अदानचुली गाउँपालिकाका लेखापाल दत्त बहादुर थापालाई दोस्रो पटक हातपातको प्रयास भएको छ ।
यस अघि पनि भुक्तानीकै बिषयमा हातपातको प्रयास भएको बताएका उनलाई आज पनि पुन हातपातको प्रयास भएको छ । कार्यकक्षमै गएर गतबर्ष काम गरेको रकम नपाएको भन्दै लेखापाललाई धम्क्याउँदै हातपातको प्रयास भएको गाउँपालिका स्रोतले जनाएको छ ।
गएको वर्ष करिब ५ करोड भन्दा धेरै रकम फ्रिज गए पछि यहाँका उपभोक्ता समितिहरुले रकम नपाउनुले पटक पटक नागरीकहरु फ्रिज गएको रकमको भुक्तानी गर्दिन गाउँपालिकामा दबाब दिदै आएका र गाउँपालिकाले पनि सोहि अनुसार यस वर्षको बजेटलाई फ्रिज गएको रकममा नियिोजन समेत गरेको छ ।
यस अघि पनि आफुले भुक्तानि नपाएको भन्दै यहाँका स्थानीयले पटक पटक हातपातको प्रयास गरेकाले यहाँ काम गर्ने बातावरण नभएको भन्दै लेखापाल सुर्खेतमै बसेर काम गरेका थिए फेरी पनि आर्थिक वर्ष सकिन केहि दिन मात्र बाँकी रहेका बेला अदानचुली ३ का मनोज फडेरा लगायत ३ जनाको समुहले हातपातको प्रयास गरे पछि लेखापाल दत्तबहादुर थापाले प्रहरी चौकी श्रीनगरमा आजै निबेदन दिएको र हातपातको प्रयास गर्ने तिनै जनालाई प्रहरी चौकी गल्फागाडमा ल्याइसकेको प्रहरी चौकी श्रीनगरले जनाएको छ ।
उनिहरुका अनुसार हामीले काम गरेको रकम पाउनु पर्ने,गत वर्ष देखी हालसम्म नपाएका पशल होटलका बिलहरुको भुक्तानी नगएकाले नागरिक लगायत हामी ब्यबषायीहरु मर्कामा गरेको र पटक पटक भुक्तानिको लागि जाँदा पनि भुक्तानी नगरेको दाबी गर्दै आएका छन् यता लेखापाल थापाले भने आफुले जहाँबाट भए पनि निरन्तर काम गरी रहेको तर यता आउदा पटक पटक काम गर्ने वाताबरण नबनाइ धम्की र त्रासमा काम गर्नु पर्ने बताएका छन् उहाँका अनुसार एकातिर आर्थिक वर्ष सकिनै लाग्दा आफुले निरन्तर काम गरी रहेको र अघिल्ला वर्षका भुक्तानीहरु यस वर्ष कानुनले नै भुक्तानी दिन नसकिने भएकाले समस्या भैरहेको बताउँदै आएका थिए तर आज एक्कासी आइ हातपात गरेको बताइएको छ ।
हातपात गर्ने तिनै जनालाई प्रहरी चौकीमा लगे पनि निबेदक लेखापाल चौकीमा नभएका कारण अहिले भने छलफल नभएको प्रहरी चौकी श्रीनगरका इन्चार्ज देबहादुर खड्काले बताउनु भएको छ । कार्यालयमै यस किसिमको अभद्र ब्यबहार गरेको भन्दै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सहित कार्यरत क्रमचारीहरुले निश्पक्ष छानबिनको माग गर्दै प्रेष् विज्ञप्ती जारी गरेका छन् साथै उक्त विज्ञप्तीमा भनिए अनुसार दोसी जो सुकैलाई पनि कानुनी दायरामा ल्याउने प्रकृया अगाडि बढाउन अनुरोध गरीएको छ ।
सरवर नचलेका कारण आफ्नै निवासमा काम गरीरहेको अवस्थामा दिउसो करिब १ बजेको समयमा मनोज फडेरा,गोर्ख फडेरा,उब्जन दमाई र रबिन्द्र भण्डारी लगायतको टोलीले गाली गलौज गरी हातपात गरेको र ज्यान मार्ने धम्की दिएको प्रति अदानचुली गाउँपालिकाको गम्भीर ध्यान आकर्षण भएको उल्लेख गरीएको छ ।