सोरु गाउँपालिकामा माघ २४ गतेबाट सुरु भएको राष्टपति रनिङसिल्ड सम्पन्न भएको छ ।
सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही अध्यक्षतामा तथा खेलकुद बिकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर मल्ल प्रमुख अतिथि माघ २४ गतेका दिन जनपृय माध्यामिक बिद्यालय नाथर्पुमा उद्धघाटन गर्नु भएको खेल हिजो सम्पन्न भएको जनज्वती माध्यामिक बिद्यालयका लेखापाल नरजन शाहीले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार उक्त राष्टपति रनिङङसिल्डमा १४ वटा खेल भएको बताउनु भएको छ भने उक्त खेलमा ८ वटा बिद्यालय सहभागी भएकोमा २ वटा बिद्यालय बिभिन्न कारणले बाहिरिएको र ६ वटा बिद्यालयहरु अन्तीम सम्म सहभागी भई रनिङसिल्ड र भलिबल पुरुष तर्फको सिल्ड आयोजक जनज्योति माध्यामिक बिद्यालय नै भएको बताउनु भएको छ ।
भने महिला भलिबल तर्फ नेरा माध्यामिक बिद्यालय धैनले लिएको छ रनिङ सिल्डमा खेलाईएका खेलहरुमा भलिबल,कबर्डी,१ सय मिटर दौड,२ सय मिटर दौड,रिले ४ मिटर दौड,१६ सय मिटर दौड,८ सय मिटर दौड,हाइजम्प,लम्जम्प त्रिपलजम्प,ज्याप्लीङङथ्रो र सटफुट खेलाइएको छ ।
उक्त खेलको उद्धघाटन र समापन समारोहमा उपाध्यक्ष केशरबहादुर मल्ल,प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र मल्ल लगायतको उपस्थिती रहेको थियो ।
(फाटो फिचर)