अदानचुली (हुम्ला) । नेपालकै पहिलो पटक अण्डर १२ को वर्षका बालबालिकाहरुको फुटबकल प्रतियोगिताका रुपमा कर्णाली किड्स कप २०८१ को उद्घाटन आज हुदैंछ ।
बालबालिकाका लागि खेलकुद भन्ने नाराका साथ रेडियो श्रीनगर, माउण्ट एभरेष्ठ इंलिस बोर्डिङ स्कुल र हुम्ला फुटबल एकेडेमी हुम्लाको संयुक्त आयोजनामा हुने उक्त कपको उद्घाटन खेल आज हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर खेलमैदानमा आज अपरान्ह ३ बजे हुने आयोजक संस्था रेडियो श्रीनगरका सञ्चालक समिति अध्यक्ष नवराज महताराले जानकारी दिनभुयो ।
१८ औं लोकतन्त्र दिवश र माउण्ट एभरेष्ठ इंलिस बोर्डिङ स्कुलको तेस्रो अविभावक दिवशको अवसर पारेर आयोजना हुन लागेको प्रतियोगितामा अण्डर १२ का ११ वटा विद्यालयले सहभागिता जनाउने भएका छन् ।
खेल गाउँको सन्देश विश्वको भन्ने ध्येयका साथशुरु हुन लागेको बताएका महताराका अनुसार आधारभूत तहका बालबालिकाहरुको लागि आयोजना गरिएको यो कप नेपालमै पहिलो हो ।
‘गुणस्तरिय शिक्षा, खेलकुद लगायतका अनेक बहानामा कर्णालीका हिमाली जिल्लाहरुबाट बालबालिकालाई विभिन्न शहरमा ओसापसार गर्ने क्रम नरोकिएपछि त्यसको सन्देश प्रवाह गर्न र गाउँमै गुणस्तरिय शिक्षासहितको खेलकुद प्रदान गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न हामीले पहिलो पटक कर्णाली किड्स कप २०८१ को आयोजना हुम्लाबाटै गर्न थालेका हौं’ महताराले भने, ‘यसले बालबालिकालाई खेलकुदप्रति रुची जगाउने देखि आफूमाथि हुने हिंसा विरुद्धमा आवाज उठाउन समेत मद्दत गर्नेछ ।’
खेलको उद्घाटन अदाचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधारले गर्ने कार्यक्रम छ । उद्घाटन सत्रलाई एमाले स्थायी कमिटि सदस्य गोरखबहादुर बोगटी, कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाही, अदानचुली गाउँपालिकाका पुर्व अध्यक्ष एव्म एमाले केन्द्रीय सदस्य दल फडेरा, अदानचुली गाउँपालकाका अध्यक्ष मोहनविक्रम सिंह लगायतले फोनबाट संवोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रथमलाई ३० हजार नगद
‘खेल गाउँको मान्यता शंशारको’ भन्ने उद्घोषका साथ साथ आयोजना गर्न लागिएको कर्णाली किड्स कपले प्रथम पुरस्कार नगद ३० हजार प्रदान गर्ने घोषणा आयोजकले गरेको छ । १२ वर्ष मुनिका ५ कक्षासम्म अध्ययन गर्ने बालबालिहरु प्रतियोगि खेलाडीका रुपमा सहभागिता जनाउने उत्तः प्रतियोगितामा दोस्रो पुरस्कार २० हजार र तेस्रो पुरस्कार नगद १० हजार नगद प्रदान गरिने छ ।
‘शुरुमा प्रथम पुरस्कार ५० हजार राशीको राख्ने लक्ष्य भएपनि पहिलो पटक प्रतियोगिता आयोजना गरेको र ग्रामीण क्षेत्रमा प्रतियोगिता आयोजना गरेका कारण हामीले पहिलो पुरस्कारको राशी ३० हजार राखेका छौं’ आयोजक नवराज महताराले थपे बिजेता विद्यालयलाई नगदसहित ट्रफी, मेडल, प्रमाण–पत्र र प्रतियोगि बालबालिकालाई शैक्षिक सामाग्री पनि प्रदान गरिने छ ।’
कम्तीमा २० वटा विद्यालयको सहभागिता रहने अनुमान गरिएको कर्णाली किड्स कपमा अदानचुली गाउँपालिका, कर्णाली खेलकुद विकास परिषद, हुम्ला जिल्ला खेलकुद विकास समिति, हिमाली नविन समाज, आधार विकास नेपाल लगायतका संघसंस्थाहरुले पनि साझेदारी गर्ने आयोजक कालीबहादुर थापाले जानकारी दिए ।