नेकपा माओबादीको जनयुद्ध दिवस मनाउने तयारी भएको छ । माओवादीले फागुन एक गतेलाई जनयुद्ध दिवसको दिनको रुपमा विभिन्न झाँकी समेत प्रस्तुत गरी मनाउने तयारी गरेको छ ।
माघ महिनाको तीन साता बितेसँगै फागुन नजिकिनै लाग्दा पुर्वतयारीको लागी माओबादीले विभिन्न ठाँउमा बैठक आवाहान गरी छलफलमा जुटेको छ । हुम्लाको ताँजाकोट अदानचुली चँखेल्नी सर्केगाड र मुगुको सोरु गाउँपालिकामा छलफल बढीरहेको माओबादी स्रोतले जनाएको छ ।
भौगोलीक दृष्टीकोणले पनि कार्यक्रम स्थानमा पुग्न सहज नहुँदा कसरी उपस्थित गराउने भन्ने विषयका साथै झाँकी प्रस्तुतीमा कुन क्रियाकलाप समेट्ने र को को सहभागी गराउने विषायमा छलफल चलीरहेको छ । पहाडी क्षेत्रका प्राय ठाउहरुमा दमाहका बाजागाजा सहित देउडा र हुड्के नाच लाई प्राथमिकतामा राख्दै ठुलो मासमा कार्यक्रम गर्ने तयारीमा छ ।
हुम्लाको अदानचुली गाउकमीटीको बैठक बसि देश र जनताको परिवर्तनका निम्ती जिवन त्याग गर्ने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा तथा २०५२ साल फागुन १ गतेबाटै जनयुद्ध सुरु भएको अवशर पारी २ नम्बर वडाको खेल मैदानमा २७ औ महान जनयुद्ध दीवस भव्य र सय रुपमा मनाउने निर्णय भएको गाउकमीटी पाटी सचिव डिल बहादुर फडेराले बताए । हरेक वर्ष महान जनयुद्ध दीवस मनाउदै आएको माओवादीले यस पटक पनि सोही अनुसार मनाउने तयारी भएको बताउनु भयो ।
उक्त्र बैठकले वेल भियालको सयोजकत्वमा ७ सदस्यीय व्यवस्थापन समिती गठन गरेको छ । जसमा बुद्धी महतारा,लाल बुढा,धन विष्ट,गोकुले थापा,सगुने बोहोरा र हरीचन्द्र कटेल सदस्य रहेका छन ।
यसैगरी देउडा खेलका लागि अदानचुलीबाट चर्चीत देउडा खेलाडी गोविन्द भण्डारी,ताजाकोटबाट अक कार्की र राज बहादुर बुमीलाई निमन्त्रणा गर्ने निर्णय गरेको छ भने बाजा टीममा फडेरा गाउँबाट रगबिरे दमाई रोकाया गाउँबाट देउल्या दमाई र कल्खेबाट गजसिगे दमाईको समुहलाइ जिम्मा दिने र ढाल चौढालमा श्रीनगरबाट लालु फडेरा र कालीकाबाट धन बहादुर शाहीलाइ जिम्मा दिन निर्णय भएको सचिव फडेराको भनाइ छ ।