चंखेली गाउँपालिका वडा नम्बर ३ मा रहेको मिमिमा करिब ८ वर्ष अघि लगाइएको स्वास्थ्य चौकीको भबनमा काम गरेका कामदारहरुले अहिले सम्म पारिश्रमीक नपाएको बताएका छन् । करिब १ करोड ६० लाखको स्वास्थ्य चौकीको भवन निमार्णको जिम्मा जुम्ला स्थीत तेजबहादुर महतको A.D उज्वल G.V कन्ट्रक्सन प्रालिले २०७४ सालमा निमार्ण सुरु भएको थियो । तर अहिले सम्म पनि त्यस भवनमा काम गर्ने कामदारले आफुले पाउने पारीश्रमीक नपाएको भन्दै गुनासो गरेका छन् ।
कामदार बुद्धि ऐडीका अनुसार मैले काठ च्यात्ने जिम्मा लिएको थिए, काठ च्यातेको एक मोबाइल ठेकदारले पठाएका थिए उहि मोबाइल बाहेक अरु एक पैसो पनि नलिएको बताएका छन् आफुले पाउनु पर्ने ४ लाख ५० हजार रकम के कसरी पाउने होला भन्दै कचहरी मिडियासँग भने । उनका अनुसार आफु मात्र नभई बल बुढा,रतनबहादुर बोहरा,मानबहादुर बुढाथोकी लगायत धेरैले पारीश्रमीक नपाएको बताउनु भयो ।
यता अर्का कामदार राजमहल बुढाले पनि आफ्नो करिब १ लाख ७० हजार रुपैया नपाएको बताएका छन् । उनका अनुसार काठ च्यात्ने देखी ओसार्ने सम्मको काम आफैले गरेको तर त्यसको एक रकम पनि नपाएको बताउनु भएको छ । उनले भने जंलमा आफ्नै खाना खाएर काठ च्यातियो,मिस्त्री काम गरीयो तर त्यसको पारीश्रीक नपाएको बताएका छन् । त्यती मात्र नभई सिलान्यास गर्ने खसी समेतको पैसा नदिएको बताउनु भयो ।
त्यस्तै अर्का कामदार महेस बुढाको १ लाख ७० हजार,माने बुढा थोकीको १ लाख ७० हजार, नरबिर बुढाको ३ लाख रकम पाउन बाँकी रहेको बताएका छन् । उनिहरुका अनुसार अहिले ठेकदारहरु पनि फोन नउठाउने भएकाले पनि रकमको आस मारिसकेकाले सकिन्छ भने रकम असुली गराइ दिन अनुरोध गर्नु भएको छ ।
सोही भबनमा काम गरेका अर्का मिस्त्री बल बुढाले पनि आफ्नो करिब ९० हजार रुपैया नपाएको बताएका छन् , ठेकदारबाट खटाइएका सहायक ठेकदार बुद्धि रोकाया र स्थानीय हंस ऐडीले काम गराएको तर अहिले सम्म कुनै पनि रकम नपाएको बताउनु भयो । उनले भने हामीले उक्त योजनाको मिस्त्रीको काम गरेका ९ जना थियौ ९ जनाले नै अहिले सम्म रकम नपाएको बताउनु भएको छ ।
तर सहायक ठेकदारको रुपमा रहेका बुद्धि रोकायाले भने भुक्तानी नभएको कारण रकम बुझाउन नसकिएको र रकम भुक्तानी हुँने बित्तीकै बितरण गरिने बताउनु भयो अहिले आफु नेपालगञ्मा रहेको बताउँदै रोकायाले भबन निमार्ण कार्य सम्पन्न भएर वडा कार्यलयलाई हस्तान्त्रण गरी सकेका छौ तर पनि उक्त योजनाको रकम भुक्तानी नभएकाले बितरण नगरीएको स्वीकार गर्नु भयो ।
ठेकदार बुझाउन तयार
