अदानचुली गाउँपालिकामा गाडी दुर्घटना हुँदा घट्नास्थलमै दुई जना यात्रुको मृत्यु भएको छ ।
वडा नम्बर ४ मा रहेको पाम्सको मोडमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । भने ७ जना यात्रु घाइते भएका छन् । सु प ०१००१ ज ११८३ को गाडी शनिबार दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो ।
धुलाचौरबाट आउँदै गरेको गाडी उक्त स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी अदानचुली गाउँपालिका–५ का फागुने लुवार, सोही वडाका प्रवेश ऐडीको दुर्घटनास्थलमा मृत्यु भएको हो । तर पोष्टमाटम गर्न बाजुराको कोल्टीमा रहेको सामुदायिक अस्पतालमा लिने श्रीनगर प्रहरी चौकीले जनाएको छ । मृतक ऐडी हिजो मात्र कोल्टीको कोटीला भन्ने ठाउँमा आफन्त भेटेर फकिएका र लुवार भारतबाट फकिएका हुँन् उनि कामको खोजीमा भारत गइ फर्केका लुवारको खल्तीमा नगद सहित सामाग्रीहरु ल्याएर आएका थिए । घर पुग्न थोरै मात्रै बाँकी थियो ।
गाडी चालक र सहचालक गम्भीर घाइते भएका छन् । चालक जनक सिंह ठगुन्ना दार्चुलाका र सहचालक धन बहादुर महतारा अदानचुली १ कल्खेका रहेका छन् दुवै जनाको टाउको,ढाड लगायत शरिरका विभिन्न भागमा चोट लागेकोे छ । घाइतेको अदानचुली गाउँपालिकाको एम्बुलेन्सबाट उद्धार गरि श्रीनगर स्वास्थ्यचौकीमा ल्याइ प्रथामिक उपचार पछि सबै घाइतेलाई थप उपचारको लागि गाउँपालिकाको एम्बुलेन्स र २ जिप मार्फत कोल्टी लगिएको छ ।
चालक र सहचालक गम्भीर घाइते भएर बोल्न नसक्ने अवस्थामा रहेका छन् भने अन्य घाइतेले बोल्न सकिरहेको उहाँले बताउनु भयो । दुर्घटनास्थलमा मोड भएकाले गाडी दुर्घटना भएर करिब ५० मिटर तल खसेको छ ।
गाडीमा सामान धेरै भएकाले दुर्घटना भएको हो । यसैगरी वडा न ५ का राम ब ऐडी,सोही वडाकै कुल टमटा,बल बोहोरा, उनकी श्रीमती चैती बोहोरा र खगेन्द्र टमटा सक्त घाईते भएका छन । घाइते सबैलाई कोल्टी लगिएको छ भने मृतकहरुलाई श्रीनगर स्वास्थ्य चौकीमा राखिएको र कोल्टीबाट एम्बुलेस फर्किएर पोस्टमाटमको लागि कोल्टी लगिने स्वास्थ्य संयोजक बिनोद बुढाले बताउनु भएको छ ।
विस्तृत विवरणा
बोलेरो जी सु.प. ०१००१ ज ११८३
घाइतेहरुको विवरण
१. धन ब. महतारा वर्ष २४ अदाञ्चुली १ ( गम्भीर )
२. तुला टमाटा वर्ष ६० अदाञ्चुली ५ ( गम्भीर )
३. राम ब. ऐडी बर्ष ४५ अदाञ्चुली ५ ( गम्भीर )
४. जनक ठगुन्ना बर्ष २४ दार्चुला ( चालक ) गम्भीर )
५. बल बोहोरा बर्ष ४६ अदाञ्चुली हुली ५ ( गम्भीर )
६. खगेन्द्र टमटा बर्ष १६ आदानचुली ५ ( सामान्य )
७. चैती बुढा बर्ष ६८ बारिगाउ ( सामान्य )