यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा हुम्लाको एक वटा विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । शून्य प्रतिशतमा उत्तीर्ण हुनेमा जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका वडा नम्बर पाँचमा पर्ने सल्ललाघारी विद्यालय रहेको छ ।
वडा नम्बर पाँचमा रहेको सल्लाघारी माध्यामिक विद्यालयबाट शून्य प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका निमित्त प्रमुख योगेश आले मगरले बताउनुभयो । सल्लाघारी माध्यामिक विद्यालयबाट ५१ जनाले परीक्षा दिएकोमा कसैले पनि परीक्षा उत्तीर्ण गर्न नसकेको उहाँले इकाई हुम्लाका प्रमुख आले मगरले बताउनुभयो ।
परीक्षामा सहभागी ५१ जना कोही पनि उत्तीर्ण हुन नसक्दा सल्लाघारी विद्यालय निल भएको हो । यस्तै साधरण धार तर्फ खार्पुनाथ गाउँपालिका वडा नम्बर चार छिप्रामा रहेको सीता माध्यामिक विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थी कोही पनि उत्तीर्ण हुन नसकेका हुन् । साधरण तर्फ सहभागी १९ जनामा कोही पनि उत्तीर्ण हुन नसकेको इकाई प्रमुख आले मगरले बताउनुभयो ।
प्राविधिक धार तर्फ सहभागी ३१ ज्नामा १० जना मात्रै उत्तीर्ण भएका छन् । यसै गरी खार्पुनाथ गाउँपालिका वडा नम्बर दुई थालीमा रहेको शंकर माध्यामिक विद्यालयबाट सहभागी १३ जनामा ३ जना उत्तीर्ण भएका छन् । भने हुम्ला मावि रायाबाट परीक्षामा सहभागी १४ जनामा ३ जना माधै उत्तीर्ण भएका छन् । यस्तै अदानचुली गाउँपालिका वडा नम्बर ६ मा रहेको कैलाशपुरी माध्यामिक विद्यालयबाट परीक्षामा सहभागी ३७ जना मध्ये एक जना मात्रै उत्र्तीण भएको बताइएको छ । यो विद्यालयपनि निल हुनबाट जोगिएको छ ।
अदानचुलीकै ज्ञानदेव माध्यामिक विद्यालयबाट परीक्षामा सहभागी ३७ जनामा ४ जना मात्रै उत्तीर्ण भएका छन् । यसैगरी ताँजकोटमा रहेको मदनादेव माध्यामिक विद्यालय पादा पदनाबाट परीक्षामा सहभागी २४ जना मध्ये दुई जना मात्रै एसइईमा उत्तीर्ण भएका छन् । यस्तै सदरमुकाममा रहेको सिमकोट गाउँपालिका वडा नम्बर दुई ठेहे गाउँमा रहेको रामदेव माध्यामिक विद्यालयबाट सहभागी १५ जना मध्ये ३ जना उत्तीर्ण भएका छन् ।
वडा आठमा रहेको सैपाल हिमाल माध्यामिक विद्यालयबाट परीक्षामा सहभागी १९ जना मध्ये २ जना मात्रै उत्तीर्ण भएका छन् । कैलाश माविबाट परीक्षामा सहभागी २७ मध्ये पाँच जना मात्रै उत्तीर्ण भएका छन् । यसैगरी रलिगं माध्यामिक विद्यालय र कर्णाली माध्यामिक विद्यालयबाट आठ आठ जना मात्रै उत्तीर्ण भएका छन् ।
अदानचुली गाउँपालिका ज्ञानोदय माध्यामिक विद्यालयका विद्यार्थी लोकराज महताराले जिल्लाकै सहभागी परीक्षार्थी मध्ये उत्कृष्ठ ३.९५ जिपीए ल्याएका छन् ।