आज नेपाल लगायत विश्वमा वातावरण प्रदुषण भइरहेको र यसले पारिस्थितिक पदतिमा नकारात्मक असर पारेको सामान्य व्यक्तिले पनि अनुमान गर्न सक्ने विषय बनेको छ ।
नेपाल वातावरणीय प्रभावको दृष्टिकोणले निकै जोखिमयुक्त मुलुक मानिन्छ, दुई ठूला औधोगिक राष्टहरु चिन र भारतको बिचमा कार्वन उत्र्सजनको पनि सिकार दिनानुदिन बनिरहेको छ ।
प्राकृतिक विपतिले मानविय क्षति, हिमश्रृखला पग्लने, हिमपात फुट्ने, ओजन तह पातलिने, टापु राष्ट्रहरु डुब्ने आदी वातावरण प्रदुषणका समस्याहरु हुन् ।
विश्वमा मानव सभ्यताको विकास सँगै वातावरण संरक्षणमा विभिन्न प्रयास, सन्धी, सम्झौता र विभिन्न प्रयासहरु नभएका होइनन् । प्रत्येक वर्ष वृक्षारोपण, सरसफाइ कार्यक्रम भइरहेका छन् । वातावरण संरक्षणका विभि
न्न प्रयासहरु मध्य हरित विद्यालय अभियान आजको समयमा महत्वपूर्ण अभियान मानिन्छ ।
के हो त हरित विद्यालय अभियान ? हरित विद्यालय अभियान एउटा यस्तो शैक्षिक संस्थामा गरिने अभियान हो, जसले वातावरण प्रति सचेतना बढाउनुको साथै प्राकृतिक सम्पदाहरुको प्रयोग सही तरीकाले प्रयोग गर्न सिकाउनुको साथै विद्यालय वरिपरि चारै तिर हरियाली बनाउने कार्य पनि हरित विद्यालय हो । हरित विद्यालयको मुख्य उद्देश्य बालबालिकाहरुलाई मानव जातिको प्रकृृतिसँग सम्बन्ध बुझाउनु पनि हो ।
यस अभियानमा वातावरण संरक्षण सम्बन्धी सामाग्री निर्माण गरि विद्यालयहरुलाई ज्ञान दिइन्छ । हरित विद्यालयहरुले वातवरण संरक्षण मर्म सम्पूर्ण विद्यार्थीहरु सम्म पु¥याउने र विद्यार्थीहरु बाट अभिभावक सम्म पुग्नको लागि विद्यालय वरपर हातामा कम्तिमा एक मिटरको दुरीमा एउटा विरुवा रोप्ने संरक्षणका लागि विद्यार्थीहरुलाई नै जिम्मेवार बनाउने हरित अभियानसँग जोडेर संरक्षणको महत्व बुझाउने हो ।
यस अभियान सफल बनाउनको लागि हरित Eco Club, MY GREEN AND CLEAN CLUB जस्ता विभिन्न क्लब गठन गरिन्छ । यस अभियानमा विद्यार्थी र पलाष्टिक रहित विद्याल, जंक फुड निषेधित क्षेत्र, जलवायु परिर्वतनको असर, वैकल्पीक उर्जाको प्रयोग, विभिन्न वस्तुको पुन प्रयोग गर्न सिकाइन्छ ।
आजको विद्यार्थी भोलिका देश निर्माता भएकाले उनीहरुलाई वृक्षारोपण, प्रत्येक विद्यालयमा सानो बगैंचा आदि निर्माण गर्न सिकाइन्छ ।
हरित विद्यायमा जैविक उर्जाको कम प्रयोग गरी सोलारको प्रयोग कुहिने र नकुहिने फोहोर छुट्याई कुुहिने वस्तुबाट मल, कम्पोष्टमल बनाइन्छ विद्यालयमा करेसाबारी निर्माण गरी सम्पूर्ण रुख विरुवामा सोही मल प्रयोग गरिन्छ ।
हरित विद्यालय अभियान वातावरण संरक्षणमा विद्यार्थीहरुद्वारा अभिभावकहरुमा सिकाइने सिकाइको रुपमा पनि हेरिन्छ । विद्यार्थीहरुले विद्यालयमा रोप्ने जडिबुटी विभिन्न, फलफूलका विरुवा, फूलहरु घरमा अभिभावकसँग मिली पहिला घर समुदाय, समाज र राष्ट्र हरित बनाउने कार्यमा जोडिन्छन् ।
नेपालमा वि.स. २०७५ साल मंसिर १५ गते देखि हरित विद्यालय कार्यक्रम लागु गरियो तर पनि यस अभियानले आज सम्म पूर्ण सार्थकता प्राप्त गरेको छैन् तर पनि देशभर विभिन्न विद्यालयमा प्रयासरत छन् ।
हरित र सफा बनेपछि विद्यलायमा हरित अभियान पुरा हुनेछ । विद्यार्थीहरुले विद्यालयलाई मनोरम सिकाईका साथै तिवित प्रयोगशालाको रुपमा पाउने छन् ।
विद्याथीहरुले व्यवहारिक ज्ञान र जीवनपयोगी सिप र वातावरण मैंत्री ज्ञान विकास गनृ दिगो विकास लक्ष्य हासिल गर्न एउटा इट्टा थपिनेछ । विद्यालय वरिपरिको हरित वातावरणले अध्ययन अझ राम्रो र दिगो लक्ष्य प्राप्त गर्नुका साथै पृथ्वीमा रहेका प्राकृतिक साधन श्रोत र वातवरण भविष्यका पुस्ताको लागि संरक्षण गरि उपार स्वरुप राखिदिने छ ।
अन्तमा वातावरण संरक्षण समस्या समाधान गरी अगी बढ्नको लागि सम्पूर्ण विद्यार्थी, गुरुवर्ग, शिक्षा प्रेमी, नागरिक समाज, राजनीतिक कर्मी सम्पूर्णले आ–आफ्नो स्थानबाट सहयोग गरि हातेमालो गरे सम्पूर्ण विद्यालय हरित विद्यालय हुनुको साथै वातावरण संरक्षणमा कोेसेढुङ्गा सावित हुनेछ । र हामी सफल हुने छौं ।