ताँजाकोट गाउँपालिकालाई कृषिहबको रुपमा बिकास गर्ने भन्दै दोस्रो कार्यकालका जनप्रतिनिधिहरु निर्वाचित भए देखी निरन्तर रुपमा कृषि तथा फलफुलका बिरुवाहरु बितरर्ण गर्दै आएको छ । हरेक वर्ष १० हजार भन्दा बिरुवाहरु बितरण गर्दै आएको ताँजाकोट गाउँपालिकाले यतिबेला हिउँदे फलफुलका बिरुवा मात्र हरेक वडामा ३ सयका दरले दाँते ओखरका बिरुवाहरु बितरण गरेको छ ।
अनुगमन समितिका संयोजक समेत रहेका गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाको संयोजकत्वमा गाउँपालिका भरी लागु भएका सबै कार्यक्रमहरुको अनुगमन गर्दै अनुगमनको आधारमा बिभिन्न कार्यक्रम मार्फत हिउँदे फलफलका बिरुवाहरु बितरण गरीरहेको छ ।
आफुहरु निर्वाचित भए लगत्तै कृषि क्षेत्रमा केही नयाँ कामहरु गर्ने गर्न खोजेको बताउँदै गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले आफुहरु कर्णाली क्षेत्रमा कृषि क्षेत्रको लामो अनुभब भएकाले अन्य क्षेत्रमा लगाइएको लगानि खेर गएकाले ताँजाकोट गाउँपालिकामा “एक बगैचा अनेक स्वामित्व” जस्तै बगैचा भित्र अनेक नागरीकको स्वामित्व हुँन सक्छ तर बगैचा एउटै बनाउनु पर्छ भन्ने उद्देश्यले काम साझो स्वामित्व निजि गर्ने गरि गाउँपालिका भरि यो कार्यक्रम सुरु गरेको बताउनु भयो ।
उहाँले ताँजाकोटमा जे जती कार्यक्रमहरु प्रधानमन्त्री रोजगार,मुख्यमन्त्री रोजगार, स्थानीय सहयोग पुर्वाधार कार्यक्रम र गाउँपालिकाको सह लगानिमा गाउँपालिका भरी करिब ९ करोड बराबरको कृषि क्षेत्रमा लगानि गरेको बताए । जनताको आम्दानीको स्रोतको बिकास नगरीकन भौतिक पुर्वाधार बिकासले मात्रै सम्भव नहुँने देखीयो उनले भने यहाँ गाडि आइपुगेका छन् तर गाडिमा चढ्ने मानिसलाई पैसा छैन, त्यो भाडा काँबाट प्राप्त गर्ने त ? मानिस सँग पैसा भयो भने मात्र सबै काम गर्न सक्छ भन्ने उद्देश्यले यो पाँच वर्षमा बिशेष गरि उत्पादनको क्षेत्रमा लगानि गर्ने अभियान अभियान सरकारको छ ।
२० लाख रकम बराबरको यो मुख्यमन्त्री रोजगारको १ सय दिन काम अन्त्रगत दाँते ओखरका बिरुवा रोप्ने र घेबार गर्ने काम भैरहेको बताउनु भयो ।
गाउँपालिकामा चालु आर्थिक बर्षमा भएका अधिकांश विकास निर्माणका काम ५० प्रतिशत भन्दा धेरै सम्पन्न भईसकेका छन । केहि काम सुरु हुने प्रक्रियामा छन । यसरी आर्थिक मसान्त अगावै काम सुरु भएर सम्पन्न हुने बाटोमा जानुले ताँजाकोटको विकासको गतिलाई प्रस्ट्याएको छ । बिकास निर्माणका कामलाई तिब्रता दिन आजै गाउँपालिका देखी ५ वटा वडामा भएका कर्मचारीको सकेत बैठक बसेको छ । अन्य गाउँपाकिलाले फागुन महिना सम्म चालु बर्षमा भएका योवजनाहरुको सम्झौता समेत गर्न नसकेको समयमा ताँजाकोट गाउँपालिकामा ५० प्रतिसत काम सम्पन्न भएकाले असारे बिकास नहुने देखिएको छ ।
अनुगमनको दोस्रो दिन वडा नं २ मा रहेको निर्माणाधिन क्षेत्रपाल आधारभुत विद्यालयको आरसिसी ढलान गरिएको पक्कि भवन र मुख्यमन्त्रि रोजगार अन्गर्तत माथिल्लो भट्या फलफूल खेतीको अनुगमन गरिएको छ । त्यस्तै वडा नं २ मै रहेको भवानी मष्टा कृषि सहकारी संस्थाले गरेको राना गाउँ स्याऊ खेती कार्यक्रमको समेत अनुगमन गरिएको छ । सहकारी वार्षिक ६ करोड आम्दानी गर्ने न्युनतम लक्ष्य लिएको उक्त सहकारीका अध्यक्ष मनिकण्ठ जैसीले बताए । वडा नं ५ मा निर्माणाधिन विद्यालयको आरसिसी ढलानयुक्त पक्की भवनको पनि अनुगमन गरिएको छ । उक्त अनुगमनमा गाउँपालिकाका अध्यक्ष लालकश जैसी सहित वडा नं ५ का वडाध्यक्ष मंगल नेपालीको समेत उपस्थिति थियो ।