सिमकोट । भर्खर राष्ट्रिय सडक सञ्जालमा जोडिएको जिल्ला हुम्लाका जनप्रतिनिधिले कर्णाली कोरिडोरमा कालिकोट र बाजुरा जिल्लामा हुने यातायात सिण्डिकेट हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सामु एक शुत्रिय माग गरेका छन् ।
काठमाडौं, नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट हुम्लाका लागि चल्ने सार्वजनिक तथा निजी क्षेत्रका यातायातका साधनहरुलाई चल्नमा बाजुरा, सुर्खेत, दैलेख, कालिकोट र बाजुरा जिल्लाका विभिन्न क्षेत्रमा मनपरी शुल्क लिने, रिजर्भ गरेर ल्याएका सवारी साधनहरुलाई अनेक दुःख दिने गरेकाले उक्त सिण्डिकेट हटाउने व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत जिल्लाका सातवटै स्थाीय तहका जनप्रतिनिधिले प्रधानमन्त्री प्रचण्ड समक्ष माग गरेका हुन् ।
कर्णाली करिडोरको सुर्खेतको वीरेन्द्रनगर, बाजुराको पिलिचौर हुँदै सर्केगाड सडक खण्डमा चल्ने स्वामिकार्तिक, बडिमालिका, भिजिट कर्णाली, मानसरोवर लगायतका यातायात प्रा.ली.का नाममा अनैतिक शुल्क उठाउने, सवारी साधनमा ज्यादती गर्दै आएका छन् । उनिहरुले हुम्ला, मुगुबाट जाने र नेपालगञ्ज सुर्खेतबाट आउने विरामी,कर्मचारी, विद्यार्थी, व्यापारी लगायत अन्य सर्वसाधरण यात्रुलाई समितीका नाममा धम्काउने, अवैध रुपमा पैसा अशुल्ने, अनआवश्यक दुःख दिएको हुनाले आफूहरुलाई समेत आवतजावतमा निकै हैरानी भोग्नु परेको भन्दै हुम्लाका जनप्रतिनिधि, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायतले जिल्ला प्रशासन हुम्ला मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, भौतिक पूर्वधार मन्त्रालयलाई सिण्डिकेट तथा ज्यादती रोक्न मात्र गर्दै ज्ञापन पत्र पेश गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी (प्रतिरोध)ले जानकारी दिनुभयो ।
“नेपालगञ्ज र सुर्खेतबाट कर्णाली करिडोर हुँदै आएका सार्वजनिक तथा भाडाका गाडिहरुलाई बाजुरा जिल्लाको जगनाथ गाउँपालिकाको पिलिखोला पारी रोकी खोला तर्न नदिएर यात्रुलाई रोकि अनावश्यक दुःख दिने गरेको पाइएको छ”, सर्वपक्षिय रुपमा पेश गरिएको ज्ञापन पत्रमा भनिएको छ । हुम्ला, मुगु बाजुराको धुलाचौर र कोल्टीबाट आएका सार्वजनिक तथा भाडाका गाडीलाई बाजुराको बुढीनन्दा नगरपालीका पिलि चौर खोला पारी रोकी खोला तर्न नदिई यात्रुलाई झार्ने गरेर अनावश्यक दुःख दिने गरिएको छ ।”
यस क्षेत्रमा वातजावत गर्ने सवारी साधनमा चढेका विरामी, विद्यार्थी लगायतलाई बाजुराका युवाहरुले अनावश्यक दुःख दिने गरेको उल्लेख गर्दै सर्वपक्षिय रुपमा पेश गरिएको ज्ञापन पत्रमा बुडिनन्दा नगरपाली जगनाथ गाउँपालिका र स्वामिकार्तिक गाउँपालिकाका जुकोट गाउँका युवाहरु जम्मा भइ लागु पदार्थ सेवन गरी स्थानीय प्रहरी प्रशासन कसैलाई नटेरी गुण्डागर्दी शैलिमा धम्काउने, पैसा असुल्ने, यात्रुलाई र भाडा तथा सार्वजनिक गाडीलाई अनावश्यक दुःख दिने गरेकले उक्त स्थानमा भएको सिण्डिकेट तत्काल हटाई निर्वाध रुपमा यातायतका साधन सञ्चालनमा सहजता ल्याउन जरुरी छ ।
यसरी गुण्डागर्दी गर्दै भाडा असुल्ने यस क्षेत्रका युवालाई कानूनी कारबाहीको दायरामा ल्याउन आइतबार सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवार सहित निकायको ध्यानकर्षण गराइएको छ । हुम्लीको नेतृत्व गर्दै सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी र खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।
ज्ञापन–पत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवार, भौतिक पूर्वधार मन्त्रालय सिंहदरवार काठमाण्डौं, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सुदुरपश्चिम प्रदेश अत्तरीया कैलाली, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेश सुर्खेत, प्रतिनिधिसभा सदस्य बद्रि पाण्डे (बाजुरा), ऐन बहादुर शाही (मुगु), छिरिङदाम्दुल लामा (हुम्ला), प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय मार्तडी बाजुरा जिल्ला प्रशासन कार्यालय गमगढी मुगु, प्रशासन कार्यालय हुम्ला, यातायात व्यवस्था कार्यालय धनगडी सुदुरपश्चिम प्रदेश, सुर्खेत कर्णाली प्रदेश, नगरपालिका महासंघ काण्ठमौं र गाउँपालिका महासंघ काण्ठमाडौंलाई बोधार्थ दिइएको ज्ञापन–पत्रमा मनपरि सिण्डिकेट नहटाए हुम्लाका नागरिकलाई यातायातको पहुँच पुगे नपुगेको महशुस नैं नहुने दावी गरिएको छ ।