सुर्खेत । नेकपा माओवादी केन्द्र हुम्ला निर्वाचन क्षेत्र नम्बर (क) बाट निर्वाचीत प्रदेश सांसद रणसिंह परियार कर्णाली प्रदेश सरकारमा विना विभागीय मन्त्रीमा नियुक्त हुनु भएको छ ।
एमाले नेता यामलाल कँडेल नेतृत्वमा गठन भएको कर्णाली प्रदेश सरकारमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै परियारलाई प्रदेश प्रमुख तिलक परियारले बिना विभागीय मन्त्रीमा पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो ।
गएको २०७९ साल मंसिर ४ गते प्रदेश निर्वाचन क्षेत्र (क) नेकपा माओवादी केन्द्रबाट परियार प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । मन्त्री परियारले हुम्ला प्रदेश सभा (क) मा २०७९ को चिर्वाचनमा ६ हजार चार सय ८१ मत ल्याएर विजयी हुनु भएको थियो । प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनु भएको थियो ।
कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारले आजै पद तथा गोपनीयताको शपथ समेत लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् । रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उहाँलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो । मन्त्री परियार लामो समयदेखि माओवादी केन्द्रमा आवद्ध भइ राजनितीक यात्रामा सक्रिय हुँदै आउनु भएको छ ।
वि.स. २०५२ सालमा हुम्लाको हिमालय आधारभुत बिद्यालय मेल्छामबाट सुरु गरेको शिक्षक पेशा छत्रपालमा आधारभुत विद्यालय श्रीनगरबाट २०६० सालमा प्राथमिक तहको शिक्षक पद त्यागेर माओवादीको दशवर्षे जनयुद्धमा डब्लु टी भएका परियार २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक सूचीमा राखिएको भनिएपनि अन्तिममा आएर बन्द सूीचबाट हटाइएको थियो । पटक पटकका निर्वाचनमा उम्मेरदवार बनाउने हल्ला चलाइएपनि अन्तममा फुत्काइने परियार २०७९ को निर्वाचनमा प्रत्यक्ष निर्वाचनबाट बिजयी हुनु भएको हो ।
एमालेको समर्थनमा माओवादी नेता राजकुमार शर्मा नेतृत्वको सरकारमा सहभागी हुने कुरा भएपनि अन्तिममा माओवादीको प्रमुख सचेतक रहनु भएका परियार एमाले माओवादी गठबन्धनको सरकारमा माओवादीको तर्फबाट पहिलो मन्त्री बन्नु भएको हो ।
स्रोतका अनुसार बिहिबार प्रदेश सभामा मुख्यमन्त्री कँडेलले विश्वाशको मत लिएपछि थप मन्त्रीहरुले सपथ लिने र मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरिने छ ।
माननिय मन्त्री रणसिंह परियारको राजनितिक यात्रा ।
२०४५ साल कक्षा ७ मा अध्ययनबाट नेकपा मालेको सुर्योदय माबि श्रीनगरको सदस्य
२०४६ मा अनेरास्वीयु पाँचौको सुर्योदय माबी सचिब
२०४८ मा नेकपा एमालेको संगठित सदस्य,इलाका नम्बर ८ को उपसचिब
२०५२ बैशाख १ गते हिमालय निमाबी मेल्छाममा शिक्षक नियुक्त
२०५३ सालमा चंखेली प्रा बी रिमिमा सरुवा ।
२०५३ देखी नै छत्रपाल आधारभुत विद्यालय श्रीनगरमा सरुवा भई निरन्तर ७ वर्ष अध्यापन ।
२०६० मा शिक्षक पेशालाई त्यागेर जनयुद्धमा भुमिगत ।
२०६३ मा शिक्षक पेशाबाट अबकास ।
२०५४ देखी २०५७ सम्म नेपाल राष्टिय शिक्षक संगठन इलाका नम्बर ८ को सचिब
२०५८ साल देखी नेकपा माओबादी केन्द्रलाई पुर्णरुपमा समर्थन,
२०५८ साल देखी श्रीनगर गाउँकमिटिको सदस्य,पि टि बाट,अखिल नेपाल शिक्षक संगठनको जिल्ला कमिटि सदस्य
२०५८ देखी नेपाल दलित मुक्ती मोर्चाको एरिया सचिब र सोहि समयमै नेपाल दलित मुक्ती मोर्चाको जिल्ला कमिटि सदस्य
२०५९ मा नेपाल दलित मुक्ती मोर्चा जिल्ला सचिवालय सदस्य
२०६० सलामा नेपाल दलित मुक्ती मोर्चा जिल्ला अध्यक्ष र पाटी जिल्ला बिशेष कमिटि सदस्य,
२०६३ मा पाटी जिल्ला कमिटि सदस्य,
२०६४ सालको संबिधान सभाको निर्वाचनमा हुम्ला जिल्लाबाट समानुपातीक उम्मेदवार
२०६५ सालमा नेपाल दलित मुक्ती मोर्चा केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज
२०६५ सामा नेकपा माओबादी भेरी कर्णाली राज्य समिति सदस्य,
२०७० नेपाल दलित मुक्ती मोर्चा थारुवान प्रदेश संयोजक,
२०७० मै पाटी केन्द्रीय भेला आयोजक कमिटि सदस्य,
२०७३ मा नेपाल दलित मुक्ती मोर्चा केन्द्रीय कार्यालय सदस्यमा चयन र कर्णाली प्रदेश सह संयोजक,
२०७५ साल जेठ ३ गते नेकपा एमाले र नेकपा माओबादी केन्द्रको एकता पश्चात कर्णाली प्रदेश कमिटि सदस्य तथा ताँजाकोट र खार्पुनाथ गाउँपालिका ईन्चार्ज,
२०७८ पौष ११ बाट सञ्चालीत नेकपा माओबादी केन्द्रको आठौँ राष्टिय माहादिबेशन प्रतिनिधि,
२०७९ साल श्रावणमा बसेको केन्द्रीय कमिटिको बैठकबाट नेकपा माओबादी केन्द्रको बैकल्पीक केन्द्रीय सदस्यमा मनोनित,
नेपाल दलित मुक्ती मोर्चाको कर्णाली प्रदेश सहईन्चार्ज र
२०७९ मंसिर ४ गते हुँन गैरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवार भई विजयी ।
२०८० मा नेकपा माओबादी केन्द्र प्रदेश सभाको प्रमुख सचेतक ।
२०८१ बैशाख १२ गते माननिय मन्त्रीमा नियुक्त ।