अदानचुली गाउँपालिकाका सबै करार कर्मचारीहरुलाई हाजीर नगर्न निर्देशन दिए पनि केही करार कर्मचारीहरुले जवरजस्ती काम गर्न थालेका छन् ।
केहि दिन अघि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हंस महताराले कोही पनि करार कर्मचारीहरुलाई हाजीर गर्न निर्देशन दिएको भए पनि वडा कार्यालय,स्वास्थ्य इकाई र गाउँपालिकाका करार कर्मचारीहरु जबरजस्ती काम गर्न सुरु गरेका छन् ।
कुनै निति,बिधि र कानुन अनुरुप कर्मचारीहरु भर्ना गरिएकाले अहिले सम्म गाउँ कार्यपालिकाकाले कुनै पनि निर्णय नगरेको र अब बस्ने कार्यपालिकाको निर्णयले जे निर्णय गर्छ सोही अनुसार अगाडि बढ्ने भन्दै केहि दिन अघि कार्यकारी अधिकृत महताराले सबै करार कर्मचारीहरुलाई हाजीर नगर्न निर्देशन दिएका थिए ।
तर भित्र भित्रै कसैलाई काम गर्न निर्देशन दिएको,कोही कसैलाई नयाँ नियुक्ती दिएको हो या काम गर्न मात्र निर्देशन दिएको हो त्यो थाहा नभएको तर उनिहरुलाई काम गर्न निर्देशन दिने तर हामीलाई किन हाजीर गर्न नदिएको भन्दै आफुहरु निरन्तर काम गरी रहने भन्दै काम गरी रहेको बताएका छन् ।
एक जना करार कर्मचारीले भने “उनिहरुले भने, किन कसैलाई काम गर्न दिएको ? हामीलाई त पहिले नै कार्यपालिकाले निर्णय गरेको थियो सोही हामीले काम गरी रहेका छौ, दुख गर्ने बेला हामीले गर्ने तर अहिले अरु नै नियुक्ती गरेर काम गराउनु भनेको सरासर हामीलाई पेल्नु बाहेक अरु केही पनि होइन त्यसैले हामी निरन्तर काम गर्छौ उनिहरु आएको बेला उनिहरुकै अगाडि फेस गरेर अगाडि जाने बताउने गरेका छन्” । तर कोही कसैलाई काम नगर्न निर्देशन दिए पनि आफ्ना र आफन्त हुँन् वा आन्तरीक आसपासनको कारणले भए पनि निरन्तर काम भने गरी रहेकाछन् । सबै वडा कार्यालयका कर्मचारीहरु निरन्तर काम गरी रहेको देखीएको छ । भने गाउँपालिकामा केही थप क्रमचारीहरु राखेका छन् तर हामी वर्षै देखी निरन्तर काम गरी रहेकालाई किन हटाइयो ? अहिले सम्म काम गरेको सेवा सुबिधा दिए पछि हामी जान्छौ तर अस्ती सम्म काम अह्राउने तर हिजोबाटै किन हाजीर नर्गन निर्दशान दिइयो ?
यता स्वास्थ्य इकाई र अन्य कार्यालयहरुमा कार्यरत क्रमचारीहरुले निरन्तर काम गरी रहेका छन् उनिहरुलाइृ हाजीर नगराए पनि काम किन अह्राइन्छ ? किन राखीयो उनिहरुलाई ? त्यसैले यसको छानबिन नहुँन्जेल हामी निरन्तर काम गर्ने बताएका छन् ।
ऐलानी करार क्रमचारीहरुको हाजीर प्रमाणित कसले गर्यो ?
यती बेला ऐलानी करार कर्मचारीहरुको हाजी प्रमाणित कसले गरी रहेको छ ? कसले किन नियुक्ती दिइयो ? यस अघि दिएका नियुक्तीहरुको यति बेला धमाधम तलब भुक्तानीको प्रकृयामा रहेको देखीएको छ । गाउँ कार्यपालिकाको पुर्ण बैठकमा हो या केहि सिमत पदाधीकारीहरुको बैठकको निर्णय अनुसार हो यस अघि दिएका नियुक्तिहरुको बिषयमा छलफल गर्दा कार्यसम्पादन र हाजीर प्रमाणितको आधारमा सबैलाई तलब भुक्तानी गर्ने निर्णय भए अनुसार केहि दिन अघि देखी अधिकांस करार कर्मचारीहरु हाजीर प्रमाणित गराइ रहेका छन् ।
तर हजीर प्रमाणित कसले गर्न मिल्छ ? कसले कुन आधारमा नियुक्ती दिएको हो र अहिले कसरी हाजीर प्रमाणित गरी तलब भुक्तानी गरीदैछ भन्ने कुरा नागरिकहरु हेरी रहेका मात्र छैनन कोही कसैले बोल्न समेत सकेका देखीदैन ।
यता अदानचुली गाउँपालिकाका लेखापाल दत्त थापाले भने अहिले सम्म ३५ जना भन्दा धेरै करार क्रमचारीहरुको तलब भुक्तानी नभएको बताएका छन् अधिकांस करार कर्मचारीहरुको कार्यसम्पादन र हाजीर प्रमाणित भएर आई प्रमुख प्रशासकिय अधिकृत मार्फत आफ्नो टेबुलमा आएका धेरै भए पनि गाउँपालिकामा रकम नभएका कारण भुक्तानी नभएको प्रतिकृया दिएका छन् ।
यस अघि राखीएका करिब २ सय भन्दा धेरै करार कर्मचारीहरु को कहाँ काम गरेर कसले हाजीर किन प्रमाणि गरेको हो ? कुन प्रकृया द्धारा भर्ना गरीएका हुँन् भन्ने विषयमा नागरिकहरुले नियालेर हेरी रहेका प्रतिकृया दिएका छन् ।
कोही गाउँपालिकामा सिन्को नभाचेकाहरुको पनि हाजीर प्रमाणित प्रमाणित गराएका छन् त कसैले निरन्तर काम गरी रहेकाले पनि हाजीर प्रमाणित गराउन नसक्दा केही करार कर्मचारीहरु तनाबमा देखीएका छन् ।
काम नगर्नेको अगाडि तलब भुक्तानी
संघिय, प्रदेश वा स्थानीय सरकारबाट नियुक्ती लिएका तर गाउँपालिकामा हाजीर नभएकाहरुले सबै भन्दा अगाडि तलब पाएको प्रति गाउँपालिकाका पदाधीकारीहरुकै चित्त बुझेको छैन । हाजीर फाईलमा निरन्तर हाजीर गरे पनि नागरीकहरुको नजरमा कुनै दिन पनि हाजीर नभएका ५ जनाको तलब सबै भन्दा अगाडि भुक्तानी भएको पाइएको छ जसमा कोही सुर्खेतमा छन्, कोही काठमाडौमा त कोही चितवन,नेपालगञ्ज तिर बसी रहेको पनि बताएका छन् तर दिनहुँ कार्यालयमा काम गर्नेले नि तलब पाएनन् ?