नेपालमै पहिलो पटक शुरु भएको कर्णाली किड्स कप २०८१ को तेस्रो दिन क्वाटर फाइनलका खेल सम्पन्न भएका छन । बैशाख ७ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा आज तेस्रो दिन ५ वटा खेलहरु भएका छन् । जसमा ४ वटा क्वाटर फाईनलका खेल खेलाइएका छन् ।
बालबालिकाका लागि खेलकुद भन्ने नाराका साथ शुरु भएको कपको तेस्रो दिनको पहिलो खेलको रुपमा खेलार्ईएको मण्डाल्नी प्राथमिक विद्यालय र जनकल्याण आधारभूत विद्यालय बिच खेलाइएको उक्त खेलमा जनकल्याणका जर्सि नम्बर ७ का प्रवेस लुवारले २ र जर्सि नम्बर १० का हेमराज दानीले १ गोल गोल गरेपछि ० का विरुद्ध ३ गोलमा जनकल्याण आधारभुत विद्यालय क्वाटर फाइनलमा प्रवेश गरे लगत्तै क्वाटर फाइनलका खेलहरु सुरु भएका हुन् ।
क्वाटर फाइनलको सुरुको खेल हिमालचुली आधारभुत विद्यालय र सुर्योदय माध्यमिक विद्यालय विच भएको खेलमा सुर्योदय माबिले सुन्यका विरुद्ध २ गोल गर्दै आफूलाई सेमिफाईनल खेलमा प्रवेस गर्न बिजेताका रुपमा प्रस्तुत गरेको हो । सुर्योदयका निराजन बुढाले २ गोल गरेका हुन भने गोलरक्षक निर्पराज बुढाले पनि गोल रक्षक गरिरहदा उत्कृष्टको पुरस्कार प्राप्त गर्नु भएको छ ।
क्वाटर फाईनलको दोस्रो खेलमा ज्ञनोदय मावि र मष्टादेव प्रावि बिचको भएको प्रतिस्पर्धामा मष्टादेवका तर्फबाट आनन्द कटुवालले १ र ज्ञनोदयका तर्फ बाट कमल थापाले १ गोल गर्दा खेल बाराबरीमा गएसगै पेनान्टीमा गएको थिायो । मष्टादेवका खेलाडीले पेनाल्टीबाट २ गोल थपे भने ज्ञनोदयका खेलाडीको २ गोल मष्टादेवका प्रवेस बुढाले गोल हुन बाट रोके पछि मष्टादेव पनि बिजेताका रुपमा सेमि फाईनलका लागि अघि आएको छ ।
खेल स्थानीय सन्देश विश्वको भन्ने मान्यताका साथ शुरु भएको कर्णाली किड्स कपको तोस्रो दिन भएको चौथो खेल अन्तरगत जनकल्याण आधारभूत विद्यालय र पुद्धुकोट प्राथमिक विद्यालय बीचको लेखमा जनकल्याणका खेलाडी हेमराज दानीले ४,प्रवेस लुवारले १,प्रभास फडेराले १ र अन्य २ जना खेलाडीले १।१ गोल गरेर जनकल्याण पनि सेमिफाईनलमा प्रवेस गरेको छ ।
प्रतियोगिताकै उत्कृष्ट टिमका रुपमा आएको छत्रपाल आधारभूत विद्यालय र आयोजक टीम माउण्ट एभरेष्ट इङलीस बोर्डीङ स्कुलबीचको तेस्रो दिनको पाचौे खेलका रुपमा खेलाइयो । अन्तीम खेलको रुपमा खेलाइएको उतm खेलमा छत्रपाल आधारभुत विद्यालयका तर्फबाट जर्सी नम्बर ७ का प्रमोद बुमीको ३, सर्जन रोकायाको ३,दसरथ रोकायाले ३ र जेनेभा फडेराले हानेको २ गोलले सहजै छत्रपाललाई समुहको बिजेताका रुपमा सेमि फाईलनमा पुर्याएको मुख्य एम्पायर मोहन रोकायाले बताउनु भयो । एम्पायर रोकायाका अनुसार चौथोे दिनका खेल भोली सोमबार बिहान ७ बजेदेखि अदानचुली ३ कै खेल मैदानमा सेमि फाइनलका खेलहरु शुरु हुने भएको छ ।