स्थानीय पाठ्यक्रम निमार्णको लागि अदानचुली गाउँपालिकाले रायसुझाब संकलन तथा अन्त्रकृया कार्यक्रम सञ्चालन गरेको छ । अदानचुली गाउँपालिकाको सहयोगमा तथा इ जी रिसर्च एण्ड टेनिङ प्रा ली नयाँ बानेश्वर काठमाडौको प्राबिधिक सहयोगमा अदानचुली गाउँपालिकाका प्रत्येक बस्तीमा पुगेर राय संकलन गरी आज गाउँपालिाको सभाहलमा अन्त्रकृया कार्यक्रम गरेको छ ।
गाउँपालिकाका जनप्रतिनिधिहरु सहित बिद्यालयका प्रधानाध्यापकहरु,बिद्यालय ब्यबस्थापन सहितिका अध्यक्षहरु र बुद्धिजिबिहरुलाई उपस्थित गराई आज अन्त्रकृया कार्यक्रम गरीएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हंस महताराले बताउनु भएको छ । गाउँपालिकाका कार्यबाहक अध्यक्ष समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष कमहबहादुर छत्यालको अध्यक्षतामा तथा कर्णाली प्रदेश योजना आयोगका पुर्व सदस्य दिपेन्द्र रोकायाको प्रमुख आतिथ्यमा र प्राबिधिक बिज्ञ डाक्टर विनोद नेपालको उपस्थितीमा आज राय संकलन गरीएको छ ।
सुझाब संकलन कार्यक्रमलाई सहजीकरण गर्दै स्थानीय पाठ्यक्रम निमाणका लागि खटीएका प्राबिधिक विज्ञ डा.बिनोद नेपालले हामीले देश बिदेशका नागरीकहरु,बिभिन्न ठाउँका भेसभुसाको अध्ययन गर्ने गरीएता पनि हाम्रो ठाका भाष,सस्कृति,भेषभुसा लगायतका कुराहरुको अध्ययन गराउन र बिस्वसामु पुगानको लागि स्थानीय पाठ्यक्रम आवश्यक रहेको बताए ।
यसैगरी कर्णाली योजना आयोगका पुर्व सदस्य डा. दिपेन्द्र रोकायाले जे जस्तो सुकै भए पनि भाष भनेको भाष हो तर सबै भन्दा महत्वपुर्ण भाषा भनेको स्थानीय भाषा हो त्यस कारण आ आफ्नो भाषामा पाठ्यक्रम निमार्ण गरी अध्ययन गराउन आवश्यक रहेकाले पनि नेपालको संबिधानको अनुसुचि ८ बमोजिम स्थानीय पाठ्यक्रम निमार्ण गर्न लागिएको बताए ।
स्थानीय पाठ्यक्रम निमार्णको लागि हरेक वडामा भएका प्राकृतिक स्रोत तथा सम्पदाहरु,समाज तथा रहनसहन,र्धम,सँस्कृति र चाडपर्बहरु,पेशा ब्यबषाय र प्रबिधिका कुराहरु,उत्पादन र उपभोग,विपद ब्यबस्थापन र प्राकृतिक बनस्पती एवंम जडीबुटीहरुको अबस्थाको बारेमा वडावाइज रुपमा सुझाब र रायहरु संकलन गरीएको छ । अदानचुली गाउँपालिकाका अधिकांस बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु,प्रधानाध्यापकहरुले महत्वपुर्ण सुझाबहरु दिनु भएको र सोही अनुसार अषाढ सम्म स्थानीय पाठ्यक्रम निमार्ण गरीने पनि बताउनु भएको छ ।