यतीबेला गाउँपालिकाका अधिकांस जनप्रतिनिधि र क्रमचारीहरु बाहिरिएका छन् ।
केहि समय अघि नियुक्ती लिएर आएका क्रमचारीहरु पनि नियुक्ती लिए पश्चात केहि दिनको काम भन्दै बाहिरिएका जनप्रतिनिधि र क्रमचारीहरु केही भित्रिए पनि केहि अँझै बाहिरै रहेका छन् ।
गाउँपालिकाका अध्यक्ष मोहनबिक्रम सिह लिजा र गाउँपालिका महाँसघको कार्यक्रम भएकाे भन्दै बाहिरिए लगत्तै केहि वडा अध्यक्ष र केही क्रमचारीहरु समेत सोही समयमै बाहिरिएका थिए भने त्यसको केही दिन पछि बाँकी रहेका क्रमचारी र जनप्रतिनिध पनि बाहिरिएका छन् ।
हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ३ र ६ का वडा अध्यक्ष र उपाध्यक्ष भने निरन्तर कार्यालयमै हाजीर भएका छन् भने अन्य वडा अध्यक्षहरु र गाउँपलिकाका अध्यक्ष अधिकांस समय बाहिर रहने गरेको त्यहाँका स्थानीयले बताउने गरेका छन् ।
यता गाउँपालिकामा भएका क्रमचारीहरु पनि केही काम नभएको भन्दै कार्यालयमा जाने हाजीर गर्ने बाहेक अन्य कुनै काम नभएको प्रतिकृया दिएका छन् ।
यतीबेला रोजगार शाँखाले वडा वडामा गएर अभिमुखीकरण कार्यक्रम गरी रहेको छ यता पञ्जीकरणले घटना दर्ता र सिफारीसको काम गरीरहेको छ भने उपाध्यक्षको कार्यकक्षबाट दुर्गम पिछडिएका लगायत अन्य सिफारीसको काम बाहेक अन्य कुनै पनि शाँखामा काम नभएकाले जाने आउने काम भैरहेको बताएका छन् ।
उनिहरुका अनुसार बजेटको बाँडफाँड,कार्ययोजना निमार्ण लगायतका कामहरु भएको भए यतिबेला कामको चटारो हुँने समय हो तर पनि यहाँ जनप्रतिनिधिहरु नमिल्नु र कार्यकारीकै टुंगो नलागेका कारण कुनै पनि काम नभएको भन्दै कार्यालयमा जाने हाजीर गर्ने,इन्टरनेट हेर्ने र फर्किने काम जस्तै भएको बताउने गरेका छन् ।
आफुहरु नयाँ जोस र जाँगरका साथ काम गर्ने भनि आएता पनि यता कुनै पनि काम सुरु नभएकाले समस्या भएको प्रतिकृया दिएका छन् ।
अदानचुली मात्र नभई हिउँदको समय भन्दै अधिकांस गाउँपलिकाका क्रमचारी र जनप्रतिनिधिहरु बाहिर रहेको बिभिन्न ठाउँमा रहेका हाम्रा स्थानीय संबाददाताहरुले खबर पठाएका छन् ।