कर्णालीकाे मुख्यमन्त्रीमा नियुक्त भएका यामलाल कँडेलले सपथपछि पदभार ग्रहण गर्दै आफुले जनअपेक्षा अनुसारको काम गर्ने बताएका छन् । निकट दुई महिनाका बीचमा निती तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने भएकाले जनअपेक्षा अनुसारको निर्णय गर्ने प्रतिवद्धता कँडेलले जनाएका हुन् ।
‘प्रदेशसभामा अरु पनि प्राथमिकताका विषयहरु छन् । थुप्रै कुराहरु उठाउनु पर्नेछ । आज मैले प्रारम्भ गरेको कुरा के हो सार्वजनिक सूचनाका आधारमा हैन्,’ उनले भने,‘यो संयन्त्रमा रहेका हस्थी साथीहरु हुनुहुन्छ । बिषेशज्ञेता हासिल गरेका साथीहरु काम गरिरहनु भएको छ । राजनीतिक तहको जनताका बीचमा देखिने अस्थायी र स्थायी राज्य संयन्त्रको परिचालन गरेर काम गरिनेछ ।’
उनले सबैकाे सल्लाहमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा के कुरा प्राथमिकता छ भन्ने कुरा निश्चित समय भित्र बहस चलाउने कुराको प्रारम्भिक अभ्यास गरिने जानकारी दिए ।
पद बहाल गर्दा कतिपय प्रचलन कुरालाई बदल्ने सोचिरहेकोले अहिले पदभार ग्रहण गर्दा आफुले कुनै निर्णय नगरेको कँडेलले बताए । ‘विगतको जस्तो गर्न नसकिने पदबहाल अवसरमा चरणमा जुन ठुलाठुला कुरा गर्ने तरिका थियो त्यसलाई बदलेर पहिलो बैठक बस्दा प्रदेशका सबैको अपनत्व हुने गरि छलफल निर्णय गर्नेछौं,’ उनले भने,‘हामीलाई अलमलिनु पर्ने समय छैन् । मसँग यो स्पीड छ । मसँग गति छ । मसँग संग्लन रहेको दल म सामेल रहेको प्रदेशसभा र त्यहाँ सबै दल र यी संचरनामा कति दौडाउने भन्ने कुराले तपाईले अपेक्षा गरेको बाटो तय गरिनेछ ।’
मन्त्रीमण्डल आज बिस्तार नहुनुलाई दुई दलको बीचको समस्याले यो अवस्था नआएको बताए । उनले सत्ता साझेदार दलहरु पनि केही दिनमा सरकारमा सामेल हुने उल्लेख गरे ।
भूमिका निर्वाह गर्ने जिम्मेवार ठाउँमा पुगेकाले पहिला बुझ्ने काम गर्ने र त्यसपछि आफु कार्यन्वयनमा जाने उनले बताए । ‘नबुझीकन कुनै काम गर्दिन । बुझ्नेका नाममा म बिलम्ब गर्दिन म । त्यो बिषयमा सरोकार राख्ने राजनीतिक दलसँग, कर्मचारीसँग प्रदेशसभामा रहेका सबै दलसँग सरोकारवालासँग बिलम्ब नगरेर छलफल गरेर जे जनताले अपेक्षा गरेका छन्,’ उनले भने,‘त्यो अपेक्षा मुताविकको परिवर्तन महशुस हुने गरि मेरो बिचारमा सबैको सरसहयोग लिएर त्यस्तो काम गर्नुपर्छ । त्यो काम गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।’
पदभार ग्रहण गर्नुअघि कँडेलले सपथ लगत्तै वीरेन्द्रनगरकाे शहिद पार्कमा पुगेर माल्यापर्ण गरेका थिए ।