हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विशाल जनसभा गरेको छ । जेठ २६ गते सम्पन्न वडा अधिवेशनबाट सर्वसम्मत भएका पदाधिकारीहरुकाे बधाई तथा प्रमाण पत्र वितरण कार्यक्रमसँगै विशाल जनसभा गरीएको ताँजाकोट गाउँकमिटीका इन्चार्ज गोपाल बुढाले जानकारी दिनु भयो । उहाँका अनुसार ताँजकोटमा दोस्रो अधिवेशनबाट निर्वाचीत गाउँ कमिटिकालाई प्रमाण पत्र प्रदान गरिएको हो ।
ताँजकोटमा भएको उक्त्त जनसभामा कर्णाली प्रदेशका पूर्वमन्त्री तथा प्रतिनिधिसभा साँसद छिरिङ डम्डुल लामा(कार्चेन), नेकपा माओवादी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज छिमि लामा(आसाकार) को उपस्थित रहेको थियो । यस्तै गाउँपालिकाका अध्यक्ष लालकेश जैसी लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।
गाउँपालिकाको केन्द्र छप्रेलामा सम्मन्न जनसभामा बोल्दै प्रतिनिधिसभा साँसद कार्चेन लामाले अहिलेको गठबन्धन सरकार पाँच वर्षसम्म टिक्ने दाबी गर्दै विगतको जस्तो एक दुई वर्षमा सरकार फेरबदल नहुँने भन्दै यो सरकार पाँच वर्षसम्म चल्ने भएकाले जनतालाई ढुक्क हुन आश्वासन दिनुभयो ।
यो सरकारले जनताका मुद्धालाई प्राथामिकता दिएर अगाडी बढेको र यहाँका नेता कार्यकर्तालाई अलमलमा नपरेर पार्टी संगठन र सुद्धिकरणमा लाग्न समेत बताउनुभयो । एकताका बिजमा समस्या समाधान गरेर नयाँ नयाँ विकासका आयामका काम गर्न तिर लाग्न सुझाव दिनुभयो । आफुले यो पटक हुम्लाका लागि प्रथामिकतामा राखेको बताउनुभयो । जिल्लाको बजेट नपर्ने क्षेत्रका लागि समेत संसदले बजेट विनियोजन गरिएको प्रतिनिधिसभा सांसद लामाले बताउनुभयो ।
हुम्लाको लिमि उपत्याकादेखि सर्केगाड गाउँपालिकामा रहेको महत्वपूर्ण विभिन्न पर्यटकीय स्थलका लागि एक करोडदेखि तीन करोड समेत विनियोजन गरिएको सांसद लामाले बताउनुभयो ।
हुम्लालाई पर्यटकीय हब बनाउनका लागि संसदमा बारमबार कुरा उठाइ राखेको र एक वर्ष भित्र आफुले भने जस्तो हुने उहाँले बताउनुभयो । यस्तै हुम्ला आउने र जिल्ला बाहिर गाडीमा यात्रा गर्ने नागरीकलाई बाजुरामा भाडा ठग्ने माफिलाई कारबाहीका लागि संसदमा कुरा उठाउँदै आएको बताउनुभयो ।
हुम्लाको विकासका लागि बाँकी रहेको आफ्नो तीन वर्षको कार्यकालमा नयाँ काम गरेर देखाउँने सांसद लामाले बताउनुभयो । यो पटकको संघ सरकारले विगतको भन्दा फरक किसिमले हुम्लाको लागि बजेट विनियोजन गरेको उहाँले सुनाउनुभएको थियो । उहाँले आज भएको जनसभामा जनतालाई सुझाव सल्लाह दिदैँ, र सक्ने जति आफुले हुम्लाको लागि पहल पर्ने बताउनुभयो । हुम्लाका नागरीकले पाइला पाइलामा सचेत भएर अगाडी बढ्न सुझाव दिनुभयो ।