हुम्लाको अदानचुली गाउँपालिकाले ३३ करोड ४३ लाखको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया ले ३३ करोड ४३ लाख मध्ये चालु तर्फ १९ करोड ८ लाख २० हजार र पुँजिगत तर्फ ९ करोड ४७ लाख ४ हजार रुपैया बिनियोजन गरेको बताउनु भयो यसैगरी नेपाल सरकारबाट ससर्त अनुदानबाट प्राप्त ११ करोड २५ लाख ६० हजार रुपैया बजेट विनियोजन गरीएको बताए ।
उपाध्यक्ष रोकाया द्धारा प्रस्तुत बजेट बक्तब्यमा आर्थिक विकास तर्फ ४ करोड ४२ लाख ५० हजार,सामाजिक विकास तर्फ ११ करोड ५० लाख, पुर्वाधार विकास तर्फ ७ करोड ५१ लाख ५९ हजार ७ सय, वन वातावरण तथा विपदव्यबस्थापन तर्फ १८ लाख २२ हजार ३ सय र कार्यलय सञ्चालन तथा संस्थागत विकास तर्फ रु ९ करोड ८० लाख रुपैया विनियोजन गरेको बताउनु भयो ।
यसै गरी दौमुख तटबन्दन समपुरक योजनाको म्याचिङ् फण्डमा १ करोड,बुका खोला देखी काट्याखौला सम्म सडक निमार्णको लागि १ करोड, मेहलगइड देखी रिल्म सडक निमार्णको लागि ३८ लाख ५९ हजार ७ सय रुपैया, अदानचुली गाउँपालिका भरी सडक म्रमतको लागि लागि ४८ लाख, अध्यक्षपुजिगत कार्यक्रम ४० लाख तथा उपाध्यक्ष पुजिगत कार्यक्रम ३५ लाख,२ नम्बरको सडक म्रमत तथा स्तरउन्नतीको लागि २० लाख, वडा कार्यालयको पुँजिगत ६० लाख,सुर्योदय माध्यामिक विद्यालय शिक्षकको तलबको लागि ५ लाख ६८ हजार र गाउँपालिकाको टहरा निमार्णको लागि २० लाख रकम बिनियोजन गरेको बताउनु भयो ।
निति तथा कार्यक्रम र बजेट एकै दिन ल्याएको गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम अध्यक्ष मोहनबिक्रम सिंहले प्रस्तुत गर्नु भएको छ भने गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधारले चालु र पुँजिगत गरी जम्मा ३३ करोड ४३ लाख २ हजारको बजेट प्रस्तुत गर्नु भएको छ । आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम मार्फ गाउँपालिकाका अध्यक्ष सिंहले यसै वर्ष एक घर धारा निर्माण गरिने छ भने यसै वर्षबाट गाउँपालिकाको प्रशासकिय भवन,वडा कार्यालयका भवनहरु तथा १५ सैयाको अस्पताल निमार्णको थालनी गरिने बताउनु भयो ।
गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया द्धारा प्रस्ततु बजेट बक्तब्यमा पनि यसै वर्ष एक घर धारा निर्माण गरिने छ भने यसै वर्षबाट गाउँपालिकाको प्रशासकिय भवन,वडा कार्यालयका भवनहरु तथा १५ सैयाको अस्पताल निमार्णको थालनी गरिने उल्लेख गरेका छन् भने कृषि क्षेत्रलाई बढवा दिनको लागि माटो परिक्षण शिबिर सञ्चालन गरिने, बिभिन्न विषयहरुको बारेमा जानकारी दिई कृषकलाई दक्ष बनाउनको लागि बिभिन्न खाले तालिम तथा गोष्ठी सञ्चालन गरी कृषक प्रोसाहनको कार्यबिधि बनाई कृषकहरुलाई प्रोत्साहन गरिने र उत्कृष्ट कृषकहरु छनौट गरी पुरस्कारको ब्यबस्था गरिने, कृषि समुह गठन गरि तालिम सञ्चालन गरि सोही समुहलाई अनुदान तथा तालिम सञ्चालन गरीने बजेट बक्तब्यमा उल्लेख गरीएको छ ।
