नेपाल सरकारको स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि प्रदेश अस्पताल कर्णाली, सुर्खेतको सेवाप्रभावितभएको छ। विगततीनवर्षदेखि कामगर्दैआएका न्यूरोलोजिस्ट डा. निलम खड्का काजमा ट्रमा अस्पताल काठमाण्डौंमाफर्किएपछि समस्याआएको हो।अहिले प्रदेश अस्पतालले तीनवर्षदेखि दिँदै आएको न्यूरो सेवाबुधबारदेखि बन्द गर्नु परेको अस्पतालका प्रमुख डा. डम्बर खड्काले जानकारी दिए । ६ महिनाकालागिमन्त्रालयले खटाएका खड्का स्वतस्फूर्त रुपमा साढे दुई वर्ष बढी प्रदेश अस्पतालमा बसेका थिए।
स्वास्थ्यतथा जनसंख्यामन्त्रालयको नीति, योजनातथाअनुगमनमहाशाखाले ०८० भदौ १७गते न्युरोलोजिस्ट डा. ओमबिक्रमशाह, डा. प्रभात झा, डा. सुतपयादव र डा. चित्रराजशर्मालाई कामकाजकालागिप्रदेश अस्पताल, सेतीप्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो। जसमध्ये पहिलो ६ महिना डा. प्रभात र डा. चित्रराजप्रदेश अस्पतालमा हाजिर भएर गइसकेका छन्।
अहिले प्रभात नारायणी अस्पतालपर्सामा छन् भने चित्रराज सेतीप्रादेशिक अस्पताल धनगढीमा कार्यरत छन्। पहिलो ६ महिना नारायणी अस्पतालपर्सामाहाजिर भएका डाक्टरद्वयओमबिक्रम र सुतपहालसम्मपनिप्रदेश अस्पताल सुर्खेतमाहाजिर भएका छैनन्। जसका कारण अस्पतालको न्यूरो सेवाप्रभावितभएको खड्काले बताए।
‘तीनहप्ता अगाडि उहाँहरू आइसक्नुपर्थ्यो। मैले फोन गरेर पनि समन्वय गरें। तर उहाँहरूले बेवास्ता गर्नुभयो। त्यसपछि अस्पताल विकास समिति र मसहितको टीम नै गएर मन्त्रीज्यूलाई भेटेर पनि अनुरोध गयौँ,’ उनले भने, ‘हालसम्मपनिउहाँहरू हाजिर हुनुभएको छैन। यसले हाम्रो अस्पतालको सेवाप्रभावितभएको छ।’
उनकाअनुसार दैनिक २५ जनाओपिडी र तीनजनाको संख्यामा सघन अप्रेसन गर्न समस्याभएको छ। ‘दैनिकहुने सडक दुर्घटना र अन्य न्युरोको उपचार गर्न बाहिर पठाउनुपर्ने अवस्थाभयो,’ निर्देशक खड्काले भने।
मन्त्रालयको शाखाले पठाएको पत्रअनुसार उनीहरू फागुन १७गतेभित्रप्रदेश अस्पतालमा हाजिर हुनुपर्ने थियो। तर, उनीहरू हालसम्मपनिहाजिर हुनआएका छैनन्।
कामकाज गर्न खटाइएको पत्रमाभनिएको छ, ‘प्रस्तुतविषयमा यस मन्त्रालय ९सचिवस्तर० को मिति २०८०-०५-१२ को निर्णयानुसार देहायबमोजिमको विशेषज्ञ चिकित्सकहरूलाई नेपाल मेडिकल काउन्सिलबाट विशेषज्ञ चिकित्सकमादर्ता भएको प्रमाण–पत्रप्राप्त भएपछि सोहीअनुसार हुनेगरी हाललाई ‘सरकारी शिक्षण संस्थाहरूमाचिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्तिप्राप्तविशेषज्ञ चिकित्सक परिचालनकार्यविधि, २०७२’ अनुसार उहाँहरूले अध्ययन गर्नुपूर्व गर्नुभएको कबुलियतनामाअनुसार तहाँ अस्पतालमा आलोपालोगरी कामकाज गर्न खटाइएको ब्यहोरा अनुरोध छ।’