गएको वर्ष फ्रिज गएका योजनाहरुको बारेमा के गर्ने ? यसको बारेमा गाउँपालिकाले पहल नलिएकाले वडा सदस्यहरु गाउँमै हुँदे भएकाले जनताले दुख दिएको बताउनु भयो भने अर्का वडा नम्बर ६ का वडा सदस्य राजेन्द्र बुढाले पनि करार क्रमचारीहरुको समस्या सरल तरिकाले हल गरेकोमा धन्यबाद दिदै अब के कसरी राख्ने भन्ने कुरा पनि सोच्न र कार्यबिधि अनुसार तत्काल कार्यान्वयन गर्न माग गर्नु भयो ।