यता A.D उज्वल G.V कन्ट्रक्सन प्रालिका सञ्चालक तथा मुख्य ठेकदार तेजबहादुर महतले भने ९० प्रतिशत रकम बुझाई सकेको प्रतिकृया दिनु भएको छ । उहाँका अनुसार केहि रकम बुझाउन बाँकी छ तर उनिहरुले भनेजतीको रकम बुझाउन बाँकी नभएको बताउनु भयो,कचहरी मिडियासँग कुरा गर्दै ठेकदार महतले भने २०८० साल माघ २१ गतेको दिन चंखेली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भारमल बुढा(उर्जा) लगायत वडा सदस्यहरुकोे रहोबरमा आफ्नो प्रतिनिधि बल ऐडीले तत्काल रकम बुझाउने कागज समेत भैसकेको छ,हामी अब रकम निकास हुँने बित्तीकै रकम बुझाउने तयारीमा छौ ।
ठेकेदार महतका अनुसार १ करोड साठीलाखको उक्त भबनमा सारै दुख पाएको र त्यहाँ नागरीकहरुले आफुलाई निकै ठगेको गुनासो गर्नु भयो उनले भने केहि रकम बुझाउन बाँकी छ त्यो हामीलाई थाहा छ तर पनि उनिहरुले भनेजतिक रकम छैन, मैले पटक पटक सहायक ठेकेदार बुद्धि रोकाया मार्फत पैसा बुझाई सकेको छु तर पनि उनिहरुले ल्याएको प्रमाणको आधारमा म पैसा बुझाउन तयार रहेको बताए । यदी प्रमाण छैन भने तिनिहरुले भनकेै आधारमा दिन नसकिने र यदी धर्म अनुसार त्यहाँका देबी देवताको माडौ(थान)मा राखेर टिपाउन पनि तयार रहेको बताउनु भयो । यता कामदारहरुले पनि ठेकदारले देबीेबताको थानमै राखे पनि टिप्ने तयार प्रतिकृया दिएका छन् ।
४ । ४ पटक लगाए भबन
निकै लामो समय भयो त्यो त्यहाँकै नागरिकको कारण हो,ठेकदार महतले भने एक पटक लगायो फेरी आफु त्यहाँ पुगुन्जेल जम्म त्यहाँका झ्याल ढोका लगायतका काठहरु चोरी सक्ने भएकाले त्यो भबन ४।४ पटक लगाउनु परेको बताए उनका अनुसार ९० लाख रकम बितरण भैसकेको छ,काठ चिर्नको लागि मेसीन समेत आफैले पठाएको बताउँदै त्यहाँका नागरिकले आफुलाई दिन सम्मको दुख र घाटा लगाएको बताउनु भयो । तै पनि जति घाटालागे पनि आफुले कामदारको परिश्रम भुक्तनी गर्ने बताउनु भएको छ ।
निर्माणाधिन अस्थामै भबन हस्तान्त्रण
सो भबन वडाले बुभीm सकेको छ , सोही वडाका वडा अध्यक्ष भारमल बुढाले भने भबन नबुझुन्जेल सम्म ठेकदारको रकम निकास नहुँने र निकासा नभए कामदारले पैसा नपाउने भएकै कारण भबन बुझेर ठेकदार,कामदार र स्थानीय सरकार बिच त्रिपक्षीय कागजात गरेको बताउनु भयो । वडा अध्यक्ष बुढाले भने भबन निर्माण सुरु भएको करिब ८ वर्ष भैसक्यो अहिले पनि निर्माणाधिन अबस्थामै छ । कामदारले पैसा नपाएकै कारण पैसा दिलाउनको लागि भबन बुझेर रकम निकासाको प्रकृयामा लाग्न ठेकदारलाई भनि सकेको बताए ।
यस्तो छ त्रिपक्षिय सम्झौता
उहाँले पनि यहाँका नागरीकले काठ चोर्ने काम गरेको स्वीकार गर्नु भएको छ गाउँभन्दा निकै टाढा भएकाले एक चरणको लगाएर जाने फेरी लगाउन आउन्जेल सम्म त्यहाँको काठ केही नराख्ने गरे पछि ठेकदार पनि हुक्क भएको स्वीकार गर्नुभएको छ । त्यस पछि आफुहरु सबै सल्लाह गरेर फेरी भबन गाउँ नजिकै ल्याएर लगाइरहेको बताउँदै अँझै पनि निमार्णधिन अबस्थामा रहेको तर बाध्यात्मक अबस्थामा भवन बुझी भबन पुरा गर्ने कागज गरेकाले अब नागरिकले छिट्टै पैसा पाउने बताउनु भयो ।