हुम्लाको सर्केगाड गाउपालीकामा राष्टिय खाद्ये बैँक साखा कार्यलय स्थापना भएको छ । पोसीलो आहाराको लागी दिगो कृर्षी उत्पादन हाम्रो अभियान भन्ने मुल मन्त्र सहित गाउपालीकासग समन्वय गर्ने गरी साखा कार्यलय स्थापना भएको छ ।
सदरमुखकाम स्थीत सीमीकोट गाउँपालीका र चवालीस कोष टाढा रहेको अदानचुली गाउँपालीकाले अर्गानीक अन्नपात खरीत विक्रीका लागी खाद्ये व्यावस्था तथा व्यापार कम्पनीसँग सम्झौता गरी रहेका बेला मध्य क्षेत्र रहेको सर्केगाड गाउपालीकामा राष्टिय खाद्ये बैँक साखा कार्यलय स्थापना भएको छ ।
नेपालमा पहिलो पटक खानेकुराहरुसँग खुलेको बैँकले उत्पादन लाई समेत सहजता ल्याउने भएको राष्टिय खाद्ये बैँक सर्केगाडका सञ्चालक उब्ज्ञन फडेराले बताए । रैथाने बालीको उत्पादनमा जोड दीने गरी पालीका कृषी समह लगायका सरोकारवालहरु लाई सहभागीता गरायर साखा कार्यलयको उद्धघाटन भएको सञ्चालक फडेराको भनाई रहेको छ ।
४५० जना भन्दा बढी विषयगत कृषी विज्ञहरुको टीम र उत्पादनमा केही गरौ भनेर लागेका युवा जनशतिm देखी लीएर देस बाहीर रहेर काम गरीरहेको टीम आबद्ध हुनुहुन्छ । २२ वटा जिल्ला बाट सुरु गरी हुम्ला २७ औँ जिल्लाको रुपमा रहेको छ ।
७७ वटै जिल्लामा जोडीने तयारीका साथ देसलाई कृर्षीमा आत्म निर्भर बनाउने खाद्ये बैँकको उदेश्य छ । काठमाडौको नयाँ बानेश्वरमा मुख्य कार्यलय रहेको उतm बैँकले यस क्षेत्रमा भण्डारण अत्याधिक भएको खण्डमा बाहीर सम्म पनि पुगाउने तयारी रहेको छ ।
राष्टिय खाद्ये बैँकका कार्यकारी अध्यक्ष सँकर नाथ उप्रेतीले बताए अनुसार धान,गहँु,कोदो,मकै,फापर,चिनो कागुनो,जौ,उवा लगागतका अन्न बालीहरु,सीमी,मास,गहत,भटमास,बोडी,केराउ,चना,गेडागुडीहरु तेलबाली र फलफुल बालीहरुको समुह बनाई सम्बन्धीत भएर काम गर्ने छ ।
उनले भने देसभरी यसको कार्य क्षेत्र बनाई काममा लागेर दुई अर्ब रुपैया पुजी लगानी गर्ने गरी सीरोमनीका रुपमा काम गरेको छ । प्राँग्रारीक खेती प्रर्णालीलाई पहिलो प्राथमीकतामा राख्ने र विषाधी रसायन नभएको खानेकुरा बनाउनु पर्छ भनेर सचेतना जगाउने अभियानको रुपमा पनि रहने उहाको भनाई छ ।
अधिकास भान्छाहरुमा अर्गानीक अन्नबालीको खानाहरु हटेर गएकोले अर्गानीक अन्नबाली आफैमा पोषण युतm खानेकुराहरु पाईने हुदा सँरक्षण गर्न जरुरी रहेको छ । पिता पुर्खाले सम्पतीको रुपमा छोडेर गएको रैथाने बिउ विजन लोभ भई उत्पादनमा कमी हुदा बाह्य खाने कुराहरुको माग बढढ्दै गएको छ ।
करीब छ अर्बको वार्षिक रुपमा कृषी उपज ल्याएर खानुपर्ने एक तथ्याँकले देखाएकोले जसको न्युनीकरणका लागी रैथाने बालीको उत्पादन माथी जोड दीने गरी राष्टिय खाद्ये बैँक लागीपर्ने दावि गर्दै उत्पादीत बस्तुहरु लाई भण्डारण गरी प्रसोधनसगै प्याकेजीङ गरेर बजारीकरण गर्ने गरी स्थानीय किसानहरु ,सहकारीहरु,यसमामा काम गरी रहनु भएका नियमनकारी निकायका समुहहरु,गाउँपालीका हरुसँग समन्वय गरेर माटो परीक्षण देखी लीएर गुणस्तरको लागी सहयोग पुगाएर उत्पादन बढाउने खाद्ये बैँक कार्यकारी अध्यक्ष उप्रेतीले बताए ।