नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज हुम्लामापनि विभिन्न कार्यक्रम गरी ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।
नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन फागुन ७ लाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रुपमा लिने गरिएको छ ।
जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक बर्ष फागुन ७ गते यो दिवस मनाईंदै आएको हो । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास हुंदै आएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा प्राणको आहुदी दिनुभएको थियो ।
नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । तेसैको सम्झना स्वरुपमा आज हुम्लामा पनि बिभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ ।
हुम्लाको अदानचुलीमा दिप प्रज्वलन
हुम्लाको अदानचुली गाउँपालिकाले भने बजार सरसफाई,र्याली,कोणसभा सहित गाउँपालिकाको कार्यालयमा दिप प्रज्वलन गरेको छ । बिहान गाउँपालिकाका जनप्रतिनिधिहरु सहित कार्यरत क्रमचारीहरुको संयुक्त टोलीले बजारको सरसफाइ गरेको छ भने दिउसो गाउँ गाउँमा र्याली गरी कोणसभामा परिण भएको थियो । कोणसभा सकिए लगत्तै जनप्रतिनिधिहरु र क्रमचारीहरु बिचको मैत्रीपुण भलिबल खेल खेलेको छ भने साँझतिर गाउँपालिकाको कार्यालयमा कोण सभा समेत गरेको छ ।
उक्त कोणसभा श्रीनगरमा रहेको सुर्योदय माध्यामिक बिद्यालयमा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हंस महताराले बताउनु भयो उहाँका अनुसार गाउँपालिकाका उपाध्यक्ष सहित वडा अध्यक्षहरु र गाउँपालिकामा कार्यरत सम्पुर्ण क्रमचारीहरुको उपस्थितीमा सम्पन्न भएको बताउनु भएको छ ।
ताँजाकोटमा पनि नेपाली काँग्रेशले मनायो प्रजातन्त्र दिवस
नेपाली काँग्रेश ताँजाकोट गाउँ कार्यसमितिले पनि प्रजातन्त्र दिवश मनाएको छ । गाउँ कार्यसमितिका सभापति कृष्णबहादुर मल्लको अध्यक्षतामा तथा किसान संघ प्रदेश कार्यसमितिका सदस्य हर्क बुढाको प्रमुख आतिथ्यमा र गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाको बिषेश आतिथ्यमा पाटी कार्यलयमा बिबिध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाएको छ ।
गाउँ कार्यसमितिको कार्यालयमा पाटीको झण्डा राखी दिप्रज्वलन गरी प्रजातन्त्र दिवस मनाएको गाउँ कार्य समितिका सभापति मल्लले बताउनु भएको छ । उहाँका अनुसार गाउँपालिका स्थीत पाटीका बिभिन्न जिम्मेवारीमा रहेको नेता कार्यक्रताहरुको उपस्थिती रहेको बताउनु भयो ।