बालबालिकाहरुको लागि बिभिन्न खेल सहित मनोरञ्जनात्मक कार्यक्रम गरिनेछ भने जोखीममा रहेका बालबालिकालाई संरक्षणको लागि बिभिन्न कार्यक्रम गर्ने जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्ने तथा गाउँपालिकामा दर्ता भएका सहकारीहरुलाई बिभिन्न क्षमता बृद्धिका कार्यक्रम सहित बिभिन्न खाले कार्यकमहरु गरिने छ । १६ दिने महिला हिंसा अभियान तथा नारी दिबशहरुलाई प्राथामिकता दिई भब्य रुपमा मनाउने ब्यबस्था गरीने छ नियमित अनुगमन तथा सुपरिबेक्षणलाई नियमितता दिई स्थानीय करार शिक्षकको कार्यविधि बनाई बिद्यालयहरुमा करार शिक्षकको ब्यबस्था गरिने उल्लेख गरीएको छ । प्रबिधिमैत्री बिद्यालय तथा शिक्षकहरुलाई सोही अनुसार ब्यबस्थापन गरिने बताउनु भयो ।
अहिले सञ्चालनमा नरहेको गल्बाबहुमुखी क्याम्पसलाई स्तरउन्नती गरीने छ । कक्षा ६।१० को परिक्षा प्रणालीलाई एकरुपता गरिनेछ तथा स्थानीय पाठ्यक्रम तयार पारी लागु गर्ने पनि उल्लेख गर्नु भयो । साथै जेहेन्दा विद्यार्थी पुरस्कारको ब्यबस्था गर्ने, सरकार प्रमुखसँग अविभावक कार्यक्रम अन्त्रगत जेष्ट नागरिक सम्बन्धी समस्याहरुको पहिचान कार्यक्रम गर्ने, शुन्य होम डेलीभरी घोषणाको लागि आवश्यक प्रकृया अगाडि बढाइने,सबै टोल र विद्यालयहरुमा स्टेचर खरिद गरीने, एकिकृत स्वास्थ्य घुम्ती स्वास्थ्य शिबिर,विपद ब्यबस्थापन कोष र ब्यबस्थीत प्रयोगशाला निमार्ण गरिनेछ । घुम्ती मोबाइल कार्यक्रम,स्थानिय प्रमुख उपाप्रमुख र स्वास्थ्यक्रमीसँग पत्रकार कार्यक्रम लागु गरिनेछ । चमेना गृह सञ्चालनमा ल्याइनेछ भने स्थानीय दर रेट कायम गरिने छ । सम्पुर्ण सेवाहरु अनलाईनमा आधारीत बनाउने ब्यबस्था गरिनेछ भने उपभोक्त समितिहरुलाई प्रशिक्षण गरिनेछ । पाँच वर्षे रोजगार रणनिति बनाइ लागु गरिनेछ । आयोजनाहरुमा पालिकाको लागत साझेदारी गरिनेछ ।
आफ्नो माटो चिनौ र आफ्नै गाउँ बनाउँ भन्ने नारा सहित युवा लक्षित नविनतम् ब्यबसायालाई प्रथामीकता तथा ब्यबषायी बनाइने छ । सिपबिकास केन्द्र स्थापना गरी स्वरोगारमुलक कार्यक्रम गरीने छ तथा बैदेशिक रोजगारका अबसरहरु प्राप्त गर्न सहजीकरण गरिनेछ । आफ्नो गाउँ सुन्दर बनाउँ भन्ने नारालाई प्रत्येक महिनाको शनिबार जनश्रमदान गरिनेछ । न्युनतम भाडादर प्रयोग गरि लागु गर्न पहल गर्ने, कृषकहरुको सामुहिक विमाको लागि एक कोष खडा गरिनेछ । बैदेशिक रोजगारबाट फर्केकालाई स्वरोजगारी बनाउन बिउ पुँजी उपलब्ध गराइने छ ।