काठमाडौं । विवाद र भ्रष्टाचारम मुद्धा दायर गर्ने पालिकाको अग्रपंतिमा रहेको हुम्लाको अदानचुली गाउँपालिकामा इगोका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्धा दायर हुने गरेको प्रमाणीत हुदैं गएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत दक्कदत्त प्याकुरेल, इन्जिनियर मकरध्वज शाही, सवइन्जिनियर विनोद थापा र ठेकदार गणेश भण्डारीलाई विशेष अदालत काठमाडौंमा दायर भएको भ्रष्टाचार मुद्धामा आइतबार भएको फैसलाले सफाई दिएपछि राजनीतिक प्रतिसोध र अन्य इगोले मुद्धा दायर हुने गरेको प्रमाण्ीत भएको हो ।
अदानचुली गाउँपालिकाको वडा नम्बर १ अन्तरगत थलोहाल्ना देखि कल्खेसम्म र वडा नम्बर ४ को रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणका क्रममा २१ लाख ४७ हजार ४९२ रुपैयाँ ७३ पैशाको काममा ठेकदार गणेश भण्डारीले फिल्डामा काम गरेको वास्तपिवकता भन्दा बढि भुक्तानी लिएको भन्दै २०७९ साउन २२ गते विषेश अदालतमा आरोपपत्र दायर गरिएको थियो ।
आरोप पत्र दायर भएपश्चात विशेष अदालतले गरेको अध्ययन, बहस र त्यसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश भएका प्रमाणका आधारमा आरोपित निमित्त प्रशासकीय अधिकृत प्याकुरेल, इन्जिनियर शाही, सवइन्जिनियर थापा र ठेकदार भण्डारीले विनियोजित रकम बराबरको काम गरेको स्थलगत रिर्पोटमा देखिएपछि विशेष अदालतले क्लिन चिट दिएको हो ।
यसअघि हाइटेक नर्शरीका नाममा अदानचुली १ का शुष्मा कार्की (भण्डारी), जिल्ला कृषि विकास कार्यालय हुम्लाका प्रमुख, लेखा अधिकृत र प्राविधिकलाई समेत अख्तियारले दायर गरेको आरोपपत्रलाई विशेष अदालतले जुटो सावित गरिदिएको थियो ।
गाउँमा सामान्य विवाद भए विना प्रमाण बेनामे अख्तियारमा मुद्धा दायर गर्ने प्रर्णालीले संघीयता कार्यानवयन पश्चात हुम्लाको अदानचुलीबाट दायर भएका आरोपको संख्या अनगिन्ती छ । अख्तियारमा संका लागेकै भरमा फोन, मेलबाट विना आधार मुद्धा दायर गर्ने प्रचलनले अनाहकमा स्थानीयले दुःख पाउने काम बढिरहेको छ ।
अख्तियारले दायर गरेको आरोपपत्रलाई अध्ययन, बहसका माध्यमबाट क्लिन चिट दिएपछि मुद्धा खेप्नहरुले लामो समयमा भोगेको दुःख पिर मर्का, हुम्लादेखि काठमाडौंसम्म साक्षीसर्जमिन गर्न ल्याउँदा भएको खर्चको क्षतीपूर्ति समेत कसैले सोधभर्ना नगर्ने भएका कारण पछिल्लो समय अख्तियारले दायर गर्ने आरोपपत्रप्रति पनि विभिन्न टिकाटिप्पणी हुन शुरु गरेका छन् ।