हुम्लाको ताँजाकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२को लागि वार्षिक निति तथा कार्यक्रम पास गरेको छ । आज गाउँपालिकाको नवनिर्मित भवनमा बसेको गाउँसभाको बैठकबाट पालिका अध्यक्ष लालकेश जैसी द्धारा प्रस्तुत निति तथा कार्यक्रम पास भएको हो ।
शिक्षा, कृषि,स्वास्थ्य,पर्यटन र पुर्वाधार, ताँजाकोट गाउँपालिका विकासको मुल आधार भन्ने मुल नाराका साथ आज दिउसो ३ बजे गाउँ सभामा प्रस्तुत कार्यक्रम सर्बसहमतीबाट पारी भएको छ ।
अध्यक्ष जैसी द्धारा प्रस्तुत वार्षिक निति तथा कार्यक्रममा गएको आर्थिक वर्षमा भए गरेका विकास पुर्वाधारहरुको समिक्षा पनि गरिएको छ । जसमा गाउँपालिकाले ५० किलोमिटर कच्ची सडक निमार्ण,५ किलोमिट कृषि सक निमार्ण सम्पन्न भएको,१० सैयाको अस्पताको ३० प्रतिशत काम सम्पन्न भएको तथा गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माण कार्य सम्पन्न भएकोलाई प्रमुख उपलब्धीको रुपमा लिएको उल्लेख गरिएको छ ।
सबै विद्यालयमा विद्यालय भवन निमार्ण,बिद्यालयहरुको मर्च, सबै वडा कार्यालय देखी टोल बस्ती सम्म सडकको पहुँच जस्ता कुराहरुलाई पनि प्रमुख उपलब्धीको रुपा लिएको छ । यता १३ वछा ऐन,१ नियमावली,४७ वटा कार्यविधि,३ वटा निर्देशिका र एक प्रतिकार्य योजना पुर्ण रुपमा कार्यान्वयनलाई उपलब्धीको रुपमा लिएको छ ।
यता आर्थिक वर्ष २०८१०८२ को लागिका लागि पनि दर्जनौ निति तथा कार्यक्रम ल्याइएकोछ । शैक्षिक गुणस्तर वृद्धिको लागि शैक्षिक भ्रमण अबलोकन देखी हेलो अविभावक कार्यक्रम सञ्चालन गर्ने तथा यस आर्थिक वर्ष देखी शिक्षकहरुलाई मासिकरुपमा शिक्षककै खातामा तलब हाल्ने निति लिइएको छ । यस्तै आर्थिक विकास संबाद मञ्च गठन गर्ने देखी लिएर औधोगित अब निमार्णको लागि पहल गर्ने निति लिएको आज प्रस्तु निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।
निति तथा कार्यक्रम प्रस्तुत गरे पश्चात गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र बहादुर थापा लगायत ५ वटै वडाका वडा अध्यक्षहरुकाे सुझाब पश्चात सभाले पास गरेको हो ।
यस्तो छ निति तथा कार्यक्रम