कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रजातन्त्र दिवसले दिगो शान्ति,सुशाासन,विकास र समृद्धि गर्न सबैमा उत्साह प्रदान गर्न सकोस भन्दै शुभकामना ब्यक्त गर्नु भएको छ । प्रजातन्त्र दिवसको अबशरमा शुभकामना सन्देश दिदै उहाँले यस्तो बताएका हुँन् ।
उहाँले समृद्ध नेपाल निर्माणमा सबैको निस्वार्थ योगदान आवश्यक रहेको बताएका छन् । ७४ औं प्रजातन्त्र दिवसको अवसरमा आज एक सन्देश दिदैं उनले त्यसका लागि सबै नेपालीविच सहकार्यको आवश्यकता रहेको बताएका हुन ।
उनले जारी गरेको सन्देशमा यस्तो उल्लेख गरिएको छ ।
२००७ साल फागुन ७ गते १०४ वर्ष पुरानो जहानिया राणाशासनको अन्त्य भएको दिन थियो । त्यसै दिनदेखी नेपाली जनताले प्रजातान्त्रिक युगमा प्रवेश गरेका थिय । त्यस ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउदै आएका छौं ।यस अवसरमा देश र जनताको मुक्ति एवं अग्रगामी परिवर्तनको लागी आफनो अमुल्य जिवनको सचेत रुपले वलिदान दिने २००७ साल,०३६ साल, ०४६ साल, १० वर्षे जनयुद्ध ,०६२÷६३ को १९ दिने जनआन्दोलन ,मधेश आन्दोलन,विभिन्न जनवर्गिय आन्दोलनमा शहादत प्राप्त गर्ने ति सम्पुर्ण महान शहिदहरुप्रति भावपुर्ण श्रदाञ्जलि अर्पण गर्दछु ।
आज प्रजातान्त्रिक अधिकारको रक्षा, प्रयोग, र थप परिमार्जित गर्दै ७३ वर्ष पुरा भएर ७४ औं बर्षमा प्रवेश गरेका छौं ।नेपाली जनताले विभिन्न काल खण्डमा शान्तिपुर्ण र सशस्त्र संघर्षमा आफनो अमुल्य जीवन बलिदानद्धारा प्राप्त गरेका अधिकारहरु खोस्न जनता र राष्ट्रका शत्रुहरु बेलाबखत शिर उठाउने दुस्साहस गर्न सक्छन त्यका विरुद्ध जनताले खबरदारी गर्ने दिन पनि हो । त्यसैले यस दिवसको ठुलो महत्व रहेको छ। मुलुकमा स्थापना भएको संघिय लोकतान्त्रिक गणतन्त्र,धर्मनिरेपेक्ष्ता,संघियता,समानुपातिक–समावेशीता र गणतन्त्रको रक्षा र सुदृढ गर्न सुशासन,सामाजिक न्याय र समृद्ध नेपाल निर्माण गर्न सबैपक्ष एकैढिक्का भएर निस्वार्थ भावले योगदान गर्न आवश्यक छ । प्रजातन्त्र दिवसले सबैलाई प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।
अन्तमा ःप्रजातान्त्रिक मुल्य मान्यतालाई जिवन पद्धति बनाएर देशमा विद्यमान वर्ग,जाति,जनजाति,महिला,दलित,मधेशी,उत्पीडित,उपेक्षित क्षेत्रलाई न्याय समानता,निश्पक्षता,नेपालको सार्वभौमसत्ता,अखण्डता,राष्ट्रिय हित स्वाभिमान र लोकतन्त्रको रक्षार्थ भएका विभिन्न आन्दोलनहरुमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति,सुशाासन,विकास र समृद्धि गर्न सबैमा उत्साह प्रदान गर्न सकोस कामना गर्दछु ।