नेकपा एमाले सुर्खेतले शहीद ऋषिप्रसाद शर्माको १६ औं स्मृति दिवस कार्यक्रम गरेको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा शहीद ऋषिले नेपाली कम्युनिष्ट आन्दोलनलाई पु¥याएको योगदानको चर्चा गरिएको हाे ।
वामपन्थी नेता बालाराम शर्माले जनता आफैले आफ्नो भाग्य र भविष्य कोर्ने संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएर छाड्ने बताउने गरेका शहीद ऋषि त्यसको घोषणा हुनुपूर्व नै हाम्रा माँझबाट विदा हुनु दुःखद पक्ष भएको स्मरण गरे । उनले नेपाली जनताको समानता र स्वतन्त्रताको लागि शहीद ऋषिले आफ्नो जीवन धैर्यताका साथ उत्सर्ग गरेको ईतिहास सदैव रहिरहने बताए ।
कार्यक्रममा नेकपा एमालेका नेता यामलाल कँडेलले सामाजिक न्यायसहितको समृद्धि मार्फत नागरिकको जीवनलाई उन्नतिको शिखरमा पु¥याउनु नै शहीद ऋषि प्रतिको सच्चा सम्मान र श्रद्धा हुने बताए । उनले परिवर्तन चाहने, सत्य र निष्ठाको राजनीतिमा मान्यता राख्ने जो–कोहीका लागि शहीद ऋषिप्रसाद शर्मा एउटा आदर्श व्यक्ति भएको जिकिर गरे ।
‘शहीद ऋषि एक सादगी, त्यागी, मितव्ययी, सरल, उच्च राजनैतिक क्षमता भएको दूरदर्शी नेता हुनुहुनथ्यो,’ उनले भने, ’शहीदको सपना साकार पार्ने काम अब बाँचेकाहरुले पुरा गर्नुपर्छ, शहीदको सपना पुरा गर्ने ठाउँमा अहिले नेकपा एमाले छ, एमालेले अब राष्ट्र र जनताका लागी केही गरेर देखाउनुपर्छ । बाँचेकाहरुले शहीदले देखाएको बाटोमा प्रतिबद्ध भएर लागे मात्रै शहीदको सपना पुरा हुनेछ ।’
कार्यक्रममा एमाले सुर्खेतका जिल्ला अध्यक्ष कुलमणि देवकोटाले शहीद ऋषिप्रसाद शर्माले अंगिकार गरेको सिद्धान्तको जगमा जनप्रिय बनेको एमालेलाई सांगठानिक र वैचारिकरुपमा सशक्त बनाउन कार्यकर्ता पंक्ति गाउँ–गाउँमा जनतामाँझ अझ सक्रिय भएर जाने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा एमालेका अधिकांस नेताहरुले शहीद ऋषिले गाउँ बस्तिहरुमा जनताको कुरा सुन्ने, भलाकुसारी गर्ने र सहयोग गर्ने एउटा सच्चा लोकतान्त्रिक नेताको परिचय बनाएको योगदानको स्मरण गरेका थिए ।
२०१८ साल माघमा जन्मिएका ऋषिप्रसाद शर्माको २०६४ साल चैत्र २६ गते सुर्खेतको लोदे भन्ने ठाउँमा हत्या भएको थियो । सुर्खेती जनता अहिलेपनि ऋषि हत्याकाण्डको बारेमा सत्यतथ्य कुरा जान्न चाहान्छन्, तर उक्त घटनाको १६ वर्ष बितिसक्दा समेत त्यसको सत्यतथ्य छानबिन भएको छैन ।
कयौं पटक कम्युनिस्ट पार्टीका सरकारहरु बनेपनी हत्याकाण्डको बारेमा कसैले चासो नदेखाएको शहीद ऋषिलाई चाहने हजारौं नागरिकको गुनासो छ ।