पाँच वर्षको अवधिमा हुम्ला जिल्लाका सात वटै गाउँपालिका गरेर ११ जना मानिसहरुले आत्म हत्या गरेका छन् । गत २०७४ सालदेखि यता हालसम्म हुम्लामा ११ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाको तथ्याङ्कले देखाएको छ ।
जसमा आर्थिक वर्ष ०७४÷०७५ मा झुणडिएर आत्मा हत्या गर्ने एकजना, विष सेवन गरी आत्माहत्या गर्ने एकजना, ०७६÷०७७ मा झुणडिएर आत्मा हत्या गर्ने दुईजना, ०७७÷०७८ मा झुणडिएर आत्म हत्या एकजना र विष सेवन गरी दुई जनाले आत्म हत्या गरेको प्रहरीको तथ्याङ्ककमा उल्लेख गरिएको छ ।
त्यस्तै आर्थिक वर्ष ०७८÷०७९ मा झुण्डिएर एकजना, ०७९÷८० मा झुणडिएर दुईजना, विष सेवन गरी एकजनाले आत्म हत्या गरेको जिल्ल प्रहरी कार्यालय हुम्लाको स्रोतले जनाएको छ । उक्त तथ्याङ्क अनुसार सबै भन्दा बढि आत्म हत्याको सख्या भने सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकामा पाँच जना र अन्य गाउँपालिका केही कम रहेको पाइएको छ ।
उक्त संख्या मध्ये सिमकोट गाउँपालिकाका ११ र सर्केगाड गाउँपालिकाका १६ वर्षीय एक बालकले पनि आत्म हत्या गरेको पाइएको छ । अशिक्षा, गरीवि, प्रेममा असफल्ता, सामाजिक भेदभाव, बालविबाह, बहु विबाह जस्ता समस्याले गर्दा पनि जिल्लामा आत्म हत्याका घटनाहरु बढ्दै गएको प्रहरीको तथ्यङ्कले देखाएको छ ।
त्यस्तै सिमकोट गाउँपालिका वडा नम्वर ५ का ५७ बर्षिय एक पुरुष र ताँजाकोट वडा नम्वर ४ की ५६ वर्षीया एक महिलाले पनि आत्म हत्या गरेका थिए । जिल्लामा यस्ता खाले घटनाहरु बढ्दै गए पनि जिल्लाका विभिन्न संघसंस्था लगायतका सरोकारवाला निकायले भने सोचनिय विषय बनेको पाइएको छ ।