अदानचुली गाउँपालिकाका अधिकांस सचिबहरु गाउँपालिका बाहिर रहेका छन् जनप्रतिनिधि गाउँपालिका बाहिर रहदा कार्यबाहक छोडेर जाने भए पनि सचिबहरुले कोही कसैलाई पनि जिम्मेवारी नदिएर आ आफ्नो ब्यक्तिगत काममा हिड्ने गरेको बताइएको छ ।
वडा नम्बर ४ बाहेक अन्य सबै वडाका वडा सचिबहरु बाहिर रहेका छन् । कार्यालयका सम्पुर्ण कामहरु सहायक कम्प्युटर अप्रेटरहरुले गर्ने गरेको भए पनि घटना दर्तामा हस्ताक्षेर गर्ने सचिबहरु बाहिर हुँदा सेवाग्राहीहरु मर्कामा परेको बताएका छन् । यता सबै काम सहायक कम्प्युटर अप्रेटरहरुले गर्ने भएकाले पनि उनिहरुलाई परिक्षा दिन,घुमघाम गर्न तथा घरबस्ने फुर्सद मिलेको पाइएको छ ।
यतीबेला जन्म दर्ता बनाउन हप्ता दिन कुर्न पर्ने बाध्यता देखीएको छ । कोही सचिबहरुले ल्याप्टप बोकेर गएको भए पनि प्रिन्टर लगायतका सामाग्री नहुँदा जन्म दर्ता,मृत्यु दर्ता लगायतका घटना दर्ताहरु नपठाउने गरेका छन् कहिले बिदामा छु भन्ने बाहाना समेत गर्दै आएका छन् ।
यस अघि पञ्जीकरण शाँखाले यस्ता काम गर्दै आएका भए पनि सचिबहरुले अहिले आफै गर्दै आएका छन् तर अधिकांस समय सचिबहरु गाउँपालिका बाहिर रहेका छन् यता कम्प्युटर अप्रेटरले फोटो खिचेर उनको म्यासेन्जरमा पठाउने र उनिहरुले उतैबाट घटना दर्ता गरेर पठाउने काम गरी रहेका छन् आफु अनुकुल भएको भए तत्काल पठाउने गरेका छन् भने आफु आफ्नो ब्यत्तिःगत काम भएको समयमा फोन नउठाई निकै दिन लम्ब्याउने गरेको बताएका छन् ।
यस किसिमको समस्याले कम्प्युटर अप्रेटर पिडित देखीएका छने भने कम्प्युटर अप्रेटरले सबै काम गरी हाल्ने भए पछि सचिबलाई बाहिर बस्न सहज भएको यता नागरीकलाई भने इन्टरनेट र सचिबको फोन कुर्नु पर्ने बाध्यता रहेको बताएका छन् ।
अदानचुली गाउँपालिकामा मात्र नभई कर्णाली प्रदेशका अधिकांस गाउँपालिकामा कर्यरत सचिबहरु महिनाको १० दिन पनि नबस्ने गरेका छन् । उनिहरुलाई न सरकारले कारबाही गर्छ न उनिहरुको तलब कटाउने काम गर्छ , झन् उनिहरुलाई शहरतिर बसेको भ्रमण भत्ता लगायतका सेवा सुबिधाले सम्मान गरेको पाइन्छ । त्यो कुरा नागरीकहरु भन्दा त्यहाँका वडा अध्यक्षहरुलाइ पनि थाहा हुँदैन किनकी उनिहरुले बिभिन्न तालिमको बानामा वा अन्य कामको बाहाना बनाइ कागजात बनाइ झरेका हुँन्छन् अन्तीममा त्यो रकम पनि निकासा गरी सकेका हुँन्छन् ।