पछिललो समय जिल्ला प्रहरी कार्यालय लगायत मताहतका प्रहरी चौकीहरुले गाउँ तथा टोलहरुमा विभिन्न जनचेतान मुलक सन्देश फैलाउने कार्यक्रमहर सन्चालन गरिदै आएको छ ।
जिल्लाका विभिन्न गाउँपालिकामा रहेका प्रहरीचौकी र अस्थायी प्रहरी पोष्टको आयोजनामा गाउँमा हुने विकृति, विसंगति, बाल विबाह, बहु विवाह, आत्म हत्या, घरेलु हिंसा र सवारि दुर्घटना न्युनिकरण सम्वन्धिका जनचेतना मुलक कार्यक्रम सन्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय हुम्लाको स्रोतले जनाएको छ ।
उक्त प्रहरी स्रोतका अनुसार आज मात्रै प्रहरी चौकी सर्केदेउ हुम्ला र अस्थायी ट्राफिक प्रहरी पोष्ट हुम्लाको संयुक्त आयोजनामा सर्केगाड गाउँपालिका वडा नम्वर ४ सर्केगाड बजारमा सवारीधनी, सवारी चालक, सह चालक, पैदलयात्री तथा यात्रुहरुलाई दुर्घटना न्यूनिकरण सम्बन्धीको प्रशिक्षण गराइएको छ ।
उक्त प्रहरी कार्यालयले पछिल्लो समय यस्ता खालका कार्यक्रमलाई नियमितता दिइ रहँदा जिल्लामा सो घटनाहरु न्युकिरण हुन सक्ने सम्भावना रहेको छ ।
प्रहरीले स्थानीय नागरिकलाई पत्यक्ष रुपमा सहभागि गराउँदा गाउँमा रहेका नागरिकले उक्त विषयमा तालिम प्राप्त गर्ने भएका छन् । अझ थप समस्याता जिल्लामा यी घटनाहरु हुनुको मूख्य कारक तत्व भनेको अशिक्षा र गरीविको समस्याका कारण पनि घटना हुने गरेको पाइएको छ ।