हुम्लाको अदानचुली गाउँपालिका– ६ लमइका कुसुम भियाल,कलसरी भियाल र बनकली भियाल स्थानिय स्थरमा उत्पादन गरीएका डोका बिक्री गर्न करिब ३ घण्टाको दुरी हिडेर गाउपालिकाका सबै क्षेत्रमा दैनिक जसो पुगेर जिवन गुजारा गरी रहेकी छन् ।
स्थानीय निगोलो च्यातेर उत्पादन हुने घरायसी समाग्रीहरु डोका डोकिला सुपा र खारे डालाहरु घरमा भएका पुरुषले बुन्ने र आफुहरुले गाउँ गाउमा गएर बिक्री गरिरहेको कलसरी भियालले बताइन्।
लमईमा घरमा भएका चिम्से भियालले सधै जसो जंगलमा गएर निगोलो ल्याउदै डोको लगायतका ,सुपा,खार्या,थुम्चो,फुगा,भकारी,पाथो जस्ता समाग्री बनाउने गरी रहेका छन त महिलाहरुले बिक्री गर्दै आएका छन । भियालले भने आफुले यो सिप सिके देखी अहिलेसम्मको उमेरमा डोको बुनेरै जीवन बिताएको बताए । उनले थपे जीवनका अनेकौँ घामपानी भोगे र उमेरले पनि डाँडा काट्नै लाग्यो तर पनि जागर र जोस भने युवाभन्दा कम छैन ।
नेताहरुको पछि हिड्नेले पनि उही गरी रहेका छन् यही खाएका छन् र उहि लगाएका छन् हामीले पनि उहि लगाएका छाै तर फरक यती हो की उिनहरु सुख सयलले बसेका छन् भने हामीहरु दिनहूँ दुख गरि रहेका छाै ँ । उनिहरुलाइ भ्रष्टाचारको बिल्ला लागेको छ भने हामीलाइ केही छैन र हामीलाइ कसैले योजना दिदा पनि दिदैनन् त्यसैले आफ्नै पुरानै ब्यबषाय ठिक छ जस्तै लागेको छ ।
घरको पिँढीमा बसेर नातिनातिनी खेलाउँदै छोरा बुहारीको कमाइ खाने बेलामा चोयाँसँग खेल्दै डोका बुन्न व्यस्त उनी डोको बुन्ने सीप नै आफ्नो बुढेसकालको सहारा भएको बताएका छन । देशमा भएको राजनीतिक परिवर्तनले विकद्धयको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको उनीहरुको भनाइ छ । उनीहरुले डोको बुन्ने सीप नै आफ्ना लागि मुख्य आधार भएको बताएका हुन ।
भियाल दम्पतीले एक डोको रु ५ सयदेखि ६ सय सम्ममा बिक्री गर्दै आएका छन । अहिले पहिलेको जस्तो डोकाको बिक्री छैन, पहिला घरमै ग्राहक खोज्न आउँथे, अहिले डोको बेच्न भारी नै बोकेर गाउँगाउँ चाहार्नुपर्छ उनले भने । उनले आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुञ्जेलसम्म ढोको बुनेर नै जीविका चलाउने बताएका छन ।
अहिलेसम्म यसैबाट जीविका चलाएको छु । अव कति नै बाँचुला र बरु बाँचुन्जेलसम्म जीउ सञ्चै भयो भने डोको बुनेर नै गुजारा चलाउँछु’ चिम्से भन्छन ।
हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने, बुढेसकालमा दिन बिताउने बाटो पनि यही डोको बुन्ने पेसा नै बनेको भियालकोे भनाइ रहेको छ । डोको बुनेर आएको पैसाले दैनिक घरखर्च चलाउने र सबै जान परिवारलाई पालन पोषण गर्ने बताएका छन ।