अदानचुली गाउँपालिकामा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने तथा स्थानीय तहसँग पैरवी कार्यक्रम सम्पन्न भएको छ ।
डेंगी ज्वरो अरु मौसमी ज्वरो जस्तै देखीने डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले डे्रगी सार्ने लामखुट्टे कसरी नष्ट गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको स्वास्थ्य शाँखा प्रमुख विनोद बुढाले बताउनु भएको छ उहाँका अनुसार डेंगी संक्रमित यस क्षेत्रमा नदेखीए पनि बाहिरबाट आएका डेंगी संक्रमीतहरुबाट लामखुट्टे मार्फत सर्ने भएकाले यसलाई समयमै खोजी गरी संक्रमणबाट बच्नको लागि यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
एडिज लामखुट्टेले सफा जमेको थोरै पानीमा पनि फूल पार्दछ, खासगरी पानी जम्ने टिनका डब्बाहरु, प्लास्टिकका बोतल, प्लास्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फुलदानी, गमला, कुलर, पानीका ट्यांकी आदिमा लगायत जुनसुकै पानी जम्ने भाँडा तथा स्थानहरु जस्ते छाना, भैसी, बरन्डा, उल, नाली, कुलो, आदिमा फुल पार्छ र यो लामखुट्टेको वृद्धि विकास हुने भएकाले समयमै सचेत हुँन आग्रह गर्दै स्वास्थ्य सेवा कार्यालय हुम्लाका डेंगी फोकल प्रसर्न रबिन्द्र देबकोटाले बताउनु भयो ।
यसै गरी स्वास्थ्य सेवा कार्यालय हुम्लाकै मेडिकल अधिकृत डा.खरष्टी प्रजापतिले जो मानिसलाई डेंगी लाग्छ उसलाइ बजाउन अत्यन्तै गाह्रो हुँने भएकाले यसलाई सानो रोग वाज्वरोको रुपमा नलिन आग्रह गर्नु भयो । गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले समयमै यस किसिमको जनचेतना दिन आएकामा स्वागत सहित धन्यबाद दिदै यति मात्र नभई धेरै नागरिक र स्वास्थ्यक्रमीहरुको बिचमा सबैलाई प्रशिक्षण गर्दा उपयुक्त हुँने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत हंस महतारा,वडा नम्बर ३ का वडा अध्यक्ष डिलबहादुर फडेरा,वडा नम्बर २ का वडा अध्यक्ष नन्द महतारा सहित उपलब्ध स्वास्थ्यक्रमीहरु,राजनितिक दलका प्रतिनिधिहरु र बजार ब्यबषायीहरुको उपस्थीतीमा यो कार्यक्रम सञ्चालन गरिएको हो ।