नेकपा एमाले हुम्लाको दशौ अधिवेशनमा सर्बसम्मती हुँन नसके पछि अन्तत निर्बाचन मार्फत पदाधीकारीको टुंगो लाग्ने भएको छ ।
पाटी केन्द्रले प्यानल नबनाउन निर्देशन गरे पनि जिल्ला स्थीत केन्द्रीय सदस्य दल फडेरा र दल रावल(दुई दल) को प्यानल जस्तै गरी निर्वाचनमा गएको छ । चैत्र २८ र २९ गते हुँने भनिएको अधिवेशन १ दिन सरेर केहि ढिला भएपनि सहमतीै प्रयासमा लागिएको तर अन्तीम सम्म पनि सहमती नभए पछि निवार्चनमा जान बाध्य भएको उम्मेदवारहरुले बताएका छन् ।
नेकपा एमाले हुम्लाको बृजारोपण गर्ने पुर्व सांसद समेत रहेको स्थायी कमिटि सदस्य गोरख बहादुर बोगटी, नेकपा एमालेका हुम्लाका संस्थापक नेता चक्र फडेराका भाई दल फडेरा सहित जिल्ला स्थीत चिनिएका गोबिन्द बहादुर शाही लगाएतका नेताहरुले अध्यक्षमा जिल्ला सदरमुकाम स्थत डबल रावत,उपाध्यक्षमा उब्जन मल्ल,सचिबमा गाकुल बुढा,उपसचिब खुलामा बुधे भण्डारी र उपसचिब महिलामा बिमला कुमारी शाही लाई उम्मेवार बनाएको देखीएको छ ।
यता केन्द्रीय सदस्य दोय दल रावल र छक्क बहादुर लामाले अध्यक्षमा ज्ञामी बुमी,उपाध्यक्ष प्रकास बहादुर शाही,सचिबमा तिर्थराज शाही,उपसचिबमा प्रपि लामा र मञ्जु रावल फडेरालाई उम्मेदवार बनाएको बुझिएको छ ।
यि दुई बिचको सहमति नहुँदा अन्तत आज साँझ पौने ६ बजेबाट मतदान भई सवा ६ बजे मतदान सकिएको निर्वाचन अधिकृत अमर बहादुर शाहीले बताए । मतदानमा २९० जना मतदाता भए पनि ३२ जनाले मत नदिए पछि २ सय ५८ मात्र मत खसेको बताउनु भयो । मतान सम्पन्न भएको २ घण्टामै मतगणना सुरु भएकोमा रावल लामा पयनल नै अगाडि देखीएको छ । १०० मत गणना गर्दा ४ मतले ज्ञामी बुमी अगाडि देखीएका छन् यता ज्ञामी बुमीको ४८ मत हुँदै गर्दा निकटतम् प्रतिस्पर्धि डबल रावतको ४४ मत खसेको छ । सोही अनुसार नै रावल लामा प्यानलको अग्रता देखीएको छ ।
प्रतिनिधहरुलेभने प्यानल नभइ सक्षम र चिनेको आधारमा भोट दिएको बताएका छन् भने अहिले सम्मको नतिजा अनुसार पनि सोही अनुसारको नतिजा देखीएको छ ।