नेपालकै पहिलो पटक अण्डर १२ को वर्षका बालबालिकाहरुको फुटबकल प्रतियोगिताका रुपमा कर्णाली किड्स कप २०८१ को उद्घाटन भएकोछ । बालबालिकाका लागि खेलकुद भन्ने नाराका साथ रेडियो श्रीनगर, माउण्ट एभरेष्ठ इंलिस बोर्डिङ स्कुल र हुम्ला फुटबल एकेडेमी हुम्लाको संयुक्त आयोजनामा हुने उक्त कपको उद्घाटन खेल सँगै दोस्रो खेल भैरहेको छ ।
शुक्रबार साँझ ३ बजे दानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले उद्धघाटन गरेसँगै उद्घाटन खेलमा ज्ञानोदय माध्यमिक विद्यालयले ३ गोल हानेको छ । आयोजक माउण्ट एभरेष्ठ इंलिस बोर्डिङ स्कुलका विरुद्ध ज्ञानोदयले पहिलो हाफमा १ र दोस्रो हापको खेल भैरहेको बेला २ थपेर सुन्यका विरुद्ध ३ गोल हानेको छ ।
१८ औं लोकतन्त्र दिवश र माउण्ट एभरेष्ठ इंलिस बोर्डिङ स्कुलको तेस्रो अविभावक दिवशको अवसर पारेर आयोजना हुन लागेको प्रतियोगितामा अण्डर १२ का ११ वटा विद्यालयहरुको सहभागिता रहेको आयोजक संस्था रेडियो श्रीनगरका सञ्चालक समिति अध्यक्ष नवराज महताराले जानकारी दिनभुयो । खेल गाउँको सन्देश विश्वको भन्ने ध्येयका साथ शुरु भएकोे बताएका महताराका अनुसार आधारभूत तहका बालबालिकाहरुको लागि आयोजना गरिएको यो कप नेपालमै पहिलो हो ।
‘गुणस्तरिय शिक्षा, खेलकुद लगायतका अनेक बहानामा कर्णालीका हिमाली जिल्लाहरुबाट बालबालिकालाई विभिन्न शहरमा ओसापसार गर्ने क्रम नरोकिएपछि त्यसको सन्देश प्रवाह गर्न र गाउँमै गुणस्तरिय शिक्षासहितको खेलकुद प्रदान गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न हामीले पहिलो पटक कर्णाली किड्स कप २०८१ को आयोजना हुम्लाबाटै गरेका हौं’ महताराले भने, ‘यसले बालबालिकालाई खेलकुदप्रति रुची जगाउने देखि आफूमाथि हुने हिंसा विरुद्धमा आवाज उठाउन समेत मद्दत गर्नेछ ।’
उद्धघाटन खेल सकिएसँगै दोस्रो खेलमा अहिले सुर्योदय माध्यामिक विद्यालय र जनकल्याण आधारभुत विद्यालय बिच भैरहेको छ जसमा पहिलो हाफमा जनकल्याण आधारभुत बिद्यालयले १ गोल र दोस्रो हापमा सुयोदय मा वीले १ गोल हानेको छ ।
प्रथमलाई ३० हजार नगद
‘खेल गाउँको मान्यता शंशारको’ भन्ने उद्घोषका साथ साथ आयोजना गर्न लागिएको कर्णाली किड्स कपले प्रथम पुरस्कार नगद ३० हजार प्रदान गर्ने घोषणा आयोजकले गरेको छ । १२ वर्ष मुनिका ५ कक्षासम्म अध्ययन गर्ने बालबालिहरु प्रतियोगि खेलाडीका रुपमा सहभागिता जनाउने उत्तः प्रतियोगितामा दोस्रो पुरस्कार २० हजार र तेस्रो पुरस्कार नगद १० हजार नगद प्रदान गरिने छ ।